२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

अमेरिकी सरकारको एक निगरानी निकायले सोमबार सार्वजनिक गरेको पहिलो रिपोर्टले इरानसँगको युद्धका कारण उन्नत हतियारको भण्डारमा कमी र मध्यपूर्वमा अमेरिकी सैन्य तथा कूटनीतिक संरचनामा ठूलो क्षति पुगेको जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयका महानिरीक्षकको रिपोर्टले अप्रिल १ देखि जुन ३० सम्मको अवधिलाई समेटेको छ । यो रिपोर्टले युद्धका कारण अमेरिकी जनशक्ति, सरकारी खर्च तथा भौतिक संरचनामा परेको प्रभावबारे हालसम्मकै विस्तृत आधिकारिक विवरण प्रश्तुत गरेको बताइएको छ ।  रिपोर्टकाअनुसार युद्धका क्रममा उन्नत हतियारको रणनीतिक भण्डारमा कमी देखिएको छ र ती हतियार पुनःपूर्ति गर्न आवश्यक गोलाबारुद उत्पादन तथा आपूर्ति प्रणालीमा औद्योगिक क्षमतासम्बन्धी अवरोधहरू पनि उजागर भएका छन् । इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य आधारमा रहेका सयौँ भवन तथा अन्य संरचना क्षतिग्रस्त वा नष्ट भएको रिपोर्टमा उल्लेख छ । दर्जनौँ अमेरिकी विमान तथा ड्रोनसमेत क्षतिग्रस्त वा नष्ट भएको बताइएको छ । अमेरिकी रक्षा सचिव पीट हेगसेथले जुलाईको अन्त्यतिर अमेरिकी संसद (कंग्रेस)लाई युद्धमा त्यतिबेलासम्म ३७.५ अर्ब अमेरिकी डलर खर्च भएको बताएका थिए । रिपोर्टमा अमेरिकी कूटनीतिक प्रतिष्ठानमा भएको क्षतिबारे यसअघि सार्वजनिक नगरिएका विवरण पनि समावेश छन् । रिपोर्टअनुसार इराक, कुवेत, साउदी अरब र यूएईस्थित अमेरिकी कूटनीतिक कार्यालयहरूले सबैभन्दा ठूलो भौतिक क्षति व्यहोरेका छन् । ती क्षतिको अनुमानित लागत १८४ मिलियन अमेरिकी डलर पुगेको छ ।  त्यस्तै, अमेरिकी नागरिक तथा कर्मचारीलाई सुरक्षित स्थानमा सार्न सञ्चालन गरिएको उद्धार तथा निकासी अभियानमा निजी तथा व्यावसायिक विमानका साथै स्थल र समुन्द्री यातायात प्रयोग गरिएको थियो। जुनको अन्त्यसम्म उक्त अभियानमा ११ मिलियन अमेरिकी डलरभन्दा बढी खर्च भएको रिपोर्टमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ७० औँ महासम्मेलन अस्ट्रियाको भियनामा शुरु भएको छ । बढ्दो भूराजनीतिक तनावबीच बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न सम्मेलनमा आह्वान गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सन्देश भियनास्थित संयुक्त राष्ट्रसंघ कार्यालयकी महानिर्देशक मोनिका जुमाले सम्मेलनमा प्रश्तुत गर्नुभयो । गुटेरेसले विश्व अहिले गम्भीर अस्थिरता र अनिश्चितताको अवस्थामा रहेको बताउनुभएको छ । उहाँकाअनुसार आणविक प्रतिष्ठानमाथिका आक्रमण बढिरहेका छन्, आणविक हतियार प्रसारलाई बढावा दिने कारणहरू तिब्र हुँदैछन् भने त्यसलाई रोक्ने सुरक्षा संयन्त्र कमजोर हुँदै गएका छन् । उहाँले आणविक ऊर्जा उत्पादनमा विश्व ठूलो परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै यसको सावधानीपूर्वक व्यवस्थापन र निगरानी आवश्यक रहेको बताए। उनले यस्तो अवस्थामा आइएइएको व्यावसायिकता, निष्पक्षता र प्राविधिक दक्षताको आवश्यकता अझ बढेको बताउनु भयो । आइएइएका महानिर्देशक राफायल ग्रोसीले सम्मेलनमा आणविक हतियार अप्रसार सन्धि विश्वव्यापी आणविक अप्रसार व्यवस्थाको आधारस्तम्भ रहेको बताउनु भयो । ग्रोसीले बढ्दो तनाव र अविश्वासको अवस्थामा आइएइएलाई सहयोग गर्दै उक्त कानुनी संरचनालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले थप आणविक हतियार र आणविक हतियार भएका थप देश भएको विश्वलाई अझ सुरक्षित विश्वका रूपमा लिन नसकिने बताउनु भयो । सेप्टेम्बर १८ सम्म चल्ने यस वर्षको महासम्मेलनमा आइएइए सदस्य राष्ट्रका वरिष्ठ अधिकारी तथा प्रतिनिधिसहित अन्तर्राष्ट्रिय र गैरसरकारी संस्थाका प्रतिनिधि गरी करिब ४ हजार जना सहभागी भएका छन् ।  सन् १९५७ मा आइएइए स्थापना भएदेखि हरेक वर्ष आयोजना हुँदै आएको महासम्मेलनमा आणविक प्रविधिको शान्तिपूर्ण प्रयोगसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुन्छ । यसमा ऊर्जा उत्पादन, क्यान्सर उपचार, खाद्य सुरक्षा, पानी व्यवस्थापन, आणविक सुरक्षा तथा सुरक्षात्मक उपाय (कबाभनगबचमक) लगायतका विषय समावेश छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।