२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीमा केटा साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ती किशोरी बुधबार दिउँसो १८ वर्षीय केटा साथीको घरमा गएकी थिइन् । त्यही क्रममा उनी अचानक बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

घटनापछि केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक किशोरीको पनि उमेर १८ वर्षकै रहेको छ । हाल शव पोस्टमार्टमका लागि पठाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू प्रेम सम्बन्धमा रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

सर्लाहीको बलरा नगरपालिका–१ मा दुई समूहबीच मदिरा सेवनका क्रममा भएको विवाद झडपमा परिणत हुँदा एक समूहले अर्को समूहमाथि छुरा प्रहार गरेको छ । उक्त घटनामा तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा सोही वडाका २५ वर्षीय धर्मवीर सहनी, १८ वर्षीय दशरथ सहनी र २५ वर्षीय अमित मण्डल रहेका छन् । धर्मवीरको पेटमा, दशरथको घाँटीमा र अमितको दाहिने हातमा चोट लागेको जनाइएको छ ।

घाइते तीनै जनालाई उपचारका लागि बलरास्थित धुलिखेल अस्पताल पठाइएको छ ।

उनीहरूमाथि छुरा प्रहार गर्नेहरू भारत निवासी अमन सिंह, विकास सिंह, अटल राय र अवशेख सिंह रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । हाल उनीहरू फरार रहेका छन् र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०८ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४ रुपैयाँ ६० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८० पैसा र बिक्रीदर २१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २९ पैसा र बिक्रीदर ४६० रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ १५ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Pokhara TV

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा फलामले लाग्दा एक क्रेन अपरेटरको मृत्यु भएको छ।

क्रेनमार्फत फलाम उठाउने क्रममा फलाम आफैंले लागेर भारत, उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादव गम्भीर घाइते भएका थिए।

टाउकोमा गम्भीर चोट लागेका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३९, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो ३८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९० रहेको छ।बन्दा (लोकल) प्रतिकिलो २२, काउली स्थानीय प्रतिकिलो ९०, काउली तराई प्रतिकिलो ७०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो २०, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ८० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ७०, घिउ सिमी (राज्मा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो ६५, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६० रहेको छ ।चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ५५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ९० र भिण्डी प्रतिकिलो ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ८०, स्कूस प्रतिकिलो ५०, रायोसाग प्रतिकिलो ५५, पालुङ्गो साग प्रतिकिलो ६०, तोरीको साग प्रतिकिलो ६०, हरियो प्याज प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ४३०, कुरिलो प्रतिकिलो ३५०, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २१०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २६०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो १७०, पुदिना प्रतिकिलो २५०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २४०, स्याउ (फुजी) प्रतिकिलो ३४०, केरा (दर्जन) १४०, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ४००, आँप (माल्दह) प्रतिकिलो २००, आँप (दशहरी) प्रतिकिलो २००, आँप (चोसा) प्रतिकिलो १७०, सुन्तला (भारतीय) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २४०, भुइँकटहर प्रतिगोटा १६० रहेको छ ।

काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, रुख कटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो ७०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (भारतीय) प्रतिकिलो १००, मेवा (नेपाली) १००, अम्बा प्रतिकिलो २५०, र लप्सी प्रतिकिलो ६० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ३५०, खुर्सानी हरियो प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४०, खुर्सानी हरियो माछे प्रतिकिलो ६५, खुर्सानी अकबरे प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो ७५, लसुन हरियो प्रतिकिलो १००, हरियो धनियाँ प्रतिकिलो ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रहेको छ ।

छ्यापी सुकेको प्रतिकिलो १८०, छ्यापी हरियो प्रतिकिलो १५०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो ३००, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।
Pokhara TV

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। उनी आगामी भदौ १ गते (अगस्ट १७) काठमाडौं आउने तयारीमा रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायत उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्रीको नेपाल भ्रमण तय गरिएको हो।

प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्री कार्यालय स्रोतले यसअघि साउनको सुरुवातमा ओलीको भ्रमण आगामी भदौ ३१ गते हुने जानकारी दिएको थियो।

स्रोतका अनुसार मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणका तयारीका साथै दुई पक्षीय सम्बन्धका विविध पक्षहरूमा छलफल हुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ वृद्धिको निर्णयले अमेरिका–भारत सम्बन्धमा तनावको संकेत देखिएको छ। यसले भारत र चीनलाई आपसी सम्बन्ध मजबुत पार्ने दिशामा डोहोर्याउन सक्ने सम्भावनासमेत बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न चीन भ्रमणलाई पनि यसै सन्दर्भमा चासोका साथ हेरिएको छ।

अमेरिका–भारत सम्बन्धमा पछिल्ला दुई वर्षमा व्यापक परिवर्तन आएको छ। दुई वर्षअघि प्रधानमन्त्री मोदीलाई अमेरिकामा ह्वाइट हाउसमा भव्य स्वागत गरिएको थियो। अमेरिकी संसदमा उनकाे सम्बाेधनका क्रममा तालीकाे गडगडाहटले सम्बन्धको गहिराई दर्शाएको थियो।

त्यसबेला तत्कालीन राष्ट्रपति जो बाइडेनले मोदीको खुलेर प्रशंसा गरेका थिए। यसप्रति दुई रणनीतिक उद्देश्य थिए—पहिलो, भारतले युक्रेनमा रुसको आक्रमणप्रति स्पष्ट धारणा प्रकट गरोस् भन्ने, र दोस्रो, भारतलाई चीनविरुद्धको गठबन्धनमा ल्याउने चाहना।

तर ट्रम्पको दोस्रो कार्यकालसँगै यो सम्बन्धमा दरार देखिन थालेको छ। ट्रम्पले भारतबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेका छन्। भारतले यस निर्णयको कडा विरोध गर्दै उपयुक्त प्रतिकारको चेतावनी दिएको छ।

व्यापारिक झडप र त्यसको असर

कतिपय कूटनीतिज्ञको भनाइमा यो व्यापार युद्धले अल्पकालीन रूपमा भारतलाई नोक्सान पुर्‍याउनेछ। तर दीर्घकालीन असर अमेरिकामाथि पनि पर्नेछ, किनभने भारत चीनविरुद्ध अमेरिकाका लागि एक उपयोगी साझेदार थियो। ट्यारिफ वृद्धिको निर्णय भारतका लागि ठूलो झट्का सावित भएको छ। भारतीय निर्यात संगठन (FIEO) ले यसलाई ‘अत्यन्तै चकित पार्ने निर्णय’ भनेको छ, जसले भारतको कुल अमेरिकी निर्यातमध्ये आधाभन्दा बढीलाई असर पुर्‍याउने बताइएको छ।

दिल्लीस्थित थिंक ट्यांक ‘ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (GTRI)’ को अनुमान अनुसार अमेरिकातर्फ भारतको निर्यात ४० देखि ५० प्रतिशतसम्म घट्न सक्नेछ। GTRI संस्थापक अजय श्रीवास्तवले भारतलाई संयमता अपनाउन सुझाव दिएका छन्। उनी भन्छन्, “धम्की र अविश्वासको वातावरणमा सार्थक वार्ता सम्भव हुँदैन।”

चीनसँग भारतको सम्भावित समीपता

गलवानमा भारत–चीन सेनाबीच भएको झडपपछि प्रधानमन्त्री मोदी पहिलोपटक चीन भ्रमणमा जाँदैछन्। उनी शांघाई सहयोग संगठन (SCO) को शिखर सम्मेलनमा भाग लिन ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म चीन जाँदैछन्। मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङ एउटै मञ्चमा देखिनु आफैंमा एक सन्देश मानिन्छ।

बेइजिङस्थित राजनीति शास्त्रका प्राध्यापक हुआङ हुआ भन्छन्, “अमेरिकाको ट्यारिफ आक्रमण दूरदर्शिता विहीन छ। यसले भारतलाई केही हदसम्म नोक्सान गरे पनि अमेरिकालाई झन् ठूलो घाटा हुनेछ।” उनका अनुसार अमेरिकाको यस कदमले भारत चीनसँग सँगै उभिन सक्ने स्थिति सिर्जना गर्न सक्छ।

रुस–भारत सम्बन्ध र अमेरिकी दबाब

अमेरिकाको भनाइमा भारतले अझै पनि रुसबाट कच्चा तेल आयात गरिरहेकाले ट्यारिफ वृद्धि गरिएको हो। सन् २०१८ मा रुसबाट भारतले आयात गर्ने तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो, तर सन् २०२५ मा यो ३५ प्रतिशत पुगेको छ।

पूर्व भारतीय राजदूत शरद सभरवाल भन्छन्, “राष्ट्रपति ट्रम्पले विगतमा पनि हतारमा निर्णय लिएका छन् र पछि ती निर्णय फिर्ता गरेका छन्। कतिपयपटक उनका बयान वार्तामा दबाब सिर्जना गर्ने औजार मात्रै हुन्छन्।” भारतको विदेश मन्त्रालयले पनि ट्यारिफ वृद्धिलाई ‘अनुचित, तर्कहीन र आधारहीन’ भनेको छ।

भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपर्ने स्पष्ट पारेको छ। साथै, राष्ट्रिय हितको संरक्षणका लागि सबै आवश्यक कदम चालिने उल्लेख गरिएको छ।

पर्ख र हेरको रणनीति

ट्रम्पको ट्यारिफ युद्ध साँच्चिकै नीति हो वा वार्ता रणनीति, भन्ने अझै स्पष्ट छैन। पूर्व कूटनीतिज्ञ सभरवाल भन्छन्, “हामीले हेर्नुपर्छ कि ट्रम्प साँच्चै ५० प्रतिशत ट्यारिफ लागू गर्छन् वा केवल बार्गेनिङ गरिरहेका छन्।” उनका अनुसार वार्ताको ढोका खुला राख्दै पर्ख र हेरको नीति उपयुक्त हुनेछ।

अमेरिका–पाकिस्तान समीपता : भारतको चिन्ता

भारतलाई अर्को चिन्ताको विषय अमेरिका–पाकिस्तानबीच बढ्दो निकटता हो। पाकिस्तानमा तेल अन्वेषण सुरु भएको र ट्रम्पको कथित क्रिप्टो व्यापारबीच सम्बन्ध रहेको विश्लेषण गरिएको छ।

सभरवाल भन्छन्, “अमेरिकाले पाकिस्तानलाई प्राथमिकता दिनु भारतमाथि दबाब सिर्जना गर्ने रणनीति हुन सक्छ। तर यसले भारत–अमेरिका सम्बन्धमा स्थायी असर पार्छ भन्ने होइन। रक्षा, प्रविधि, शिक्षा, गुप्तचर जस्ता क्षेत्रहरूमा सम्बन्ध अझै बलियो छ।”

उनले थप्छन्, “तर सम्बन्धको आधार सम्मान हो, र अहिले त्यसको परीक्षा भइरहेको छ।”

सशस्त्र प्रहरीले कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखेको छ। साउन २१ गते साँझदेखि बेपत्ता भएका उनीहरूको खोजीमा सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार स्याङ्जाको गल्याङ नगरपालिका–५, सेतिवेणीस्थित कालीगण्डकी नदी किनारको प्रतिक्षालयमा महिलाले प्रयोग गर्ने झोला, चप्पल, मोबाइल फोन र बच्चाको जुत्ता फेला परेको थियो। ती सामग्री कालीगण्डकी गाउँपालिका–४, बिर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डेको भएको खुलेको छ।

‘उनीहरू दुवै जना सम्पर्कमा नरहेकाले कालीगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरी खोजी कार्य सुरु गरिएको हो,’ थापाले भने।

बेपत्ता आमा–छोराको खोजीका लागि पोखराबाट गोताखोर टोली समेत लैजाने तयारी गरिएको उनले जानकारी दिए।

सिन्धुलीका एक युवकको मिर्गौला निकालिएको घटनामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटका समिर परियार रहेका छन्। उनलाई काठमाडौंबाट पक्राउ गरिएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख कृष्ण पंगेनीले जानकारी दिए। उनका अनुसार परियारमाथि थप अनुसन्धान भइरहेको छ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ निवासी खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो। भुजेललाई पोखराबाट कामको प्रलोभनमा पारेर भारत पुर्‍याई एक गिरोहले बन्धक बनाएर मिर्गौला निकालेको बताइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।