२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ ।  बुधवार प्रतिनिधि सभा बैठककको आकस्मिक, शुन्य तथा विशेष समयमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संवैधानिक अधिकार भएकाले त्यसलाई सरकार वा कसैले पनि चाहेर हनन गर्न  नसक्ने तर्क समेत गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै जवाफदेहीता पनि हुने भएकाले पत्रकारहरुले सो कुरालाई मनन गरेर अघि बढन आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री तिमिल्सिनाले पत्रकारहरुले संवैधानिक अधिकार, आफनो गरिमा र सीमाभित्र रहेर काम गर्नुपर्ने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो,‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । यो सरकारको एउटा व्यक्तिले होइन । यो संविधानले दिएको अधिकार हो । यो अधिकार सुरक्षित छ । आज, भोली र पर्सी कसैले पनि यो अधिकार हनन गर्न सक्दैन । तर सँगै बुझनुपर्ने कुरा के पनि हो भने प्रेस स्वतन्त्रता भनेको स्वछन्दता होइन । प्रेस स्वतन्त्रतासँगै जवाफदेहिता पनि आउँछ । त्यहाँ भित्र पनि डुज र डन्टसहरु हुन्छन । राज्यले, व्यवस्थाले एउटा महत्वपूर्ण अंगको रुपमा, राज्यको अंगको रुपमा स्विकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफनो ओजलाई, आफनो गरिमालार्य कायम गर्नेगरी कार्य गर्दा सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौ । ढुक्क भएर पत्रकार मित्रहरुले आफनो संवैधानिक अधिकार, कानूनले दिएको अधिकार आफनो गरिमा र सीमा भित्र रहेर गर्नका लागि म हार्दिक अनुरोध गर्नं चाहन्छु ।’ त्यस अवसरमा मन्त्री तिमिल्सिनाले सरकार सांसदहरुले दिएको सुझावलाई केन्द्र भागमा राखेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउन थप मुलुकसँग श्रम सम्झौता गर्ने योजनालाई प्राथमिकतामा राख्ने भएको छ ।  विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा श्रमसचिव दीपक काफ्लेले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई कार्यान्वयनमा लैजाने र द्विपक्षीय श्रम सम्झौतामार्फत गन्तव्य मुलुकलाई सुरक्षित बनाउने गरी बजेटमा गृहकार्य भइरहेको बताउनु भयो । उहाकाअनुसार हाल नेपाली श्रमिकहरू १७८ देशमा वैदेशिक रोजगारीमा रहेका छन् । हालसम्म १३ वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता सम्पन्न भइसकेको जानकारी दिँदै थप १६ वटा मुलुकसँग श्रम सम्झौताको प्रश्ताव पठाइएको छ ।  इजरायल र ओमानसँग भने निकट भविष्यमा श्रम सम्झौता हुने चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले थप देशहरुसँग पनि श्रम सम्झौता गर्ने योजनाका साथ बजेट बनाइरहेको जानकारी दिनुभयो ।सचिव काफ्लेले भन्नुभयो–‘अन्तराष्ट्रिय प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्नको लागि १७८ वटा मुलुकहरूमा हाम्रो वैदेशिक रोजगारमा व्यक्तित्वहरू हुनुहुन्छ र अहिले हामीले १३ वटा मुलुकहरूसँग यो बाईलेटरल एग्रीमेन्ट हामीले द्विपक्षीय श्रम सम्झौताहरू गरेका छौँ । १६ वटा थप मुलुकहरूमा श्रम सम्झौता गर्नको लागि हामीले प्रस्तावहरू पठाएका छौँ भने दुई वटा मुलुकहरू इजरायल र ओमानसँग हामी तत्कालै श्रम सम्झौता गर्ने फेजमा छौँ । अब यसो गर्दाखेरि  खासगरी यो मर्यादित श्रम प्रवर्धन गर्ने र सामाजिक समानता कायम गर्ने र सामाजिक एउटा प्रोटेक्सनको हिसाबमा काम गर्नको लागि हामीले मूलतः श्रमलाई एउटा जीवन निर्वाहको विषय, सामाजिक स्थिरताको विषय र यो एउटा मानिसलाई आत्मिक शान्ति पनि प्राप्त गर्ने विषय हो श्रम भन्ने कुरालाई मध्यनजर गरेर हामीले त्यो एउटा सामाजिक व्यवस्थापनको लागि काम गर्छौँ । यो मन्त्रालयले ठुलो बजेट खर्च गर्दैन । हामी प्रशासनिक व्यवस्थापन र एउटा वातावरणीय सुधारमार्फत र हामीले केही अन्डरस्ट्यान्डिङमार्फत कामहरू गर्छौँ, हाम्रो विकासका कामहरू अत्यन्त कम हुन्छन् ।

श्रमलाई केवल रोजगारीको माध्यम नभई जीवन निर्वाह, सामाजिक स्थिरता र व्यक्तिको आत्मिक शान्तिसँग जोडिएको विषयका रूपमा हेरिएको उहाँको भनाइ छ । काफ्लेकाअनुसार श्रम भनेको मानिसको जीवनयापन, सामाजिक सुरक्षा र आत्मसम्मानसँग जोडिएको विषय हो । त्यसैले मन्त्रालयले सामाजिक व्यवस्थापन र श्रमिक संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिनेछ । सचिव काफ्लेले मन्त्रालयले ठूलो भौतिक विकास बजेट खर्च नगर्ने स्पष्ट पार्दै प्रशासनिक सुधार, नीतिगत व्यवस्थापन र श्रम वातावरण सुधारमार्फत काम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार बाध्यकारी श्रम अन्त्य गर्ने, श्रम निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने तथा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा मन्त्रालय केन्द्रित रहेको उहाँको भनाइ छ । काफ्लेले सामाजिक समानता, श्रमिक अधिकार संरक्षण र मर्यादित श्रम प्रवद्र्धनलाई मन्त्रालयको मुख्य प्राथमिकता रहने पनि बताउनु भयो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी बजेटमा वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित बनाउन थप मुलुकसँग श्रम सम्झौता गर्ने योजनालाई प्राथमिकतामा राख्ने भएको छ ।  विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा श्रमसचिव दीपक काफ्लेले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई कार्यान्वयनमा लैजाने र द्विपक्षीय श्रम सम्झौतामार्फत गन्तव्य मुलुकलाई सुरक्षित बनाउने गरी बजेटमा गृहकार्य भइरहेको बताउनु भयो । उहाकाअनुसार हाल नेपाली श्रमिकहरू १७८ देशमा वैदेशिक रोजगारीमा रहेका छन् । हालसम्म १३ वटा मुलुकसँग द्विपक्षीय श्रम सम्झौता सम्पन्न भइसकेको जानकारी दिँदै थप १६ वटा मुलुकसँग श्रम सम्झौताको प्रश्ताव पठाइएको छ ।  इजरायल र ओमानसँग भने निकट भविष्यमा श्रम सम्झौता हुने चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले थप देशहरुसँग पनि श्रम सम्झौता गर्ने योजनाका साथ बजेट बनाइरहेको जानकारी दिनुभयो ।
सचिव काफ्लेले भन्नुभयो–‘अन्तराष्ट्रिय प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्नको लागि १७८ वटा मुलुकहरूमा हाम्रो वैदेशिक रोजगारमा व्यक्तित्वहरू हुनुहुन्छ र अहिले हामीले १३ वटा मुलुकहरूसँग यो बाईलेटरल एग्रीमेन्ट हामीले द्विपक्षीय श्रम सम्झौताहरू गरेका छौँ । १६ वटा थप मुलुकहरूमा श्रम सम्झौता गर्नको लागि हामीले प्रस्तावहरू पठाएका छौँ भने दुई वटा मुलुकहरू इजरायल र ओमानसँग हामी तत्कालै श्रम सम्झौता गर्ने फेजमा छौँ । अब यसो गर्दाखेरि  खासगरी यो मर्यादित श्रम प्रवर्धन गर्ने र सामाजिक समानता कायम गर्ने र सामाजिक एउटा प्रोटेक्सनको हिसाबमा काम गर्नको लागि हामीले मूलतः श्रमलाई एउटा जीवन निर्वाहको विषय, सामाजिक स्थिरताको विषय र यो एउटा मानिसलाई आत्मिक शान्ति पनि प्राप्त गर्ने विषय हो श्रम भन्ने कुरालाई मध्यनजर गरेर हामीले त्यो एउटा सामाजिक व्यवस्थापनको लागि काम गर्छौँ । यो मन्त्रालयले ठुलो बजेट खर्च गर्दैन । हामी प्रशासनिक व्यवस्थापन र एउटा वातावरणीय सुधारमार्फत र हामीले केही अन्डरस्ट्यान्डिङमार्फत कामहरू गर्छौँ, हाम्रो विकासका कामहरू अत्यन्त कम हुन्छन् ।

श्रमलाई केवल रोजगारीको माध्यम नभई जीवन निर्वाह, सामाजिक स्थिरता र व्यक्तिको आत्मिक शान्तिसँग जोडिएको विषयका रूपमा हेरिएको उहाँको भनाइ छ । काफ्लेकाअनुसार श्रम भनेको मानिसको जीवनयापन, सामाजिक सुरक्षा र आत्मसम्मानसँग जोडिएको विषय हो । त्यसैले मन्त्रालयले सामाजिक व्यवस्थापन र श्रमिक संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिनेछ । सचिव काफ्लेले मन्त्रालयले ठूलो भौतिक विकास बजेट खर्च नगर्ने स्पष्ट पार्दै प्रशासनिक सुधार, नीतिगत व्यवस्थापन र श्रम वातावरण सुधारमार्फत काम गर्दै आएको बताउनुभयो । उहाँका अनुसार बाध्यकारी श्रम अन्त्य गर्ने, श्रम निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउने तथा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा मन्त्रालय केन्द्रित रहेको उहाँको भनाइ छ । काफ्लेले सामाजिक समानता, श्रमिक अधिकार संरक्षण र मर्यादित श्रम प्रवद्र्धनलाई मन्त्रालयको मुख्य प्राथमिकता रहने पनि बताउनु भयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं माननीय सदस्य हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।  प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले मन्त्रीहरूको सदनमा अनुपस्थिति र सांसदहरूले उठाएका प्रश्नको बेवास्ता गरिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको हो । अधयक्ष राईले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम २ को पालना नभएकोतर्फ सभामुखको ध्यान आकृष्ट गराउनु भयो । उक्त नियमावली अनुसार सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रावधान भएपनि महिनौँदेखि सोधिएका प्रश्नहरू अनुत्तरित रहेको उहाँले बताउनु भयो । सरकारको यो कार्यले संसदीय मर्यादामाथि नै प्रश्न उठाएको उहाँको तर्क थियो । उहाँले सरकार जनता र संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै मन्त्रीहरू आफ्नो कर्तव्यबाट भागिरहेको आरोप लगाउनु भयो । जनताको मत जितेर आएका प्रतिनिधिहरूको प्रश्नको सामना गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै उहाँले मन्त्रीहरूलाई सदनमा उपस्थित गराउन सभामुखसँग कडा रुलिङको माग समेत गर्नुभयो ।

राईले भन्नुभयो, ‘हामीले व्यक्तिगत स्वार्थका लागि नभई जनताका साझा समस्याहरू सदनमा उठाएका हौँ । सीमा विवाद, महँगी नियन्त्रण, सहकारी पीडितको वचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्छ । तर, नीति तथा कार्यक्रम र अन्य महत्वपूर्ण छलफलमा समेत सम्बन्धित मन्त्रीहरू अनुपस्थित हुनु खेदजनक छ । संसदीय मर्यादा कायम राख्न र मन्त्रिपरिषद्का सदस्यहरूलाई प्रश्नोत्तर सत्रमा अनिवार्य सहभागी गराउन राईले जोडदार माग गर्नुभएको छ । मन्त्रीहरू स्वयं उपस्थित नभई अन्य प्रतिनिधि पठाइनुले नियमावलीको ठाडो उल्लङ्घन भएको उहाँको भनाइ थियो । 

 
News Summary
Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनन्जय रेग्मीले प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सुगौली सन्धिको कपी पढ्न नपाएको बताएका छन्।
  • रेग्मीले नेपालमा रिसर्चर भिसा नदिइएको र यसका लागि पहल गर्न आग्रह गरेका छन्।
  • उनीहरूले विदेशमा रहेका नेपालीको संख्या, विद्यार्थी र पठाइएको पैसा सम्बन्धमा समस्या पहिचान गरी समाधान गर्न सुझाव दिएका छन्।

६ जेठ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद धनन्जय रेग्मीले सुगौली सन्धिको कपी पढ्न नपाएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री शिशिर खनाल उपस्थित बैठकमा रेग्मीले भने, ‘बोर्डरको समस्या के हो ? सुगौली सन्धि के रहेछ ? पढ्न पाएनौं । त्यसको कपि कहाँ छ ? पढ्न पाए थाहा लाग्दथ्यो ।’

 

‘रिसर्चर भिसा’का लागि पहल गर्न आग्रह

फरक प्रसङ्गमा सांसद रेग्मीले ‘रिसर्चर भिसा’ दिने व्यवस्थाको लागि पहल गर्न पनि आग्रह गरे ।

 

‘नेपालमा रिसर्चर भिसा दिने गरिएको छैन । रिसर्चरहरु टुरिष्ट भिसामा आउने गर्दछन् । उनीहरूलाई रिसर्च भिसा दिए सम्मान पनि बढ्छ । प्रोत्साहन पनि हुन्छ,’ उनले भने ।

विदेशमा रहेका नेपाली कति छन् र कुन अवस्थामा छन् त्यो थाहा पाएर अगाडि बढ्न सक्दा सहज हुने पनि उनको सुझाव छ । ‘एनआरएनको संख्या कति छ ? कति विद्यार्थी गएका छन् ? कति पैसा कुन च्यानलबाट पैसा लगेको ? समस्या पहिचान गरेपछि समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘रेमिटेन्स आएको हेरेका छौँ । गएको हेरेनौं ।’

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भइरहेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको टी बोर्डले अनिवार्य चिया परीक्षणको व्यवस्था फिर्ता लिएपछि नेपालबाट भारततर्फ चिया निर्यात पुनः सहज भएको छ।
  • भारतीय टी बोर्डको नयाँ सूचना अनुसार आन्तरिक खपतका लागि जाने चियामा अनिवार्य परीक्षण नहुने व्यवस्था लागू भएको छ।
  • नेपालबाट भारततर्फ चिया निर्यातमा तीन सातादेखि देखिएको अवरोध हटेको र निर्यात पूर्ववत् सञ्चालन हुने भएको छ।

६ जेठ, विगत तीन सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटेको छ ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षण (कम्पल्सरी स्याम्पलिङ) को व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको हो ।

 

भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना (कोरिजेन्डम–२) जारी गरेपछि नेपाली चिया व्यवसायीहरूले राहत महसुस गरेका छन् ।

भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण (एफएसएसएआई), भन्सार विभाग र चिया बोर्डका अधिकारीहरूबीच भएको संयुक्त बैठकको निर्णयअनुसार जारी गरिएको यस नयाँ व्यवस्थासँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात बुधबारदेखि पूर्ववत् रूपमै सञ्चालन हुने बाटो खुलेको हो ।

 

परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दूतावासको पहलमा चिया निर्यातमा देखिएको समस्या समाधान भएको भारतका लागि नेपाली कार्यवाहक राजदूत डा‍.  सुरेन्द्र थापाले जानकारी दिए । ‘हाम्रो सक्रिय पहल तथा भारत सरकारको सकारात्मक सहयोगका कारण यो समस्या समाधान भएको छ,’ उनले अनलाइनखबरसँग बताए ।

टी बोर्डले जारी गरेको संशोधित मापदण्डअनुसार अब भारतको आन्तरिक बजारमा खपत हुने र त्यहाँबाट तेस्रो मुलुकमा पुनः निर्यात (रि–एक्सपोर्ट) हुने चियाका लागि छुट्टाछुट्टै परीक्षण नियमहरू लागु हुनेछन्।

एफएसएसएआईबाट अर्को औपचारिक स्पष्टीकरण वा निर्देशन नआएसम्मका लागि आन्तरिक खपतका लागि जाने चियामा टी बोर्डले कुनै परीक्षण गर्ने छैन ।

यद्यपि, भन्सार कार्यालय वा एफएसएसएआईले एकल निकायको रूपमा आफ्नो जोखिम व्यवस्थापन प्रणालीअनुसार छड्के (र्‌यान्डम) नमुना मात्र संकलन गरी जाँच गर्न सक्नेछन् ।

यसको सीधा अर्थ हो, अब नेपालबाट भारतको आन्तरिक बजारका लागि जाने चिया बोकेका प्रत्येक ट्रकको नाकामा रोकेर अनिवार्य जाँच गरिरहनु पर्ने बाध्यता हटेको छ ।

तर, नेपालबाट चिया खरिद गरी आकर्षक प्याकेजिङ र ब्रान्डिङसहित तेस्रो मुलुकमा निर्यात गर्ने भारतीय व्यवसायीहरूको हकमा भने नियम कडा नै राखिएको छ ।

भारतमा आयात भएर पुनः निर्यात हुने चियाको कन्साइनमेन्टमा भने बोर्डको १० फेब्रुअरी २०२६ को स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) अनुसार गुणस्तर सुनिश्चित गर्न अनिवार्य रूपमै परीक्षण गरिने सूचनामा स्पष्ट पारिएको छ ।

यसका अतिरिक्त, टी बोर्डले चिया परीक्षणको नतिजा आउने समयसीमामा पनि कटौती गरेर व्यापार सहजीकरण गरेको छ । यसअघि ल्याबबाट परीक्षण रिपोर्ट आउन कम्तीमा १५ दिनसम्म लाग्ने गरेकोमा अब सम्बन्धित प्रयोगशालाले चियाको नमुना प्राप्त गरेको मितिले ५ दिनभित्रै परीक्षण प्रतिवेदन अनिवार्य रूपमा अनलाइन अपलोड गरिसक्नु पर्नेछ ।

भारतको यो पछिल्लो लचकताले नेपाली चिया उद्योगमा उत्साह थपेको छ ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले यसअघि भारतले चिया निर्यातमा अनिवार्य नमुना परीक्षण (म्यान्डेटरी स्याम्पलिङ) गर्नुपर्ने नियमलाई भारतले अहिले पूर्णरूपमा फिर्ता लिएको र निर्यातको बाटो खुला भएकोे जानकारी दिए ।

‘भारतको टी बोर्डले जुन अनिवार्य परीक्षणको व्यवस्था राखेको थियो, त्यसलाई उसले अहिले फिर्ता गरेको छ,’ गुप्ताले अनलाइनखबरसँग भने, ‘यो नियम हटेसँगै अहिलेका लागि चिया निर्यात पूर्णरूपमा खुला भएको छ ।’

यद्यपि, भारतले यो व्यवस्थालाई स्थायी रूपमै खारेज गरेको हो वा अल्पकालीन भन्ने कुरा स्पष्ट भइनसकेको उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष गुप्ताका अनुसार भारतले अहिलेलाई उक्त कडा नियम हटाए पनि भविष्यमा नयाँ प्रणाली वा कार्यविधि (प्रोसिड्योर) ल्याउन सक्ने सम्भावना छ ।

‘उनीहरूले नयाँ सिस्टम केही बनाउँछन् होला, त्यसैको तयारी स्वरूप अहिलेलाई यो नियम हटाएको हुन सक्छ,’ गुप्ताले भने, ‘भोलिका दिनमा नयाँ कार्यविधि के आउँछ भन्ने अहिले नै थाहा छैन, तर नयाँ नियम नआउँदासम्मका लागि भने परीक्षणको अवरोध हटेर निर्यात खुल्ला भएको छ ।’

यस्तै, नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले हिजो मंगलबार भारतबाट आएको नयाँ सर्कुलेसनले निकासीलाई सहज बनाएको हुँदा तत्कालका लागि समस्या समाधान भएको बताए ।

‘अहिले भारतको यो सहजीकरणले किसान, उद्योगी व्यवसायीलाई राहत मिलेको छ,’ उनले थपे ।

भारतले १८ वैशाखदेखी लागु हुने गरी भारत आयात हुने चियामा नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) जारी गर्दै ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ (भारु) शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान जारी गरेको थियो ।

यसपछि नेपालबाट भारतमा हुने चिया निर्यात ठप्प बनेको थियो । नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरेको थियो । करिब तीन सातापछि मात्रै भारतले सहजीकरण गरेको हो ।

भन्सार विभागको तथ्यांक हेर्ने हो भने नेपालको अर्थतन्त्रमा चिया निर्यातको हिस्सा निकै महत्त्वपूर्ण छ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट ३ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ बराबरको चिया भारत निकासी भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३३ करोड ५९ लाख रुपैयाँ बराबरको निर्यात भइसकेको छ । व्यवसायीहरूले अब पहिलेजस्तै चिया निर्यात हुने र कुनै अवरोध सिर्जना नहुने आशावादी भएको बताएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।