२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

नेकपा एमालेका नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई ’गैरकानुनी र प्रतिशोधपूर्ण’ भन्दै भत्र्सना गर्नुभएको छ ।
अध्यक्ष ओलीलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गर्दै सरकारको यो कदम संविधान र कानूनको भावना विपरीत रहेको बताउनुभएको हो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अधिकारीले गिरफ्तारीको प्रक्रियामा समेत गम्भीर प्रश्न उठाउनु भयो । उहाँले छानबिन समितिले सिफारिस गरेको भनिए पनि कुनै ठोस अभियोग र प्रक्रिया पूरा नगरी रातारात जुन शैलीमा पक्राउ गरियो, यसले सरकारको प्रतिशोधको ज्वाला प्रष्ट पारेको बताउनु भयो । अधिकारीले एमाले यस कदमको विरुद्धमा कानुनी र सडक दुवै मोर्चाबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले देशलाई द्वन्द्वमा नभई सहमति र सहकार्यको बाटोमा लैजान सरकारलाई आग्रह समेत गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘ यो गैरकानूनी जुन थुना भएको छ, तुरुन्त बिना शर्त उहाँलाई रिहा गर्नुपर्छ । र कानूनी राज्यको राज्यलाई अघि बढाउनुपर्छ, प्रतिशोधपूर्ण जुन गिरफ्तारी छ यो संविधान कानून र न्यायको हिसाबले बिल्कुल विपरित छ हामी यसको प्रतिवाद गर्छौं । यसमा साइनै छैन, कुनै साइनै छैन उहाँको गिरफ्तारी छानबिन समितिले सिफारिस गरेर सरकारले त्यो अनुसार गरेको हो, यो अभियोगै नगरिकन रातारात जो गरिएको छ प्रतिशोधको ज्वाला उहाँहरूले त्यो बाल्नुभएको छ त्यसले देशै आगो बल्छ । यो गिरफ्तारी गैरकानुनी छ प्रतिशोधपूर्ण छ र गैरकानूनी गिरफ्तारी भएको हुनाले तुरुन्त उहाँलाई रिहा गर्नुपर्छ र देशलाई द्वन्द्वमा होइन सहमतिमा लानुपर्छ भन्ने कुरामा हामी प्रष्ट छौँ। हामी त्यसको प्रतिवाद गर्छौँ कानुनी र सडकबाटै यसको प्रतिवाद गर्छौं ।’
उहाँले सरकारको यस्तो कदमले लोकतन्त्र र कानूनी राज्यको अवधारणामाथि नै प्रहार गरेको दाबी गर्नुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।