२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

ज्याकी श्राफलाई धन्यवाद: ढाँट

भारतमा आयोजित म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँट अहिले देश-विदेशबाट बधाईका ओइरोमा छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि कलाकार, खेलप्रेमी र सर्वसाधारणसम्मले सामाजिक सञ्जालमार्फत उनलाई बधाई दिइरहेका छन्। प्रधानमन्त्री ओलीले लेखेका छन्ः

“भारतका चोङ्गरेङ कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ। पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई।”

गायिका रचना रिमालले सो प्रतियोगितासम्बन्धी चारवटा पोस्ट गरेकी छन्। खेल सुरु हुनुअघि उनले ढाँटलाई ‘नेपालको बाघ’ भन्दै फोटो सेयर गर्दै लेखेकी थिइन्,

“ह्याट! रियल नेपाली टाइगर। अ च्याम्पियन।”

खेलपछि पुनः लेखिन्ः

“हिजोको खेल लाइभ हेरेर पनि आज फेरि बारम्बार खोजी–खोजी हेर्ने म बाहेक को–को हुनुहुन्छ?”

निर्माता सन्तोष सेनले लेखेका छन्,

“जब बिहान नेपाल आमाको झण्डा ओढेर युद्ध मैदानतिर जाँदै थिएँ, मनभित्र एउटै भावना थियो—आज हाम्रा वीर योद्धाको बलिदानीले यो झण्डाको शिर उचो बनाउनेछ।”

फिल्मकर्मी, संगीतकर्मी र विभिन्न विधाका कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत बधाई व्यक्त गरेका छन्।

विजयी घोषित भएलगत्तै रवीन्द्रले भारतीय मिडियासँग कुराकानी गर्दै बताएः

“एमएफएनमा आउनका लागि ज्याकी श्राफलाई धन्यवाद। उहाँले मेरो फाइट हेर्नुभयो र मलाई बोलाउनुभयो। म ३ वर्षदेखि यहाँ आउन प्रयास गरिरहेको थिएँ। सबैलाई धन्यवाद। नेपालबाट यहाँ आइदिनु भएकाहरूलाई धन्यवाद। जय नेपाल। जय हनुमान।

रिंगमा भारतीय प्रतिस्पर्धीसँग भिड्दै गर्दा दर्शकदीर्घामा अभिनेता ज्याकी श्राफ र अर्का कलाकार गुल्सन ग्रोवर पनि उपस्थित थिए। विजयी रवीन्द्रलाई ज्याकी श्राफकी पत्नी तथा म्याट्रिक्स फाइट नाइट की प्रवर्धक आयशा श्राफले पुरस्कार प्रदान गरेकी थिइन्।

रवीन्द्रले भ्लगर सिसन बानियाँदेखि मेन्टरको रूपमा साथ दिने दिविजलाई समेत विशेष धन्यवाद दिएका छन्।

उनको जितसँगै सामाजिक सञ्जालमा नेपाली फ्यानहरूले उत्साहपूर्वक बधाई दिइरहेका छन् भने केहीले हल्का व्यङ्ग्य पनि गरेका छन्। एक जना फ्यानले त लेखेका छन्ः

“अब त बलिउड अभिनेता अक्षय कुमारले रवीन्द्र ढाँटको जीवनमा आधारित बायोपिक बनाउन सक्छन्!”

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।