२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने भएसँगै उहाँलाई स्वागत गर्न पार्टीका शिर्ष नेताहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । सभापति देउवाको स्वागतका लागि नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् । गत वर्षको भदौ महिनामा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा आफू र धर्मपत्नी डा. आरजु राणा देउवामाथि आक्रमण भएपछि उहाँ उपचारका सिलसिलामा विदेश जानुभएको थियो । सोही उपचार प्रक्रिया पश्चात उहाँ आज स्वदेश फर्किनुभएको हो ।

श्रावण २८, 

नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसरका काठमाडौं अगाडी धर्ना दिएको छ । 
महासंघले विहीवार श्रेष्ठको रिहाईको माग गर्दै प्रहरी परिसर अगाडी धर्ना दिएको हो । प्रहरीले पत्रकार श्रेष्ठलाई बुधवार राती ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट पक्राउ गरि काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ । महासंघको नेतृत्वमा पत्रकारहरुले काठमाडौं प्रहरी परिसर अगाडी धर्ना दिएका हुन् । उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन् । धर्नामा सहभागीहरुले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाई गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । 
महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ । समाचारमा चित्त नबुझे कानूनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ । पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने महासंघको भनाई छ । पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्ने र प्रकाशित गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ ।–न्युज एजेन्सी नेपाल

 

श्रावण २८, 

नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ । 

बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ । पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ । यस महिनाभरि श्रद्धालुहरू बिहान सबेरै उठेर धाः बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा–आराधना गर्ने गर्छन् । गुँला पर्वको समयलाई साधना, दान र पुण्यकर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगोको सिङबाट बनाइएको विशेष बाजा (न्यकू) फुक्ने परम्परा हो । यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चीरशान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने प्रचलन रहेको छ । महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जिम्मेवार असहमतिलाई लोकतन्त्रको कमजोरी नभई शक्तिको रूपमा लिनुपर्ने बताउनुभएको छ ।  अनलाइनखबर’ द्वारा आयोजित ‘४० मुनिका ४०’ सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर भएको उल्लेख गर्नुभयो । उहाँले यहाँ फरक मतहरूले स्वतन्त्र रूपमा प्रष्फुटन हुने अवसर पाउनुपर्नेमा जोड दिनुभयो । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित पत्रकारिता एवं प्रश्न गर्नसक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्ने धारणा व्यक्त गर्नुभयो । लोकतन्त्र र स्वतन्त्र पत्रकारिता एकअर्काका पूरक भएको चर्चा गर्दै राष्ट्रपतिले राज्यका सबै अङ्गले यसको मर्मलाई आत्मसात गर्नुपर्ने बताउनु भयो । आफूले यिनै लोकतान्त्रिक आदर्श र दर्शनका निम्ति जीवनको महत्वपूर्ण समय सङ्घर्षमा व्यतीत गरेको समेत उहाँले स्मरण गर्नुभयो । सूचना प्रविधिको तिब्र विकास र प्रतिष्पर्धासँगै समाजमा मिथ्या सूचना सम्प्रेषण गरी नागरिकलाई दिगभ्रमित पार्ने चुनौती बढेको प्रति उहाँले सचेत गराउनु भयो । यस्ता चुनौतीहरूको डटेर सामना गर्दै जनतामाझ सत्य र सही सूचना पु¥याउन अनलाइन खबर जस्ता जिम्मेवार सञ्चार माध्यमहरू सफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘नेपाल विविध विचार, भाषा, संस्कृति र पहिचानको साझा घर हो । यहाँ फरक मतहरू स्वतन्त्र रूपमा फुल्न पाउनुपर्छ । असहमति लोकतन्त्रको कमजोरी होइन, जिम्मेवार असहमति यसको शक्ति हो । यही शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई लक्ष्यमा पु¥याउँछ भन्ने मेरो विश्वास छ । हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस तथा प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्छ । लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्नेकुरा पनि हामीले बिर्सनु हुँदैन । यसै दर्शनका लागि सङ्घर्ष गर्दै मैले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएको स्मरण गर्न चाहन्छु । प्रविधिको तिब्र विकाससँगै मिथ्या सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्ने चुनौती पनि बढेको छ । यस चुनौतीको सामना गर्दै जनतासम्म सही र तथ्यपूर्ण सूचना पु¥याउन अनलाइनखबर जस्ता जिम्मेवार सञ्चारमाध्यमहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गर्दछु । राष्ट्रपति पौडेलले सञ्चार क्षेत्रले व्यावसायिक निष्ठा कायम राख्दै नागरिकलाई सुसूचित गर्ने कार्यमा सफलता प्राप्त गर्ने विश्वासका साथ शुभकामना समेत व्यक्त गर्नुभयो । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।