२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

फिल्टरको गडबडीले सुन्दरताको रहस्य खुलेपछि एक इन्फ्लुएन्सरले गुमाइन् १ लाख ४० हजार फलोअर्स

 

एक चिनियाँ लाइभस्ट्रिमरको वास्तविक अनुहार लाइभ भिडिओको क्रममा अचानक देखिँदा उनले ठुलो सङ्ख्यामा फलोअर्स गुमाउनु परेको घटना एउटा भाइरल भएको छ । एउटा ब्युटी फिल्टरमा आएको प्राविधिक गडबडीका कारण ती इन्फ्लुएन्सरको डिजिटल मास्क हटेको थियो, जसले उनको वास्तविक स्वरूप सार्वजनिक गरिदिएको हो ।

थ्रेड्स र टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल भइरहेका क्लिपहरूमा देखिए अनुसार ती नाम नखुलेकी सुन्दरी इन्फ्लुएन्सर क्यामेराको अगाडि प्रस्तुत भइरहेकी थिइन् । त्यही समयमा अचानक उनको ब्युटी फिल्टर बन्द भयो, जसले उनको परिपक्व अनुहार र स्वाभाविक वर्णलाई उजागर गर्‍यो । केही सेकेन्डपछि फिल्टर पुनः सक्रिय भएको र उनको अनुहार पुनः सानो, गोरो र पूर्ण रूपमा मिलेको देखिन थालेको थियो ।

 
 
 

तर यो छोटो समयको प्राविधिक त्रुटिले गर्दा उनले करिब १ लाख ४० हजार फलोअर गुमाएको दाबी गरिएको छ । यद्यपि फलोअर्स सङ्ख्यामा आएको गिरावट र घटनाको सत्यता अहिलेसम्म स्वतन्त्र रूपमा पुष्टि भने भइसकेको छैन ।

अवास्तविक सुन्दरताका मापदण्डमाथि बहस

यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ‘अवास्तविक सुन्दरताका मापदण्ड’ लाई लिएर ठुलो बहस सुरु भएको छ । धेरै दर्शकहरूले ती महिलाको बचाउ गर्दै फिल्टर बिनाको उनको अनुहार झन् राम्रो र जीवन्त देखिएको प्रतिक्रिया दिएका छन् ।

एक फ्यानले लेखेका छन्, “मलाई लाग्छ उनी फिल्टरमा भन्दा वास्तविक रूपमा धेरै राम्री छिन्, फिल्टर त निर्जीव देखिन्छ।” अर्का एक प्रयोगकर्ताले भने पूर्वी एसियाली देशहरूमा प्रचलित कठिन सुन्दरताका मापदण्डहरूको विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा फिल्टरको मद्दतले आफ्नो रूप बदल्ने यो पहिलो घटना भने होइन । सन् २०१९ मा ‘योर हाइनेस कियाओ बिलुओ‘ नामकी अर्की चिनियाँ स्टारको पनि लाइभ भिडिओमा यस्तै समस्या आएको थियो । उनले आफूलाई जवान सुन्दरीका रूपमा प्रस्तुत गर्ने गरे पनि प्राविधिक गडबडीले उनी मध्यम उमेरकी महिला भएको खुलासा भएको थियो ।

अहिलेको एआईको युगमा बोल्ड ग्ल्यामर जस्ता फिल्टरहरू यति प्रभावशाली भएका छन् कि तिनले मानिसको वास्तविक रूपलाई पूर्ण रूपमा बदल्न सक्छन् । धेरै इन्फ्लुएन्सरहरूले यस्ता फिल्टरहरूले मानिसको आत्मविश्वासमा चोट पुर्‍याइरहेको भन्दै यसलाई बन्द गर्नुपर्ने माग समेत गरिरहेका छन् ।

पोखरा । नेकपा एमालेको लडाकु दस्ता नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा समेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले शुक्रबार वक्तव्य जारी गर्दै झण्डा जलाउने,उत्तेजना फैलाउने र द्वेष भड्काउने कार्यलाई अराजक मानसिकताको प्रतीक भनेका छन् ।

यस्ता कार्यमा संलग्न व्यक्तिमाथि राज्य संयन्त्रले कारवाही नगरे अराजकहरूलाई कारबाही गर्न सशक्त प्रतिवाद गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।