२०८३ भाद्र १८ बिहीबार
२०८३ भाद्र १८ बिहीबार
भाद्र ५, २०८३ शुक्रबार

प्रधानमन्त्री बालेन्द्र साह शुक्रवार (आज) पोखरा भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्तामस्थित ‘इको भिलेज’ रिसोर्टमा बस्नुहुने कार्यक्रम तय भएको छ । पोखराबाट करिव साढे ४ किलोमिटरको दूरीमा अवस्थित उक्त रिसोर्टबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमश्रृङ्खलाको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ । प्रधानमन्त्री साहको यस भ्रमणको औपचारिक उद्देश्य र प्रयोजनबारे प्रधानमन्त्रीको कार्यालयले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । 

पोखरा टिभी सम्वाददाता
पोखरा, भदौ ५

पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभाको मिति नजिकिएसँगै पोखराका उद्योगी र व्यवसायीहरूबीच चुनावी सरगर्मी बढेको छ । यही भदौ २० र २१ गते हुने अधिवेशनमा संघको नेतृत्व लिन दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

वर्तमान उपाध्यक्ष बलराम आचार्य र वर्तमान महासचिव शोभा गौतम आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि चुनावी माहोल तातिएको हो । अध्यक्षमा शोभा गौतम, बलराम आचार्य, वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र पूर्वमहासचिव अर्जुन पोखरेलको पनि चर्चा छ । निर्वाचन तालिका अनुसार आज शुक्रबार उम्मेदवारको मनोनयन वितरण र भदौ ८ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

‘समावेशी टिम, जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नाराका साथ शोभा गौतमको टिमले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी र प्रतिबद्धताहरू सार्वजनिक गरेको हो । शोभा गौतम प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्ष जिवनप्रकाश श्रेष्ठ, उपमहासचिवमा यादव पोखरेल छन् । बलराम आचार्य प्यानलमा वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा ललित कुँवर, वाणिज्य उपाध्यक्षमा मनोज श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, उपमासचिवमा प्रदीपराज भण्डारी र कोषाध्यक्षमा देवेन्सन प्रजुको चर्चा छ । आचार्य प्यानलको नाम औपचारिक रुपमा घोषणा गरिएको छैन भने आज भोलिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गौतम टिमले बदलिँदो आर्थिक परिवेश र व्यवसायीले भोगिरहेका नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न आफ्ना प्राथमिकताहरू अघि सारेको छ ।उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई पहिलो प्राथमिकता दिने, युवा तथा महिला उद्यमीहरूलाई विशेष प्रोत्साहन र प्रवद्र्धन गर्ने, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायहरूसँग प्रभावकारी सहकार्य र पैरवी गर्ने, संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र अझ बढी प्रभावकारी संस्थाको रूपमा विकास गर्ने लगायत प्राथमिकतामा छन् ।

उद्योग वाणिज्य संघको चुनावमा सदस्य पदमा मनोहरि पौडेल, अमृत पोखरेल, सूर्यराज घिमिरे, दुर्गा बराल, नवीन नापित, राम कँडेल, दूधमान गुरुङ, कमलबहादुर सुनार, एकनारायण गौतम र भानुभक्त अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । विगत सात दशकदेखि पोखराको सामाजिक, आर्थिक र व्यावसायिक विकासमा अग्रणी भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य संघको यो निर्वाचनलाई पोखराका समग्र व्यवसायीहरूले चासोका साथ हेरेका छन् । चुनावी परिणाम कसको पक्षमा जान्छ कौतुहल पूर्ण बनेको छ ।

भाद्र ५,

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

अधिकारकर्मी र मृतकका आफन्तहरूको अगुवाइमा भएको उक्त शान्तिपूर्ण विरोध सभामा सहभागीहरूले बालिका चौधरीको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले ‘जस्टिस फर गरिमा चौधरी’, ‘बलात्कारीलाई फाँसीको सजाय देऊ’ र ‘बलात्कार तथा हत्या जस्ता जघन्य अपराधविरुद्ध कडा कानून लागू गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । छोरी–चेलीमाथि भइरहेका जघन्य अपराधका घटना नियन्त्रण गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गर्दै उनीहरूले राज्यको ध्यानाकर्षण गराएका छन् । सत्य, न्याय र सुरक्षाका लागि आयोजित यस प्रदर्शनमा सहभागीहरूले दोषीलाई कानूनी कठघरामा उभ्याउन र भविष्यमा यस्ता घटना हुन नदिन सरकारसँग कडा कानूनको माग गरेका छन् ।–न्युज एजेन्सी नेपाल

 

५ भदौ,

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत चार करोड १७ लाख रुपैयाँभन्दा बढी बुझाएका छन् ।

ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा एक करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व बुझाइएको थियो ।

 

आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मंसिर)मा ११ नाउर र आठ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । राजस्व बुझाए पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन ।

दोस्रो सिकार याम (फागुन–वैशाख)मा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो । सो याममा सिकारीले १३ नाउर र छ झारलको सिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको सिकार हुन नसकेको सुवेदीले बताए ।

 

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन ।

नेपालमा कानुनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकार गर्न आउने गर्छन् । नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् ।

सिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या हेरेर हरेक वर्ष सिकारका लागि कोटा निर्धारण गर्छ । सिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् ।

व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । सिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ ।

नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जना सिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ ।

२०३९ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

५ भदौ,

वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ ।

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।

५ भदौ,

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध छ ।

गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएपछि उक्त सडक खण्ड तीन दिन यता अवरुद्ध छ ।

बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नरहेको भन्दै सडक छाड्न मानेका छैनन् ।

मृतक गरिमाका बाबु मनोज चौधरीले थाहै नदिई प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको बताए ।

गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोजको माग छ ।

आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको क्रूर हत्याका अपराधीले मृत्यु दण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने उनको भनाइ छ ।

सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँचबुदे सहमति गरेका थिए ।

मध्यरातमा भएको सहमतिमा आफूहरूको अनुमति नलिइएको र त्यसमा आफ्नो सहमति नरहेको उनले बताए ।

तीन वर्षीया बालिका हत्या प्रकरण : सिमराका डीएसपी प्रहरी प्रधान कार्यालय तानिए

बारा प्रशासनले बुधबारदेखि अवरुद्ध वीरगञ्ज-पथलैया सडक खुलाउन प्रयास गरिरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सडक खुलाउने प्रयास भएपछि स्थानीयबासीले मृतकका परिवारलाई रुवाएर सडक नखोल्न चेतावनी दिएका छन् ।

एक स्थानीयले सडक खुल्नुपर्ने पक्षमा आफूहरू पनि रहेको र त्यसका लागि प्रशासनले परिवारको सहमति लिनुपर्ने स्थानीयले बताएका छन् ।

 २०८३ भदौ ५

 

उनले भने, ‘हामीले अभियान थालेको पाँचौँ दिनमा जोरपाटीको चोकबाट हस्ताक्षर अभियान हामीले सुरु गरेका छौँ। यो अभियान देशव्यापी रूपमा अगाडि बढेको छ। यो देश भित्र मात्रै होइन, विदेशमा पनि अगाडि बढेको छ। विदेशका हाम्रा प्रवासका साथीहरूले विभिन्न देशमा हस्ताक्षर अभियान सुरु गरेका छन्।’

अभियानको मुख्य उद्देश्य सरकारले विद्युतमा लगाएको कर हटाउनु भएको बताए।

 

उनले भने, ‘सरकारले विद्युतमा कर लगाएपछि हामीले पटक–पटक बोलेका थियौँ। पटक–पटक हामीले विज्ञप्ति जारी गरेका थियौँ। सामाजिक सञ्जालमा बोलेका थियौँ, तर त्यसको सम्बोधन भएन। संसद्मा रहेका दलहरूले पनि यो विषयमा गम्भीर रूपमा आवाज उठाएको देखिएन। तसर्थ हामीले सडकबाट हस्ताक्षर अभियान आम जनताको अभिमत बुझ्नको लागि यो अभियान थालेका हौँ।’

 

हस्ताक्षर अभियानबाट सरकारले विद्युतमा भ्याट फिर्ता गराउन जनदबाब सिर्जना गर्ने उनको विश्वास छ।

 
 

धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौँमा बसेको जय नेपाल पार्टीको प्रथम केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनका लागि वर्तमान सरकारले रायसुझाव सङ्कलन गरिरहेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरेको हो ।

बैठकले गौहत्या तथा गाईको मासुको खपतमा रोक लगाउन राज्यलगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यले भदौ महिनामा दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

 

त्यस्तै, जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, सङ्गठन, समूह, अभियान तथा व्यक्तिलाई पार्टीमा गोलबद्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष धवलशम्सेर राणाले जानकारी दिए ।

७७ जिल्लामा तदर्थ समिति गठन गरिने

बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जय नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य तथा लोकप्रिय नागरिकलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।

अध्यक्ष राणाका अनुसार भदौ र असोज महिनाभित्र ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गरिनेछ । त्यसका लागि केन्द्रीय सदस्यलाई समेत समावेश गरी विभिन्न टोली खटाइने उनले जानकारी दिए ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सङ्गठन विस्तार तथा योग्य र लोकप्रिय उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने भएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।