पर्सा जिल्लामा श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिराभवानी गाउँपालिका–५, शंकरसरैया मुसहर टोलका २४ वर्षीया अस्पतलिया देवीको हत्या अभियोगमा उनका श्रीमान् जितन माझीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, शनिबार साँझ उनी पक्राउ परेका हुन्।
शुरुआती अनुसन्धानमा वादविवादको क्रममा जितन माझीले श्रीमतीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको पाइएको छ।
हाल उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











