२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रकका सहचालक, रौतहटको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान रहेका छन्। घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आज बिहान पौने ७ बजे रौतहटबाट सर्लाहीको लालबन्दीस्थित न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको विद्युत् प्रवाह भएको तारमा ट्रक छोएको थियो। सोही करेन्टको झट्काबाट तीनै जना घाइते भएका थिए।

इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी तत्काल नमुना अस्पताल हरिवन पठाएको थियो। उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।

क्रमसंख्या सामान इकाई मूल्य (रु.)
1 गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो 70
2 गोलभेँडा सानो (लोकल) प्रतिकिलो 30
3 गोलभेँडा सानो (टनेल) प्रतिकिलो 44
4 आलु रातो प्रतिकिलो 45
5 आलु रातो (भारतीय) प्रतिकिलो 40
6 आलु रातो (मुडे) प्रतिकिलो 39
7 आलु सेतो प्रतिकिलो 38
8 प्याज सुकेको (भारतीय) प्रतिकिलो 48
9 गाजर (लोकल) प्रतिकिलो 100
10 गाजर (तराई) प्रतिकिलो 90
11 बन्दा (लोकल) प्रतिकिलो 30
12 काउली (स्थानीय) प्रतिकिलो 55
13 काउली (तराई) प्रतिकिलो 40
14 रातो मूला प्रतिकिलो 45
15 सेतो मूला (हाइब्रिड) प्रतिकिलो 25
16 भन्टा लाम्चो प्रतिकिलो 35
17 भन्टा डल्लो प्रतिकिलो 45
18 तने बोडी प्रतिकिलो 25
19 मकै बोडी प्रतिकिलो 50
20 मटरकोसा प्रतिकिलो 200
21 घिउ सिमी (लोकल) प्रतिकिलो 40
22 घिउ सिमी (हाइब्रिड) प्रतिकिलो 50
23 घिउ सिमी (जाजमा) प्रतिकिलो 120
24 टाटे सिमी प्रतिकिलो 70
25 भटमास कोसा प्रतिकिलो 130
26 तीतो करेला प्रतिकिलो 20
27 लौका प्रतिकिलो 25
28 परबर (तराई) प्रतिकिलो 35
29 चिचिण्डो प्रतिकिलो 30
30 घिरौला प्रतिकिलो 40
31 झिगुनी प्रतिकिलो 45
32 फर्सी पाकेको प्रतिकिलो 50
33 फर्सी हरियो (लाम्चो) प्रतिकिलो 25
34 हरियो फर्सी (डल्लो) प्रतिकिलो 35
35 भिण्डी प्रतिकिलो 35
36 सखरखण्ड प्रतिकिलो 80
37 पिँडालु प्रतिकिलो 70
38 स्कूस प्रतिकिलो 40
39 रायो साग प्रतिकिलो 80
40 पालुङ्गो साग प्रतिकिलो 90
41 तोरीको साग प्रतिकिलो 80
42 हरियो प्याज प्रतिकिलो 160
43 च्याउ (कन्य) प्रतिकिलो 150
44 च्याउ (डल्ले) प्रतिकिलो 450
45 कुरिलो प्रतिकिलो 250
46 निगुरो प्रतिकिलो 90
47 ब्रोकाउली प्रतिकिलो 70
48 चुकुन्दर प्रतिकिलो 75
49 सजिवन प्रतिकिलो 220
50 रातो बन्दा प्रतिकिलो 350
51 जिरीको साग प्रतिकिलो 100
52 सेलरी प्रतिकिलो 120
53 पार्सले प्रतिकिलो 1200
54 सौफको साग प्रतिकिलो 200
55 पुदिना प्रतिकिलो 200
56 इमली प्रतिकिलो 200
57 तामा प्रतिकिलो 120
58 तोफु प्रतिकिलो 120
59 गुन्द्रुक प्रतिकिलो 350
60 स्याउ (झोले) प्रतिकिलो 250
61 स्याउ (फुजी) प्रतिकिलो 340
62 केरा दर्जन 135
63 कागती प्रतिकिलो 150
64 अनार प्रतिकिलो 350
65 आँप (माल्द) प्रतिकिलो 130
66 आँप (दशहरी) प्रतिकिलो 130
67 हरियो तरबुजा प्रतिकिलो 110
68 मौसम प्रतिकिलो 160
69 जुनार प्रतिकिलो 250
70 भुइँकटहर प्रतिगोटा 160
71 काँक्रो (लोकल) प्रतिकिलो 50
72 काँक्रो (हाइब्रिड) प्रतिकिलो 20
73 खकटहर प्रतिकिलो 45
74 नास्पाती (लोकल) प्रतिकिलो 40
75 मेवा (भारतीय) प्रतिकिलो 100
76 अदुवा प्रतिकिलो 100
77 खुर्सानी सुकेको प्रतिकिलो 350
78 खुर्सानी हरियो प्रतिकिलो 45
79 खुर्सानी हरियो (बुलेट) प्रतिकिलो 35
80 खुर्सानी हरियो माछे प्रतिकिलो 80
81 खुर्सानी अकबरे प्रतिकिलो 220
82 भेडे खुर्सानी प्रतिकिलो 195
83 लसुन हरियो प्रतिकिलो 150
84 हरियो धनियाँ प्रतिकिलो 200
85 लसुन सुकेको (चाइनिज) प्रतिकिलो 200
86 लसुन सुकेको (नेपाली) प्रतिकिलो 160
87 छ्यापी सुकेको प्रतिकिलो 180
88 छ्यापी हरियो प्रतिकिलो 130
89 ताजा माछा (रहु) प्रतिकिलो 330
90 ताजा माछा (बचुवा) प्रतिकिलो 320
91 ताजा माछा (छडी) प्रतिकिलो 250
92 राजा च्याउ प्रतिकिलो 300
93 सिताके च्याउ प्रतिकिलो 900

 

बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा निकालिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ।

हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो। बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थकहरूले प्रहरीसँग झडप गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, अवामी लीगका समर्थकहरूले लाठी, ढुंगा र इँटा प्रयोग गरेर प्रहरी, सेना तथा अर्धसैनिक बलमाथि आक्रमण गरेका थिए। प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै, एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफी कारबाहीस्वरूप गोली प्रहार गरेका थिए। भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो।

हिंसामा मारिएका चार जनामध्ये तीनको पहिचान खुलेको छ। उनीहरू हुन् – दीप्टो साहा (२५ वर्ष), रमजान काजी (१८ वर्ष), र सोहेल मोल्ला (४१ वर्ष)। चिकित्सकका अनुसार, उनीहरूलाई गम्भीर घाइते अवस्थामा गोपालगञ्ज जनरल अस्पताल ल्याइएको थियो।

हिंसाको बाबजुद पनि एनसीपीले गोपालगञ्जमा र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकै बीच नेताहरूले सम्बोधन गरेका थिए।

एनसीपीका संस्थापक तथा संयोजक नाहिद इस्लामले र्‍यालीको अध्यक्षता गर्दै भने, “यदि सुरक्षा निकायले न्याय दिन सकेनन् भने हामी आफैंले न्याय लिन्छौं।”

एनसीपी नेता सरजिस आलमले फेसबुकमा लेखेका छन्, “गोपालगञ्जमा हत्याको नेतृत्व गर्ने हसिनाका गुन्डाहरूले हामीमाथि हमला गरे। प्रहरी तमासे बनेर उभिएको थियो र पछि हट्यो।”

प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब २०० जना सुरक्षाकर्मी तैनाथ गरिएको छ।

एनसीपी बंगलादेशको हालै उदाएको नयाँ राजनीतिक दल हो, जुन २०२५ फेब्रुअरी २८ मा गठन भएको हो। यो बंगलादेशको इतिहासमा विद्यार्थी नेतृत्वमा गठन भएको पहिलो राजनीतिक दल मानिन्छ। यस दललाई अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको समर्थन प्राप्त छ।

युनुसले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “युवाहरूलाई उनीहरूको क्रान्तिकारी आन्दोलनको एक वर्ष मनाउन दिइएन, जुन उनीहरूको मौलिक अधिकारको लज्जास्पद उल्लंघन हो।”

उनले हिंसाको दोष शेख हसिनाको अवामी लीग र यसको विद्यार्थी संगठनमाथि लगाएका छन्। युनुसले भने, “अपराधीहरूको छिट्टै पहिचान हुनुपर्छ र तिनीहरूलाई पूर्ण रूपमा जवाफदेही बनाइनुपर्छ।”

उनले थपे, “यस्तो हिंसाका लागि बंगलादेशको कुनै पनि नागरिकमाथि कुनै ठाउँ छैन। यस्ता धम्कीका बाबजुद पनि र्‍याली जारी राख्ने विद्यार्थीहरूको साहसको हामी सम्मान गर्छौं।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।