२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

४ असार। अन्य क्षेत्रमा कर्जा प्रवाह कमजोर भइरहेका बेला पछिल्लो एक वर्षमा सेयर धितो कर्जा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, गत वर्ष वैशाख मसान्तमा सेयर धितो कर्जाको कुल रकम ८५ अर्ब ९५ करोड रुपैयाँ थियो भने हाल (यो वर्ष वैशाख मसान्तसम्म) सो कर्जा ४६ प्रतिशतले बढ्दै १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

अन्य क्षेत्रमा कर्जा जान नसकेको अवस्था र सेयर कर्जामा मात्र उच्च वृद्धि भएपछि अब यस कर्जामा ढुक्क रूपमा ढिलाइ गर्नु नहुने धारणा पनि देखिन थालेको छ। यद्यपि, हाल एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १५ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन सक्ने सीमा कायम छ। यो सीमा हटाउने तयारी आगामी मौद्रिक नीतिमा हुनसक्ने अनुमान गरिएको छ।

तर, कतिपय अर्थविश्लेषकहरू भन्छन्—यदि यो सीमा हटाइए पनि बैंक तथा वित्तीय संस्थाले जथाभावी ढंगले सेयर कर्जा प्रवाह गर्न सक्दैनन्। नियमअनुसार, कुनै पनि बैंक वा वित्तीय संस्थाले आफ्नो कोर क्यापिटल (प्राथमिक पूँजी) को अधिकतम ४० प्रतिशतसम्म मात्रै सेयर धितोमा कर्जा दिन सक्छन्।

कति छ बैंकहरूको क्षमता?

हाल वाणिज्य बैंकहरूको कुल प्राथमिक पूँजी ५ खर्ब ६८ अर्ब रुपैयाँ छ। त्यसको ४० प्रतिशत भनेको २ खर्ब २७ अर्ब रुपैयाँ हुन्छ। यसअनुसार वाणिज्य बैंकहरूले सेयर कर्जाका रूपमा अझै करिब १ खर्ब २४ अर्ब रुपैयाँ थप कर्जा दिन सक्ने स्थिति छ। हालसम्म उनीहरूले १ खर्ब ३ अर्ब रुपैयाँ सेयर कर्जा प्रवाह गरिसकेका छन्, जुन कुल प्राथमिक पूँजीको १८.१३ प्रतिशत हो।

तर पाँच वाणिज्य बैंक—नेपाल बैंक, नबिल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंक—ले भने सेयर कर्जा प्रवाहमा कोर क्यापिटलको ३० प्रतिशत नाघिसकेका छन्, जसले उनीहरूलाई कोर क्यापिटलको सीमा नजिक पु-याएको छ।

नियमनअनुसार यदि कोर क्यापिटलको ४० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरिएमा त्यस बराबरको रकम सोही बैंकको पूँजी कोषबाट कटौती गर्नुपर्ने हुन्छ।

सीमा हटाउने कि नराख्ने?

बैंकहरू भने व्यक्तिका लागि तोकिएको १५ करोडको सीमा हटाउन जोड दिइरहेका छन्। उनीहरूको तर्क छ—जब बैंक स्वयंलाई ४० प्रतिशत सीमाभित्र सीमित गरिएको छ, तब व्यक्तिको सीमा अनावश्यक हो।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, “१५ करोडको सीमा हटाइए पनि सेयर कर्जा अत्यधिक बढ्ने होइन, यसले लगानीकर्ताको आत्मविश्वास मात्र बलियो बनाउने हो।”

उता, बैंकहरूको तरलता व्यवस्थापनमा समस्या देखिएको र खर्च नघट्दा लागत बढेकाले आगामी मौद्रिक नीतिले कर्जा विस्तार गर्न अनुकूल वातावरण बनाउनु पर्ने सुझाव लगानीकर्ता समूहको रहेको छ।

धितोको सुरक्षा व्यवस्था कस्तो छ?

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले भने सेयर धितोमा ऋण दिने अभ्यास नियमनबिनाको भएको टिप्पणी गरेका छन्। उनी भन्छन्, “मार्जिन लेन्डिङको सेवा, शर्त र सीमा नियमन धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय अभ्यासअनुसार तय गर्नुपर्ने हो। तर, नेपालमा यो कार्यान्वयनमा ढिलाइ भइरहेको छ।”

उनले थपे, “यदि बैंकहरू नै ब्रोकरको भूमिकामा गएर मार्जिन लेन्डिङ सेवा दिन चाहन्छन् भने त्यससम्बन्धी स्पष्ट व्यवस्था धितोपत्र बोर्डबाट आउनुपर्छ।”

धितो मूल्यांकन र कर्जा सीमा

सेयर कर्जामा सुरक्षित व्यवस्था बनाइने उद्देश्यले बैंकहरूले सेयर मूल्यांकन गर्दा पछिल्लो १८० दिनको औसत मूल्य वा हालको बजार मूल्यमध्ये जुन सस्तो हुन्छ, त्यसको मात्र ७० प्रतिशतसम्म मात्रै कर्जा दिन सक्ने प्रावधान छ। संस्थापक समूहको सेयरमा भने ५० प्रतिशत कर्जा मात्र दिने व्यवस्था छ।

त्यसैगरी, कुनै कम्पनीका संस्थापक सेयरधनीले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशतभन्दा बढी धितो राखेर कर्जा लिन पाउँदैनन्।

कस्ता कम्पनीको सेयर धितो राख्न पाइँदैन?

बैंकहरूले सबै कम्पनीको सेयर धितोमा कर्जा दिन सक्दैनन्। निम्न कम्पनीहरूका सेयर धितोमा कर्जा दिन नपाइने व्यवस्था छ:

कर्जाको अवधि र नवीकरण

सेयर धितो कर्जाको अवधि अधिकतम एक वर्ष मात्र हुन्छ। यदि कर्जाको ब्याजसमेत भुक्तानी गरेर कर्जा नियमित रहेको देखिएमा मात्रै त्यसको नवीकरण गर्न सकिने व्यवस्था छ।

घोराही उपमहानगरपालिका–१५ स्थित ट्राफिक चोक नजिकैको शिरडी साई मन्दिर टोलमा आज बिहानको वर्षासँगै बाढी पसेको छ। सातगाउँले लख्वारे कुलोमा आएको बाढी बस्तीभित्र पस्दा दर्जनौं घरका भुइँतला जलमग्न भएका छन्।

पत्रकार कुलदीप न्यौपानेका अनुसार अधिकांश घरका आँगन, भान्साकोठा, बेडरुमलगायतका कोठाहरूमा धमिलो पानी पसेको छ। बाढीले खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडामा क्षति पुर्‍याएको छ। स्थानीयवासीहरू मोटर र भाँडाको सहायताले घरभित्र पसेको पानी निकाल्ने प्रयासमा छन्।

कटुवा खोलाको पानी कुलोमार्फत ट्राफिक चोक क्रस गरेर लख्वार, कर्जाहीलगायतका क्षेत्रमा सिंचाइका लागि लगिने गरिन्छ। तर सो कुलोभन्दा पूर्वतर्फ तल पर्ने शिरडी साई मन्दिर टोलमा पानी ओभरफ्लो हुँदा बाढी सिधै बस्तीमा पसेको हो।

“मर्न हिँडेका मानिसलाई ‘तपाईं जिउँदै हुनुहुन्छ त?भनेर प्रश्न गर्ने प्रहरीलाई संवेदनशील विषयमा कसरी संवाद गर्ने भन्ने तालिम आवश्यक छ। मानसिक रूपमा अस्थिर भई मर्ने सोच बनाएका व्यक्तिलाई उचित परामर्शमा राख्नुपर्छ। उनले लगाएका आरोपहरू सही वा गलत के हुन् भन्नेबारे निष्पक्ष अनुसन्धान गर्नुपर्छ। यदि ती आरोपहरू सत्य भएमा मर्न बाध्य बनाउने कर्मचारीलाई कारवाही गर्नु पर्छ। यसलाई सामाजिक खपतको विषय बनाउँदै मन्त्रालय–मन्त्रालय धाउने अभ्यास गलत हो, किनभने मानसिक समस्या कुनै हल्का विषय होइन, न हाँसोको पात्र हो।”

ईम्वोईडरी एण्ड गार्मन्ट एशोसिएशन (एगा) पोखराको स्वदेशी कच्चा पदार्थ तथा सिप बिकास तालिम तथा अबलोकन भ्रमणको क्रममा रुकुम पुर्बको पर्यटन बिकास र पोखरा संगको संबन्ध बिस्तार संबन्धी अन्र्तकृया सम्पन्न भएको छ । रुकुमपुर्बमा रहेको मारिङ् बहुउद्धेश्यीय सहकारीको आयोजना तथा एगा पोखराको सहकार्यमा भएको अन्र्तकृयामा नेपाली कच्चा पदार्थ उत्पादन र सोही अनुसारको उद्योगको दिगोपनाका बारेमा अन्र्तकृया गरिएको थियो । कार्यक्रममा लुम्वीनि प्रदेशसभाका सभामुख तुलाराम घर्तीले रुकुमपुर्बलाई अर्गानिक जिल्ला घोषणा गराउन आफुल पहल गरेपनि घोषणा अनुसारको काम अगाडी बढ्न नसकेको उल्लेख गर्नुभयो । रुकुम जडिबुटीको खानी हो, पर्यटनको प्रचुर संभावना हो, कृषिको भण्डार हो तर राज्यले आफ्नो बलियो उपस्थिती रुकुममा देखाउन नखोज्नु, भएको पर्यटकिय संरचनाहरुलाई प्रचार गर्न नखोज्नु नै मुख्य समस्या भएको उहाँले बताउनु भयो । झोलामा फाईलबोक्नेहरुको हातमा कृषिको अनुदान पुग्ने नै समस्या भएको उहाँको भनाई थियो । मध्यपहाडी लोकमार्ग बिस्तार भएपछि रुकुम जस्ता हिमाली जिल्लाहरुको संभावनाको ढोका खुलेको पोखरा पर्यटन परिसदको पुर्ब अध्यक्ष चिरन्जीवी पोखरेलले बताउनु भयो । मध्यपहाडीकै कारण आफुहरु रुकुम सम्मको यात्रा गर्न संभव भएको र पोखरा पर्यटनको राजधानी भएका कारण पोखरा र रुकुमपुर्बलाई पर्यटनका माध्यम बाट जोड्ने काम आफुहरुले गर्ने उहाँको भनाई थियो । पर्यटन संगै रुकुमपुर्बमा भएका अल्लो , कृषि उपजको बजारीकरणमा आफुहरुले सस्थागत रुपमा सहकार्य गर्ने एगा पोखराका अध्यक्ष गोर्कण लम्सालले सो अबसरमा उल्लेख गर्नुभयो । कार्यक्रममा एगा पोखराका पुर्ब अध्यक्ष तथा सल्लाहकार जिवनाथ गौतमले उत्पादन गर्न सके आफुहरुले बजारीकरणको जिम्मा लिन सक्ने बताउनुुभयो । एगा पोखराका पुर्ब अध्यक्ष तथा पर्यटन ब्यबशायि बिस्वराज पोखरेलले उत्पादन गर्नका लागि आफुहरुले अग्रिम लगानी गर्न सक्ने सो अबसरमा जानकारी दिनुभयो । अल्लो लगायतका  बस्तुहरुको कच्चा पदार्थ संकलन र प्रशोधनका लागि राज्यले पनि सहयोग गर्नुपर्नेमा मोरीङ् सहकारीका अध्यक्ष रामसुर बुढामगरले जोड दिनुभयो । सिस्ने गाऊपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाऊपालिका अध्यक्ष ओम प्रकाश श्रेष्ठ लगायत रुकुम पुर्बमा जनप्रतिनिधीहरुले मध्यपहाडी लोकमार्गले संभावनाको ढोका खोलेको तर रुकुमका अर्गानिक बस्तुहरुको बारेमा प्रचार हुन नसकेको उल्लेख गर्नुभयो । रुकुममा रहेको ऐतिहासिक युद्ध संग्राहलय, गुरील्ला ट्रेक चुनवाङ्ग बैठक स्थलले नेपालको राजनितिक परिबर्तनका लागि गरेको योगदान र बलिदानको ईतिहास बुझाउने र कमल दह लगायतका थुप्रै पर्यटकीय गन्तब्यहरुको रहेकोमा आगामी दिनमा प्रचारप्रसारमा जोड दिने उहाँहरुको भनाई थियो । कार्यक्रममा एगा पोखराका उपाध्यक्ष तथा सिपबिकास अबलोकन भ्रमणका संयोजक गिता ढकाल पौडेलले मध्यपहाडीका कारण पोखरा संगको यात्रा छोटो भएकालेपनि रुकुमपुर्ब र पोखराको संबन्ध बिस्तारमा सहयोग पुगेको बताउनु भयो । अन्र्तकृया कार्यक्रम संगै अल्लो बाट उत्पादित बस्तुबारे गरिएको तालिममा एगा पोखराका सचिव माया सुबेदीले सहजिकरण गर्नुभएको थियो । तालिममा करिव ६० जनाको सहभागिता रहेको थियो । दुईदिन सम्म चलेको तालिममा एगा पोखराका सहसचिव सुरेन्द्र पौडेल, कोषाध्यक्ष शुशिल ढकाल लगायतले तालिमका अबसरमा अनुभव शेयरीङ्ग गर्नुभएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।