२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

इरान युद्धपछि अमेरिकी हतियार अभाव र सैन्य संरचनामा क्षतिः सरकारी निगरानी निकायको रिपोर्ट

अमेरिकी सरकारको एक निगरानी निकायले सोमबार सार्वजनिक गरेको पहिलो रिपोर्टले इरानसँगको युद्धका कारण उन्नत हतियारको भण्डारमा कमी र मध्यपूर्वमा अमेरिकी सैन्य तथा कूटनीतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको रिपोर्टले अप्रिल १ देखि जुन ३० सम्मको अवधिलाई समेटेको छ । यो रिपोर्टले युद्धका कारण अमेरिकी जनशक्ति, सरकारी खर्च तथा भौतिक संरचनामा परेको प्रभावबारे हालसम्मकै विस्तृत आधिकारिक विवरण प्रश्तुत गरेको बताइएको छ ।  रिपोर्टकाअनुसार युद्धका क्रममा उन्नत हतियारको रणनीतिक भण्डारमा कमी देखिएको छ र ती हतियार पुनःपूर्ति गर्न आवश्यक गोलाबारुद उत्पादन तथा आपूर्ति प्रणालीमा औद्योगिक क्षमतासम्बन्धी अवरोधहरू पनि उजागर भएका छन् । इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य आधारमा रहेका सयौँ भवन तथा अन्य संरचना क्षतिग्रस्त वा नष्ट भएको रिपोर्टमा उल्लेख छ । दर्जनौँ अमेरिकी विमान तथा ड्रोनसमेत क्षतिग्रस्त वा नष्ट भएको बताइएको छ । अमेरिकी रक्षा सचिव पीट हेगसेथले जुलाईको अन्त्यतिर अमेरिकी संसद (कंग्रेस)लाई युद्धमा त्यतिबेलासम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भएको बताएका थिए । रिपोर्टमा अमेरिकी कूटनीतिक प्रतिष्ठानमा भएको क्षतिबारे यसअघि सार्वजनिक नगरिएका विवरण पनि समावेश छन् । रिपोर्टअनुसार इराक, कुवेत, साउदी अरब र यूएईस्थित अमेरिकी कूटनीतिक कार्यालयहरूले सबैभन्दा ठूलो भौतिक क्षति व्यहोरेका छन् । ती क्षतिको अनुमानित लागत १८४ मिलियन अमेरिकी डलर पुगेको छ ।  त्यस्तै, अमेरिकी नागरिक तथा कर्मचारीलाई सुरक्षित स्थानमा सार्न सञ्चालन गरिएको उद्धार तथा निकासी अभियानमा निजी तथा व्यावसायिक विमानका साथै स्थल र समुन्द्री यातायात प्रयोग गरिएको थियो। जुनको अन्त्यसम्म उक्त अभियानमा ११ मिलियन अमेरिकी डलरभन्दा बढी खर्च भएको रिपोर्टमा उल्लेख छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।