२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

काठमाण्डौ – स्वास्थ्य बीमा गर्नेहरुले अब आफू बसेकै ठाउँमा प्रस्थान विन्दु कायम गरेर सुविधा लिन सक्ने भएका छन् ।

आफू रहेकै ठाउँमा प्रस्थान विन्दु कायम गर्ने गरी स्वास्थ्य बीमा नियमावली संसोधन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।

यसअघि मन्त्री पौडेलले स्वास्थ्य बीमामा सहजताका लागि बीमा गरेको ठाउँबाट अन्त गएका व्यक्तिले आफू बसेकै ठाउँमा प्रथम विन्दु कायम गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

त्यसअनुसार मन्त्रालयले नियमावली संसोधन प्रस्ताव लगेकामा हिजोको बैठकले स्वीकृत गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो । यसबाट रेफर लिनका लागि बीमा गराएकै ठाउँमा पुग्नुपर्ने झन्झट नहुने भएको छ । स्वास्थ्य बीमामा आवद्ध हुने धेरै नागरिकले यस्तो व्यवस्था गर्न माग गर्दै आएका थिए ।

त्यसैगरी, स्वास्थ्य बीमाको सेवा लिनका लागि तीन महिना पर्खनुपर्नेमा अब एक महिनाभित्रै सेवा लिन सकिने भएको छ । यसले सेवा लिनका लागि थप सहजता प्रदान गर्ने मन्त्री पौडेलले बताउनुभएको छ । पछिल्लो संसोधनअनुसार अब सबै तहमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम हुनेछ ।

अहिले स्वास्थ्य बीमा सबै तहमा पुगे पनि प्रथम सेवा विन्दु भने सबै तहमा छैनन् । अब संसोधनअनुसार हरेक तहमा त्यस्तो व्यवस्था हुनेछ । यसले बीमामार्फतको आधारभूत सेवा लिनका लागि टाढा जानुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

आज बिहान तीन वटा प्रदेश कोशी, बागमती र गण्डकीका केही ठाउँमा पानी परेको छ ।अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसको प्रभावले बिहान कोशी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै ठाउँमा मेघगर्जन,चट्याङसहित हल्का वर्षा भएको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।आज दिउँसो पनि देशका पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार हिमाली थोरै ठाउँमा हिमपातको पनि सम्भावना छ । भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।प्रि–मनसुनको यो बेलामा हावाहुरी, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने गर्दछ । यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिविम्व वाङमय प्रतिष्ठान लामाचौरले वसन्त काव्य महोत्सव गर्ने भएको छ । पोखरा १९ गण्डकी बोडीङ्ग स्कुलमा बैशाख १९ र २० गते आयोजना गरिएको महोत्सव जनकवि केशरी धर्मराज थापा को शतवार्षिकी विशेष स्मरण कविता वाचन, गायन पनि गरिने भएको आयोजकले जनाएको छ । महोत्सवमा पहिलो दिन अर्थात बैशाख १९ गते समुद्घाटन र अभिनन्दन समारोह विहान ११ बजे देखि १बजे सम्म हुनेछ । त्यसपछि नेपाली मुक्तकमा पोखरा परिचचर्चा अपरान्ह ३ बजेदेखि ४ बजेसम्म हुनेछ भने त्यसभन्दा अगाडी धर्मराज थापाको सतबार्षिकी बिषश कार्यक्रम रहेको अध्यक्ष शिबहरी आचार्यले जानकारी दिनुभएको छ ।

मुक्तक वाचन कवि एवं मुक्तककार स्व। भूपी शेरचनमा समर्पित अपरान्ह ४बजे दिखि ५ बजेसम्म हुनेछ । त्यसैग िबैशाख २० गते शनिबार नेपाली गजलमा पोखरा परिचर्चा विहान ११ बजेदेखि १२ बजेसम्म, गजल वाचन गजलकार स्व मनु ब्राजाकीमा समर्पित मध्यान्ह १२ः १५ बजेदेखि १ः३० बजेसम्म, चियापान अपरान्ह १ः४५ बजेदेखि २स् १५ बजेसम्म, नेपाली कवितामा पोखरा परिचर्चा अपरान्ह २ः १५ बजेदेखि ३ः १५ बजेसम्म, कविता वाचन कविशिरोमणी स्व. लेखनाथ पौडेलमा समर्पित अपरान्ह ३ः१५ देखि ४ः४५ बजेसम्म र समापन समारोहः अपरान्ह ४ः४५ बजेदेखि सुरु गरिने विम्ब वाड्मय प्रतिष्ठानले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।