
सुर्खेतको वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका ४२ वर्षीय दानसिंह ठाडामगरले आइतबार बिहान सँगै सुतिरहेकी श्रीमती ४१ वर्षीया रविना थापाको हत्या गरेका छन्।
हत्या गरेलगत्तै उनले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। त्यसअघि उनले प्रहरीको नम्बर वडाध्यक्ष दीपेन्द्रराज कोइरालासँग मागेका थिए। कोइरालाले अनलाइनखबरसँग भने, “मलाई करिब दुई/सवा दुई बजेतिर फोन गरेर प्रहरीको नम्बर मागेका थिए। श्रीमती मारेको कुरा भने गरेका थिएनन्। तर उनले दुबईमा रहेका छोरा, जापानमा रहेकी छोरी र प्रहरीलाई भने हत्या गरेको बताएका रहेछन्।”
घटनाको जानकारी पाएपछि नगर प्रहरी र करेखोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मोहनजंग बुढथापाका अनुसार घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको छ। दानसिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ।
वडाध्यक्ष कोइरालाका अनुसार शनिबार दिउँसो दानसिंहका बुवाआमा घरमा आएका थिए। परिवारसँग गफगाफ गरेर खाना खाएर फर्किएका थिए। राति श्रीमान् र श्रीमती ओछ्यानमा पल्टिएर मोबाइल हेर्दै थिए। मोबाइल हेर्दाहेर्दै रविना निदाएकी थिइन्। त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउने काठले टाउकोमा प्रहार गरी हत्या गरेका थिए।
दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त हुन्। उनका एक छोरा दुबईमा, एक छोरी जापानमा र अर्की छोरी सुर्खेतमै छन्।
विगतमा उनी मदिरा सेवन गर्ने गरेको भए पनि पछिल्लो एक हप्तादेखि सेवन नगरेको जानकारी उनका आफन्तले दिएका छन्। तर, श्रीमतीको हत्या किन गरे भन्ने खुल्न सकेको छैन।
“श्रीमतीलाई किन मारेको भनेर सोध्दा उसले भन्यो— मलाई केही थाहा भएन, सैतान देखे जस्तो भयो, त्यसैले हानेँ,” वडाध्यक्ष कोइरालाले भने, “हत्या गरेपछि उसले आफन्त, छोराछोरी र प्रहरीलाई फोन गरेर आफैँले मारेको स्वीकार गरेका रहेछन्।”
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रूपमा प्रयोग गर्न पाउनुपर्ने मागसहित काठमाडौंमा सत्याग्रह सुरु गरेका छन्।
उनको मुख्य माग संघीय ऐन संशोधन गर्नु पर्ने हो, किनकि हालको ऐनले स्थानीय कच्चा पदार्थको प्रयोगमा बाधा पुर्याइरहेको छ। माइतीघर मण्डलामा उनले कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह थालेका हुन्। उनी परालको गुन्द्रीमाथि कम्बल ओछ्याएर बसेका छन्, छेउमा बाँसका भाटा राखिएका छन्।
मेयर भट्टराईले साथमा विभिन्न नारा लेखिएका प्लेकार्डहरू राखेका छन्, जसमा लेखिएको छ—
-
“पैसा छैन, नीति देउ; आत्मनिर्भर समाज बनाऔं”
-
“प्रकृतिको विनाश हैन, संरक्षण गरौं”
-
“जलवायु परिवर्तनको असर, खोला–खोल्सी अनियन्त्रित क्रसर”
-
“प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं”
उनीसँग स्थानीय अगुवाहरू र केही जनप्रतिनिधिहरू पनि सहभागी छन्।
सुरुमा सिंहदरबारको दक्षिण गेटअगाडि सत्याग्रह बस्ने योजना रहे पनि सो क्षेत्र निषेधित क्षेत्र घोषित गरिएको हुँदा उनले माइतीघर मण्डलालाई आन्दोलनको स्थानका रूपमा रोजेका हुन्।





