२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

२३ जेठ— जलवायु परिवर्तन र तीव्र शहरीकरणले नेपालमा डेंगु संक्रमणको जोखिम बढाएको छ। विगत एक दशकमा तराईदेखि उच्च पहाडी जिल्लासम्म फैलिएको डेंगु संक्रमण अहिले जनस्वास्थ्यको प्रमुख चुनौती बनेको छ।

मनसुन भर्खरै सुरु भएसँगै देशभर डेंगु संक्रमितको संख्या बढ्दो क्रममा छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएका छन्।

हालसम्म १,०८१ जना संक्रमित भएका छन्। क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी संक्रमितहरू कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना रहेका छन्।

इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभाल झाका अनुसार, एक दशकको तथ्यांक हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोज महिनामा देखिने गरेको छ।

‘भर्खरै मनसुन सुरु भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. झाले भने, ‘अबको चार महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ।’

उनका अनुसार, अहिलेसम्मको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा संक्रमण कम देखिएको छ। तर अबका चार महिना — असार, साउन, भदौ र असोज — डेंगु फैलिने अति जोखिमपूर्ण समय मानिन्छ।

मोरङको धनपालथानमा रहेको उमागौरी सहकारी ठगीसम्बन्धी मुद्दा चौथोपटक पनि स्थगित भएको छ।
उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा बिहीबारको लागि तोकिएको पेसी प्रतिवादी अञ्जला कोइरालातर्फका कानुन व्यवसायीको निवेदन पछि स्थगित गरिएको हो।

सुनुवाइ स्थगनको कारणका रूपमा अदालतमा ‘लगाउको कारणबाट’ उल्लेख गरिएको छ। अब यो मुद्दा आउँदो बिहीबारका लागि पुनः सूचीकरण गरिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए।

यसअघि, वैशाख २५ गते पहिलो पटक यो मुद्दा न्यायाधीश कृपाशुर कार्कीको इजलासमा परेको थियो। तर, सो समय पनि प्रतिवादी पक्षको निवेदनपछि पेसी स्थगित गरिएको थियो। त्यसपछिका जेठ १ र ८ गते, कार्यकारी मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा पेसी चढेको थियो। तर दुबैपटक पनि प्रतिवादीका कानुन व्यवसायीको अनुरोध अनुसार सुनुवाइ स्थगित गरियो।

एमाले नेता तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति समेत रहेका ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासँग जोडिएको यस मुद्दा पटक–पटक स्थगन भएपछि विविध टिप्पणी हुन थालेका छन्। कतिपयले मुद्दा ‘अनुकूल न्यायाधीश’ पर्खंदै सारिएको त होइन ? भन्ने आशंका समेत व्यक्त गरेका छन्।

२३ जेठ – सार्वजनिक यातायातको दुर्दशा दिनदिनै चुलिंदो छ। यात्रुहरू मानौँ सवारी साधनमा होइन, गुन्द्रुकको बोरा झैं खाँदिएर यात्रा गर्न बाध्य छन्।

भक्तपुरबाट कलंकीतर्फ जाँदै गरेकी स्मिता श्रेष्ठ यही पीडाको एउटा प्रत्यक्ष उदाहरण बनिन्। बसमा चढ्दै गर्दा सहचालकले “पछाडि सिट छ” भन्दै उनलाई जबरजस्ती धकेले, र झगडाको सुरुवात यहींबाट भयो। स्मिताले प्रतिकार गर्दा झगडाले उग्र रूप लियो।

त्यस बसमा जम्मा १६ वटा सिट थिए, तर यात्रुहरू ६० सिटे बसजत्तिकै खाँदिएका थिए। रिसाएका एक यात्रुले त हद पार्दै भने, “गुन्द्रुक जसरी मान्छे खाँदेर बस चलाउने ?”

यस्ता घटना काठमाडौं उपत्यकामा सामान्य भइसकेका छन्। जडीबुटीमा भएको यो विवाद केवल एउटा नमूना मात्र हो— हरेक दिन सयौं यात्रुले यस्तै सास्ती भोगिरहेका छन्।

४७ वर्षीया भागिरथी बास्तोला नियमित रूपमा टिकाथलीबाट महाराजगञ्जसम्म यात्रा गर्छिन्। उनी भन्छिन्, “हामी सुरुमा चढेर अन्त्यमा ओर्लन्छौं, तर यो पुन्टे बसमा मान्छे यति खाँदिन्छ कि सास फेर्नै गाह्रो हुन्छ।”

उनी जस्तै धेरै यात्रुहरूको माग एउटै छ— ठूला, लामो, र आधुनिक बस। खासगरी भीडभाड हुने रुटहरूमा दुई तले वा ठूलो क्षमताका सवारी आवश्यक छ।

“अहिलेको तीनवटा साना बसको सट्टा एउटै ठूलो बस हाल्न सकिँदैन?” उनी झर्किएर भन्छिन्, “बस त टेम्पोजत्रो छ, मान्छेचाहिँ टाटाभवन जत्तिकै हाल्ने?”

तर, बसका सहचालक पनि आफ्नै पक्ष राख्छन्। “हामीले अहिले लामो बस चलाएका छौं,” उनी भन्छन्, “पुराना त झनै साना थिए, यत्रो गाली गरेर के फाइदा?”

यसरी, सरकारले व्यवसायीलाई मनपरी छुट दिँदा यात्रुहरूलाई सास्ती मात्र बाँकी छ। जहाँ मन लाग्यो त्यहीं रोक्ने, जतिसुकै मान्छे चढाउने— यस्तो अराजकता कहिलेसम्म?

यात्रुहरू भन्छन्, “यदि सार्वजनिक सवारी सहज र शिष्ट हुन्थ्यो भने, कति जनाले निजी सवारी रोज्थे र?” शासनमा बस्नेहरूको आँखा कहिले खुल्ला?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।