२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । सार्वजनिक हुने बजेट मार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् ।
यो उमेर बढाएर ७० वर्ष पु¥याउँदा अहिले पाइरहेका लाभग्राहीको सेवा भने काटिने छैन । अर्थ मन्त्रालय स्रोत अनुसार नयाँ प्रावधान अनुसार १ साउन २०८२ देखि ७० वर्ष पुग्ने लाभग्राहीले मात्र नयाँ वृद्ध भत्ता पाउने छन् । यसअघि नै ६८ वर्ष पुरा भई वृद्ध भत्ता पाइरहेकाको भने रकम काटिने छैन ।
सरकारले सामाजिक सुरक्षामा बढ्दो दायित्व न्यूनीकरण गर्न भन्दै वृद्ध भत्ता पाउने उमेर बढाउन लागेको हो । सरकारलाई यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत उमेर बढाउन सिफारिस गरेको थियो ।
अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्ध भत्ता पाउँछन् । उनीहरूलाई मासिक २ हजार ६ सय ६० रुपैयाँ दिने गरिन्छ ।
यस्तै विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् ।

 सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडित पक्षसँग ऐक्यबद्धता जनाउन सिधै घटनास्थलमा पुगे ।
तस्लीम अन्सारी गम्भीर रूपमा छतविक्षत अवस्थामा पीडित भइरहँदा समेत राज्य संयन्त्रले दोषीलाई कारबाही गर्नुको साटो पीडकमाथिनै उल्टै मुद्दा लगाएर थुनिराखेको छ ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यसप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् ।जेठ १५ मा जनकपुरमा विशाल जुलुस र मोर्चाको औपचारिक घोषणा हुने ।
पूर्वमन्त्री अन्सारीले जेठ १५ गते गणतन्त्र दिवसको दिन जनकपुरमा ’संघीय गणतान्त्रिक मोर्चा’ को औपचारिक घोषणा गरिने जानकारी गराउँदै, “न्याय, समानता र सामाजिक परिवर्तनका लागि यो ऐतिहासिक मोर्चा बन्नेछ,“ भन्दै सम्पूर्ण उत्पीडित वर्गलाई सहभागी हुन आह्वान गरे ।

गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय पर्यटकलाई आकर्षण गर्न सके नेपालमा पर्यटकको संख्या उल्लेख्य रुपम बढ्न सक्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई गुलरियामा स्वागत गर्दे उनले यस्तो बताएका हुन् ।
उनले पश्चिम नेपालका पर्यटक र भारतीय पर्यटकलाई समेत पोखरा भित्र्याउन पोखरा र नेपालगञ्ज बीच कम्तिमा दैनिक दुई वटा हवाई उडान हुनुपर्नेमा जोड दिए । नेपालगञ्ज र पोखरामा अहिले हप्तामा दुई उडान हुनेगरेको छ ।
गुलरिया नगरपालिकाको मात्रै ८३ किलोमिटर क्षेत्र भारतीय सिमानासंग जोडिएको भन्दै भारतबाट आउने पर्यटक पोखरा जान सक्ने र पोखरा आएका पर्यटक बर्दिया आउन सक्ने उनको टिप्पणी थियो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले पोखरा अत्यन्त मनमोहक क्षेत्र रहेको र बर्दियामा पनि धेरै नै पर्यटकीय क्षेत्र रहेको जानकारी दिइन् । आआफ्नो विशेषता बोकेका दुबै पर्यटकीय क्षेत्र बीचको सहकार्यले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा थप सहयोग मिल्ने अपेक्षा राखिन् ।
गुलरीया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुकुन्द अर्यालले भारतीय पर्यटकको चासो नै पोखरा र मुक्तिनाथ हुने गरेको जानकारी दिए । भारतको अयोध्या र मथुरालाई पोखरा र मुक्तिनाथ जोड्नुपर्ने बताए ।
पृथ्वी होटल व्यवसायी समितिका अधयक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको र त्यसलाई सफल पार्न आफूहरुले पोखरा आन्तरिक पर्यटक बोलाउन आएको जानकारी दिए ।

 

नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।
कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताउनु भएको छ । उहाँले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताउनु भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । भिजिट भिसाको विषय उठाउँदै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । उनीहरूले संसद् बैठक चल्न दिएनन् ।
अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम चलिरहेको छ ।

छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ।विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ। यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप-प्रकार २० प्रतिशत देखा परेका छन्।जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य संगठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो। यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन। विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।