
पोखरा , नेकपा एमाले परित्याग गरि १० जना नेकपा एकिकृत समाजबादी पार्टीमा प्रबेश गरेका छन । नेकपा एमाले पोखरा महानगर कमिटी सदस्य तथा एमाले निकट मजदुर संगठन जिफन्टका पोखरा महानगर अध्यक्ष सुर्य प्रसाद उपाध्याय, जिफन्टको पुर्ब केन्द्रिय सदस्य नन्द कुमारी शर्मा लामिछाने लगायत अन्य मजदुरहरु माजबाद निकट एकिकृत ट्रेड युनियन महासंघमा प्रबेश गरेका छन । संगठनको पोखरा महानगर कमिटिले आयोजना गरेको मजदुर दिबस बिषेश कार्यक्रमको अबसरमा उनिहरुलाई पार्टीका केन्दीय पोलिटब्युरो सदस्य तथा पोखरा महानगरका मेयर धनराज आचार्य र तुल बहादुर गुरुङ्गले संगठन प्रबेश गराएका हुन । नवप्रबेशीहरुले एमाले आफैमा मजदुर बिरोधी पार्टी बनेकाले आफुहरुले संगठन र पार्टी छोडेको बताएका थिए । एमाले र जिफन्ट मजदुरको नाम लिने तर मजदुरको नेतृत्व मालिकलाई दिने गरेको उपाध्यायको भनाई थियो । कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीमा पोलिटब्युरो सदस्य तुल बहादुर गुरुङ्गले अहिले आएर नेपाली जनताले एमाले पार्टी बाट आफुहरुले गरेको बिद्रोहको बारे बुझन थालेको उल्लेख गर्नुभयो । केपि ओलीको अहिलको कृयाकपालले एमालेका इमान्दार नेता कार्यकर्ता आजित बनेको उहाँको भनाई थियो । त्यसैगरि पार्टीका केन्दीय पोलिटब्युरो सदस्य तथा पोखरा महानगरका मेयर धनराज आचार्यले पार्टीले इमान्दारीता देखाएर जनताको मन जित्न सक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मजदुर संगठनका नेता तिलक बिस्वकर्माले जिफन्ट बिचौलियाको ठेकेदार बनेको उल्लेख गर्नुभयो । उनले एमाले पार्टी कमिसनको खेल बाहेक अरु केही नजान्ने र आधारभुत तहका मजदुरको पक्षमा कहिल्यै नबोल्ने उनको भनाई थियो । 
आजको दिनमा मजदुरको समस्यालाई एकातिर मिल्काएर मजदुर बिरोधीहरुलाई संगठित गर्ने काम एमालले गर्दे हिडेको जगजायर भएको सो अबसरमा उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका नेता तथा मजदुर नेताहरुले संबोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता तिलक बिस्वकर्माले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मजदुर नेता हरेराम धितालले गर्नुभएको थियो । सोही अबसरमा एकिकृत ट्रेड युनियन महासंघ पोखरा महानगरसमति गठन समेत गरिएको छ । मजदुर दिबसको अबसरमा संगठनको प्रदेश कमिटिले पनि अन्र्तकृया कार्यक्रम आयोजना गरेको थियो । बर्तमान शन्र्दभमा मजदुरको हितका लागि पार्टीले खेल्नुपर्ने भुमिका तथा आगामी योजनाका बारेमा सहभागिहरुले चर्चा गरेका थिए । सो अबसरमा सवारी दुर्घटना न्युनिकरण संबन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी शोभा पाण्डे, पृथ्वीराजमार्ग बस कम्पनीका अध्यक्ष योगेन्द्र के.शी ले प्रशिक्षण दिनुभएको थियो । 
रुपन्देहीको सैनामैना नगरपालिकाका १४ वर्षीय किशोर आविस्कार खनालले घरमै बसेर भेन्टिलेटर निर्माण गरी सबैलाई चकित पारेका छन् । आफ्नो गाउँ नजिकैको स्वास्थ्य चौकीमा जटिल अवस्थाका बिरामीका लागि आवश्यक उपकरण नदेखेपछि उनले भेन्टिलेटर बनाएका हुन् ।
सैनामैना क्षेत्रका स्वास्थ्य चौकीहरूमा भेन्टिलेटरको अभाव रहेको बताउँदै खनालले भने, “हाम्रो घर बजारभन्दा टाढा छ । यहाँ कसैलाई गम्भीर समस्या परेमा १७ किलोमिटर टाढा जानुपर्छ । इमर्जेन्सीको लागि अक्सिजन सिलिन्डर पनि पाइँदैन । यहाँ सामान्य उपचार मात्र हुन्छ ।”यही आवश्यकतालाई महसुस गरी उनले स्वास्थ्य चौकीमा प्रयोग गर्न मिल्ने भेन्टिलेटर बनाएका हुन् । यसका लागि उनले भेन्टिलेटरको कार्यविधि र बनाउने तरिकाबारे इन्टरनेटमा अध्ययन गरे । विभिन्न वेबसाइटबाट जानकारी लिएपछि उनी भेन्टिलेटर बनाउन तम्सिए ।
दुई वर्षअघि रोबोटिक्स तालिम लिएका खनालले अर्डुनो ९अन्तरक्रियात्मक डिजिटल डिभाइसहरू बनाउन प्रयोग गरिने ओपन सोर्स हार्डवेयर तथा सफ्टवेयर प्लेटफर्म० प्रयोग गरी यो उपकरण तयार पारेका हुन् । उनले अर्डुनो, सेर्भो मोटर, एम्बु ब्याग र एलसीडी जस्ता सामग्री प्रयोग गरेका छन् । यसमा रहेको अर्डुनोले बिरामीलाई आवश्यक अक्सिजनको मात्रा निर्धारण गर्छ र सेर्भो मोटरले सोही अनुसार एम्बु ब्यागमा अक्सिजन प्रवाह गर्छ ।आफ्नो आविष्कारले सही मात्रामा अक्सिजन प्रवाह गरिरहेको खनालको दाबी छ । यद्यपि, उनी यसलाई अझै परिष्कृत गर्ने योजनामा छन् ।“यो भर्खर सुरुवात हो। यसमा धेरै सुधार गर्नुपर्नेछ ताकि यसले प्रभावकारी रूपमा काम गरोस्,” उनले टेकपानासँग भने । यसका लागि उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । परिष्कृत भएपछि यो भेन्टिलेटर स्वास्थ्य चौकीहरूलाई उपलब्ध गराउने उनको लक्ष्य छ ।बुटवलको न्यू होराइजन इङ्लिश बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत खनालले दुई वर्षअघि कार्बनडाइअक्साइडको मात्रा पत्ता लगाउने उपकरण ९ऋइद्द डिटेक्टर० समेत बनाएका थिए । खाली समयमा नयाँ(नयाँ प्रयोग गर्न रुचाउने खनाल भविष्यमा इन्जिनियरिङ पढेर थप आविष्कार गर्ने सोचमा छन् ।
काठमाण्डौ – स्वास्थ्य बीमा गर्नेहरुले अब आफू बसेकै ठाउँमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् ।
आफू रहेकै ठाउँमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको ठाउँबाट अन्त गएका व्यक्तिले आफू बसेकै ठाउँमा प्रथम विन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
त्यसअनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा हिजोको बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो । यसबाट रेफर लिनका लागि बीमा गराएकै ठाउँमा पुग्नुपर्ने झन्झट नहुने भएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।
त्यसैगरी, स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनुपर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताउनुभएको छ । पछिल्लो संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम हुनेछ ।
अहिले स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा विन्दु भने सबै तहमा छैनन् । अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै ठाउँमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा भएको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।आज दिउँसो पनि देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार हिमाली थोरै ठाउँमा हिमपातको पनि सम्भावना छ । भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।
प्रि–मनसुनको यो बेलामा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने गर्दछ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





