२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम ल्याएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी प्रत्येक गाउँ र नगरपालिकामा जनस्वास्थ्य अधिकृत मार्फत स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

 

स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ‘म स्वस्थ मेरो समुदाय स्वस्थ: घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम’ नामको नयाँ कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रम बजेटमा परिसकेको र त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ। मन्त्री पौडेलले नेपालमा पछिल्लो समय जनस्वास्थ्यका क्षेत्रमा ठूलो चुनौतीका रुपमा देखा परेको कडा खालका नसर्ने रोगहरुको भार कम गर्न, नयाँ नयाँ रोग तथा समस्याहरुको समयमा नै पहिचान गर्न, मानिसहरुले रोग लाग्नै नदिने उपायहरुका विषयमा घरटोलमै जनचेतना फैलाउन उक्त कार्यक्रम ल्याएको सचिवालयले जनाएको छ। यो कार्यक्रम अन्तर्गत देशका महानगरपालिका र उपमहानगरपालिका बाहेकका सात सय ३६ स्थानीय तहमा सातौं तहका जनस्वास्थ्य अधिकृत नियुक्त हुने छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उनीहरुका लागि आवश्यक तलब सहित कार्यक्रमका लागि पनि बजेटको व्यवस्था भएको छ। महानगर र उपमहानगरमा जनस्वास्थ्यकर्मीको दरबन्दी यसअघि देखिनै रहेका कारण मन्त्रालयले बाँकी रहेका सात सय ३७ पालिकामा जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न लागेको हो। ‘

म स्वस्थ मेरो समुदाय स्वस्थ: घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम’ भने सबै ७५३ वटै स्थानीय तहमा सञ्चालन हुने छ। यो कार्यक्रम अन्तर्गत जनस्वास्थ्य अधिकृतले समुदाय स्तरमा नसर्ने रोगका विषयमा जनचेतना जगाउने र फागुन महिनामा स्क्रिनिङ अभियान नै चलाउने, मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धि जनचेतना कार्यक्रम गर्ने, स्वस्थ जीवनशैली र सरसफाइ सम्बन्धी छरिएर रहेका कार्यक्रमहरुलाई एकीकृत गर्दै अगाडि बढाउने लगायतका कामहरु गर्ने छन्।

मन्त्रालयले जनस्वास्थ्य अधिकृतहरुले गर्ने कामहरुका विषयमा कार्यविधि समेत बनाइरहेको मन्त्रि पौडेलको सचिवालयले जनाएको छ। उक्त कार्यविधिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यक्रमसँगै विद्यालय स्वास्थ्य, सरसफाइ, शुद्ध पिउने पानी, खाद्यन्न लगायत समुदायमा स्वास्थ्य कार्यक्रमका विषयमा कार्यविधिमा जनस्वास्थ्य अधिकृतको कार्यविवरण उल्लेख हुने छ।

मन्त्री पौडेलका विज्ञ सल्लाहकार प्रताप पौडेलका अनुसार नेपालमा मानिसहरुको अस्वस्थ जीवनशैली र खानपान बढ्दै जाँदा नसर्ने रोगको भार बर्षेनी बढ्दो क्रममा रहेकाले तथ्यांकले देखाइरहेकाले त्यसलाई मध्यनजर गर्दै यो नयाँ कार्यक्रम ल्याइएको हो।

‘नेपालमा जनस्वास्थ्यका क्षेत्रमा थुप्रै चुनौतीहरु रहेका छन्, त्यसमा पनि सबैभन्दा ठूलो चुनौती भनेको नै नसर्ने रोग हो। त्यसकारण यो चुनौतीलाई सामना गर्न हामीले यो कार्यक्रम ल्याउन लागेका हौं,’ उनले भने, ‘यसमा के हुन्छ भन्दा जनस्वास्थ्य अधिकृतले आफ्नो पालिकामा जनस्वास्थ्यका समस्याहरुको समयमा नै पहिचान गर्ने छन्। उनीहरुले मानिसहरुलाई रोग लाग्नै नदिने विषयमा काम गर्ने छन्। रोग लागिहालेको अवस्था भएमा त्यसको समयमा नै पहिचान गर्न पनि उनीहरुको योगदान रहने छ। यो भयो भने अहिले रोगको उपचारका लागि नागरिक र सरकारले जुन आर्थिक भार खेप्नु परेको छ, त्यो घट्छ।’

उनले अहिलेको समय अनुसार नेपालका स्वास्थ्यका कार्यक्रमहरु पनि ‘सिफ्ट’ हुनुपर्छ भनेर मन्त्रालयले जनस्वास्थ्यका क्षेत्रमा सकारात्मक पाइला चालेको जानकारी दिए। पौडेलले यो कार्यक्रम स्थानीय तहमा केन्द्रित गर्नुको कारण खुलाउँदै भने, ‘आधारभूत स्वास्थ्य, सहरी स्वास्थ्य, विद्यालय र समुदाय स्वास्थ्य, सरसफाइ र सुद्धता लगायतका विषयहरु स्थानीय तहको अधिकारभित्र रहेको छ। नागरिकलाई रोग लाग्नै नदिने जस्ता विषयहरु स्थानीय तहमा भए पनि त्यस अनुसार काम गर्ने डेडिकेटेड जनशक्तिको भने अहिलेसम्म व्यवस्था थिएन। त्यसकारण यो पटकबाट जनस्वास्थ्य अधिकृत कै व्यवस्था गरिएको हो।

उनका अनुसार जनस्वास्थ्य अधिकृतले पालिकाका सबै स्वास्थ्य संस्थाहरु र विद्यालय नर्स लगायकता जनशक्तिसँग समन्वय गरेर तथ्यांकहरु समेत संकलन गर्ने काम गर्ने छन्। यसका साथै उनीहरुले नागरिक आरोग्य कार्यक्रमलाई पनि सहजीकरण गर्दै प्रभावकारी कार्यान्वयनमा लैजाने छन्।

स्कुटर चालक महिलाले प्रहरीलाई ‘तँ’ भन्दै गालीगलौज गरेपछि प्रहरीसँग हात हालाहालको अवस्था आएको थियो ।
 प्रहरी र एक महिलाबीच भनाभन भएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । घटना कैलालीको टिकापुर नगरपालिका–७ स्थित सडकमा शनिबार भएको हो ।

स्कुटर चालक महिलाले प्रहरीलाई ‘तँ’ भन्दै गालीगलौज गरेपछि प्रहरीसँग हात हालाहालको अवस्था आएको थियो ।

राजकुमारी कुँवर शाह नाम गरेकी महिला स्कुटरको पछाडि बसेर एक नाबालकलाई स्कुटर चलाउन लगाएकी थिइन् । सादा पोशाकमा ड्युटीमा रहेका प्रहरीले लाइसेन्स नभएका नाबालकलाई स्कुटर चलाउन दिएको भन्दै रोकेका थिए ।

तर स्कुटरको पछाडि बसेकी शाहले भने स्कुटर रोकेको भन्दै प्रहरीसँग सवालजवाफ गरेको भिडिओमा देखिन्छ । प्रहरीका सई यज्ञराज पन्तलाई ‘तँ’ भन्दै गालीगलौज सुरु भएको थियो ।

त्यसपछि ती महिलाले आफूसँग लाइसेन्स र ब्लु बुकसमेत रहेको बताउँछिन् । किन रोकेको ? भन्दै प्रहरीसँग सवालजवाफ गरेकी उनलाई प्रहरीले भने लाइसेन्स नभएका बालकलाई स्कुटर किन चलाउन दिएको भन्दै प्रश्न गर्छन् ।

बालकले पनि स्कुटर आफैंले चलाएको बताउँछन् । यो विवाद भइरहेका बेला प्रहरीले आफ्नो मोबाइलबाट भिडिओ समेत बनाएको देखिन्छ । सोही क्रममा ती महिलाले मोबाइल भुईँमा खसाएजस्तो देखिन्छ ।

प्रहरीले पनि ती महिलाले मोबाइल खसाली दिएको बताएको छ । त्यसपछि दुवै पक्ष आक्रोशित हुँदा हात हालाहाल गरेको भिडिओमा देखिन्छ ।

सुरुवाती क्रममा महिलाको गल्ती देखिए पनि हात हाल्नु भने प्रहरीको गल्ती भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । घटनाबारे यर्थाथ बुझ्ने काम भइरहेको कैलालीका एसपी बालनर सिंह राणाले बताए ।

‘घटनाबारे जानकारी पाएसँगै छानबिन अघि बढाएका छौं । क–कसो भएको हो । कसको गल्ती हो भन्ने कुरा छानबिन पछि नै आउला,’ एसपी राणाले भने ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ को मडाह गाउँको सामान्य परिवारमा जन्मेका १५ वर्षीय रौनक श्रीवास्तव अहिले नेपाली क्रिकेटको चर्चामा छन् ।

नेपालको घरेलु राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक हानेर चर्चामा आएका रौनकको अहिले अण्डर १६ को क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर खेलिरहेका छन् ।घरमा ब्याट र बल किन्नसमेत कुनै नियमित स्रोत नभएका श्रीवास्तव साथीहरूको छेउमा बसेर क्रिकेट सिकेको र उनीहरूकै सहयोगमा खेल्न पाएको बताउँछन् ।आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका उनी साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिक्न पाएको स्मरण गर्दछन् । अहिले पनि उनका बुवाआमा गाउँमै सामान्य कृषि खेती गरेर बसेका छन् भने कहिलेकाहीँ ज्याला मजदुरी गरेर घर खर्चको जोहो गरिरहेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुवा अशोक श्रीवास्तव मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।

रौनकको मामाका छोरा आलोक श्रीवास्तवका अनुसार उनको पारिवारिक अवस्थाबाट क्रिकेट खेलेर प्रगति गर्ने अवस्था थिएन तर रौनकको लगातारको मेहनत र साहसले त्यो प्रगति पाउन सकेका हुन् ।‘आर्थिक समस्याको कुरै नगरौँ, आमाबुवा सामान्य खेती र मजदुरी गर्नुहुन्छ, रौनकपछि दुई बहिनी छन्, उनले ८ कक्षासम्म मात्रै पढ्न पाए, बल ब्याट आफै किनेर खेल्न सक्ने अवस्था थिएन, साथीभाइ आफन्तको साथमा यहाँसम्म पुगेका हुन्, उनको लगावले अब पक्कै पनि खेलप्रेमीको ध्यान जानेछ, यसबाट उनले देशलाई केही दिन सक्छन् भन्ने आधार देखाएका छन्’ उनले भने ।

रौनकलाई बसिर अहमदले नै खेलका लागि लगातार प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।सुर्खेतमा जारी खेलमा रहेका रौनक नाबालक परिचय पत्र बनाउन शनिवार गाउँमा आएका छन् । उमेर नपुगेकाले नागरिकता, पासपोर्ट बनाउन नपाउने हुनाले नाबालक परिचय पत्र बनाउन आएको उनले सुनाएका छन् । गाउँकै बुद्धपद्म स्कुलबाट ८ कक्षा मात्रै अध्ययन सकाएका उनी त्यसयता नियमित खेलमा मात्रै छन् ।

उनी केही समयअघि भैरहवामा जारी नेपाल टेलिकम क्रिकेट प्रतियोगिता, पोखरामा आयोजना भएको पिएम कप, तौलिहवामा आयोजित टी ट्वान्टी प्रतियोगितामा आफ्नो चमत्कारिक खेल देखाइरहेका छन् ।

श्रीवास्तवले प्रदेशस्तरीय क्रिकेट छनौट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनौट खेलमा ८८ रनमा १६ चौका र १ छक्का गरेर १ सय १० रन बनाएर चर्चामा आएका थिए भने कोशी विरुद्धको खेलमा ७० रन बनाएका थिए । तर त्यो भन्दा चर्चामा सुर्खेतमा जारी यू ९१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् ।जेठ २० मा विरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।
रौनकको दोहोरो शतकको मद्दतमा लुम्बिनीले ४५ ओभर ४ बलमा सबै विकेट गुमाएर ४०३ रन बनाएको थियो ।

नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो सर्वाधिक स्कोरसँगै घरेलु राष्ट्रिय क्रिकेट पनि पहिलो पटक दोहोरो शतक प्रहार भएको हो। दायाँ हाते ब्याटर रौनक श्रीवास्तवले इतिहास रचेसँगै क्यानको नजरमा परिसकेका छन् ।उनलाई लगातार प्रमोशन गर्दै आएका क्रिकेट संघ कपिलवस्तुका अध्यक्ष प्रकाश गैरे तत्काल जिल्लामा विशेष कार्यक्रम गरेर सम्मान गर्ने र खेलप्रेमीको ध्यानाकर्षण गराउने बताए । ‘खेलप्रेमीका लागि यो निकै राम्रो समाचार हो, उनको पारिवारिक अवस्थाबाट उठेर यहाँ पुगेका छन्, अब सबैले उत्साह दिएर नियमित खेलमा लाग्ने प्रेरणा दिनुपर्दछ, केही दिनमा हामीले जिल्लामा विशेष सम्मान गर्दैछौं, जिल्लामा तत्कालै हुने खेलमा उनलाई बोलाउने तयारी छ’ उनले भने, ‘नाबालक परिचय पत्र बनाउन हिजो आएर केही समय कुरा गरेर फर्केका छन्, हामीले उनलाई उत्साहका लागि योजना बनाएका छौं ।’

उनको छिमेकीसमेत रहेका कृष्णनगर नगरपालिका १ का वडाध्यक्ष तुंगनाथ चौधरीका अनुसार सामान्य परिवारमा जन्मेका उनको परिवारमा दैनिक खर्च चलाउन समस्या परिरहेको परिवारबाट देशलाई नै चिनाउनेगरी खेलमा तरक्की गरेको सुनेर सबैलाई खुसी लागेको छ । ‘मेरै गाउँको भाइ हुन्, घरको अवस्था निकै कमजोर छ, बुवा मजदुरी गर्नुहुन्छ, आमा गृहिणी हो, दुई साना बहिनी छन्, धेरै पढ्न पनि पाएनन् तर क्रिकेटमा उनको प्रगति सुनेर निकै खुसी लागेको छ, सिंगो वडा, गाउँ, पालिका खुसी भएका छौं,’ उनले भने ।

 

सम्मरीमाई गाउँपालिका-५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा खेतमा मृत भेटिएकी छन् ।

घरदेखि करिब १ किलोमिटर टाढाको खेतमा उनी मृत भेटिएकी हुन् । घटनालगत्तै पति प्रमोद पाललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

रुपन्देही प्रहरीका डीएसपी गणेश सापकोटाले खोला नजिकै खेतमा शव रहेको जानकारी पाएपछि बिहान ३ बजे प्रहरी टोली पुगेर अनुसन्धान थालेको बताए । अनुसन्धानमा प्रयोग गरिएको कुकुरले महिलाको घरसम्म पुर्‍याएको उनले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घरसम्म पुर्‍याएको हुँदा महिलालाई घरबाट नै घटनास्थलसम्म पुर्‍याएको देखिन्छ’, उनले भने, ‘तर आत्महत्या हो वा हत्या अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।’

 

पतीले भने सँगै सुतेको तर एक्कासी यस्तो घटना भएको प्रारम्भिक बयान दिएका छन् ।

सम्मरीमाई-५ का वडाध्यक्ष श्रवणकुमार यादवका अनुसार सिर्जना र प्रमोदबीच १५ महिनाअघि बिहे भएको हो । तिलोत्तमाका माधव गडेरियाकी छोरीसँग प्रमोदले मागी बिहे गरेका हुन् । सन्तान भइसकेका छैनन् ।

वडाध्यक्ष यादवले भने, ‘राति ९ बजेसम्म माइतीसँग कुरा गरेकी रहिछन्, घरायसी झगडा पनि केही सुनिएको छैन । माइतीका कुरा सुनेपछि प्रहरीले अनुसन्धानबाट पत्ता लगाउला ।’

 नाइजेरियाको औद्योगिक चमत्कार

 सन् २००६ देखि म डांगोटे समूहमा संलग्न छु, जुन पश्चिम अफ्रिकाकै सबभन्दा ठूलो औद्योगिक घराना हो। हाल म यहाँ व्यवस्थापकीय तहमा र प्रबन्ध निर्देशकको भूमिकामा कार्यरत छु। डांगोटेले ‘मेड इन नाइजेरिया’ लाई प्राथमिकता दिँदै कच्चा पदार्थको उत्पादन बढाएको छ, आयात प्रतिस्थापनलाई लक्ष्य बनाएर अधिकतम प्रयास गरिरहेको छ।

 नाइजेरियाको सफल रणनीति: सरकार र उद्योगको साझेदारी

 कानुन: मजदुर र लगानीकर्ता अनुकूल

 मेरो अनुभव: नाइजेरिया vs नेपाल

 नेपालका लागि सिकाइ: नाइजेरियाको प्रेरणा

निष्कर्ष: नेपालको समृद्धिको बाटो

नाइजेरियाको डांगोटे समूह र सरकारको सहकार्यले सिमेन्ट, तेल, र आगामी चिनी–चामलमा आत्मनिर्भरता हासिल गरेको छ। नेपालले यही जोश, योजना, र साझेदारीबाट उद्योग–व्यवसायलाई उकासेर रोजगारी, कर, र समृद्धि बढाउन सक्छ। सरकार, उद्योगी, र समाजको सकारात्मक सोच र आर्थिक प्राथमिकताले नेपाललाई नयाँ उचाइमा पुर्याउनेछ!
तपाईंको भूमिका: उद्योग–व्यवसायको यो चमक नेपालमा कसरी ल्याउने? आउनुहोस्, सिकौं र अघि बढौं!

काठमाडौंको न्युरोडमा सुनचाँदी व्यवसायीहरूले प्रदर्शन गरेका छन्।
आइतबार बिहान सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सरकारले आगामी बजेटबाट सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने घोषणा गरेको विरोधमा प्रदर्शन गरेको हो।

दुवै व्यवस्था फिर्ता हुनुपर्ने माग उनीहरूको छ।

उनीहरूले सुनमा लगाइएको दुई प्रतिशत विलासी कर, हिरा जुवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज र उपभोक्ता, कर्मचारी, कालिगढ र व्यवसायीमैत्री ऐन तुरून्त जारी गर्न माग गरेका हुन्।

काठमाडौं नजिकै अवस्थित खोकना गाउँले आफ्नो प्राचीन जीवनशैली, परम्परागत तेल चक्की र पवित्र संस्कारका कारण अझै पनि सांस्कृतिक सम्पदाको संरक्षण गरिरहेको छ। आधुनिकताको हल्लाहल्लीबाट अझै मुक्त, यो गाउँले नयाँर संस्कृतिको जीवित संग्रहालयको रुपमा आफ्नो पहिचान बनाएको छ।

खोकनाका प्रख्यात घानी तेल चक्कीहरूमा घ्यू र तेल परम्परागत काठका उपकरणहरूद्वारा उत्पादन गरिन्छ, जुन सयौं वर्षदेखि चल्दै आएको परम्परालाई झल्काउँछ। यहाँका धार्मिक र सांस्कृतिक पर्व तथा संस्कारहरूले समुदायमा एकता र पहिचान कायम राख्दै आएका छन्।

यो गाउँका साँघुरा गल्लीहरू र पुराना घरहरूमा नयाँर जातिको समृद्ध सांस्कृतिक जीवन झल्किन्छ। यहाँका काठको नक्काशी र पुराना मन्दिरहरूले नयाँर संस्कृतिको अनमोल इतिहासलाई जीवित राखेका छन्।

नेपालमा तीव्र शहरीकरण भइरहे पनि, खोकना जस्ता गाउँहरूको संरक्षण आवश्यक हुँदै गएको छ। खोकना नयाँर संस्कृतिको जगेडा मात्र नभई भविष्यका पुस्ताका लागि सांस्कृतिक सम्पदाको संरक्षण पनि हो।

साँस्कृतिक र पर्यटकहरूका लागि खोकना नेपालको समृद्ध इतिहास, जीवित परम्परा र शान्त सौन्दर्यको अनुभव गर्ने अनौठो ठाउँ बनेको छ।

संयुक्त राज्य अमेरिकाले गैरकानुनी रूपमा प्रवेश गरेका थप ५० नेपाली नागरिकलाई निर्वासित गरेर नेपाल फिर्ता पठाएको छ।
उनीहरूलाई चार्टर फ्लाइटमार्फत ल्याइने भएको छ र सो जहाज आज साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको छ।

यो नयाँ निर्वासनको समूह अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कडा आप्रवासन नीतिहरू पुनः लागू भएयता निरन्तर जारी निर्वासनको भाग हो। यसअघि, फागुन २०८१ मा टेक्सासबाट ९ जना नेपाली निर्वासित भएका थिए। यो पछिल्लो समूहसँगै ट्रम्प फेरि सत्तामा आएपछि अमेरिकाबाट निर्वासित भएका नेपालीहरूको कुल संख्या करिब १५० पुगेको छ।

विमानस्थलका अधिकारीहरूले यस बढ्दो प्रवृत्तिको पुष्टि गरेका छन् र अमेरिकी आप्रवासन नियन्त्रण कडा हुँदै गएसँगै यस्ता घटना अझ बढ्ने अपेक्षा गरेका छन्।

२५ जेठ, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलहरूको बैठक बोलाएका छन्।

प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएर छलफल गर्न लागेका हुन्। बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन्।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आएका छन्, तर सत्तापक्ष यो विषयमा तयार भएको छैन। यही विषयको कारण जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ। जेठ १५ गते विपक्षी दलहरूले बजेट ल्याउन प्रतिनिधि सभाको बैठकमा अवरोध गरेनन्, तर त्यसयता बजेटमाथिको छलफल प्रतिनिधि सभामा हुन सकेको छैन।

संसद्को गतिरोध हटाउन शनिवार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता पनि भएको थियो। उक्त भेटमा संसद्को गतिरोध अन्त्यको विषयमा छलफल भएको थियो।

प्रचण्डले सत्तारुढ दलका नेताहरूसँगको भेटवार्तामा भएका संवादको विषय विपक्षी दलहरूलाई ब्रिफिङ दिने तयारीमा छन्।

‘देशभरका कर्मचारी कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा’
‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को अगुवाइमा कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका हुन् ।
२५ जेठ। निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन थालेका छन् ।निर्देशक समितिमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

यो निर्देशक समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको सो बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आजदेखि देशभरका कर्मचारीहरुले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेको नेपाल निजामती कर्मचारी संगठनका महासचिव आरसी अधिकारीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।