२०८३ भाद्र २६ शुक्रबार
२०८३ भाद्र २६ शुक्रबार

उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ । पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।

यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो । कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइने छ । त्यस्तै सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाई, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो ।

सेवा सञ्चालनको शुुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गर्दैै सफलताको शुुभकामना व्यक्त गर्नुभयो ।

ओमराज शर्माको सभापतित्व एवम् शिव थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पा कम्पनीका नेपाल प्रमुख तरुन औजा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले सफलताको शुुभकामना व्यक्त गर्नुुभयो ।

र्निमाण तथा बन श्रमिक युनियन नेपाल गण्डकी प्रदेश भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । भेलाले सुर्य प्रसाद उपाध्यायकोे नेतृत्वमा ७ सदस्यीए समिति गठन समेत गरेको छ । भेलामा एकिकृत ट्रेड युनियन महासंघ, गण्डकी प्रदेश अध्यक्ष तिल बहादुर बिस्वकर्मा(तिलक) ले मजदुर मारा अन्य संगठन बाट बिद्रोह सुरु भएको उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले कामदारको पक्षमा कमजोर प्रदर्शन गर्ने मालिकको पक्षको बलियो वकालत गर्ने बिरुद्ध अभियान सुरु गरिने बताउनु भयो । कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टी पोखरा महानगर समितीका अध्यक्ष प्रेम थापाले समाजबाद स्थापनाका लागि आधारभुत बर्गको समग्र बिकास र नेतृत्व आबस्यक हुने उल्लेख गर्नुभयो । जुन देशमा मो सम्मान साधे वाच्न सक्ने ज्याला हुन्छ। त्यो देश छिटो विकाश सम्वृद्धी हुने उहाँले वताउनु भयो । एकिकृत यातायात मजदुर संगठन नेपालका गण्डकी प्रदेश सचिव कृष्ण थापाले अव श्रमिका मुद्धा संघ संगठनले मात्र उठाएर नपुग्ने उल्लेख गर्नुभयो । र्निमाण तथा बन श्रमिक युनियन नेपालका केन्द्रिय महासचिव दालसिंह बेपत्ता मगरले मजदुर देशको मौरी भएपनि राज्यले उपयुक्त निती तथा सुरक्षाको प्रत्याभुत गर्न नसकेको उल्लेख गर्नुभयो । निमार्ण तथा वनश्रमिक यूनियन नेपालका प्रदेश इन्र्चार्ज खुसिलाल बस्नेतको अध्यक्षता भएको कार्यक्रममा एकिकृत ट्रेड युनियन महासंघका उपाध्यक्ष हरिराम धितालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नव गठित समितिीलाई एकिकृत ट्रेड युनियन महासंघका स्याङ्जा जिल्ला अध्यक्ष मोहन गिरीले नजगठित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

 

 

कसैको सपना मात्र कहिल्यै पुरा हुँदैन, तर त्यसलाई पछ्याउन सक्ने साहस र परिश्रम भनेको नै सफलता हो। स्याङ्गजा जिल्लाको फेदिखोला गाविसका एक युवकले यही सिद्धान्तलाई आत्मसात गर्दै पोखरामा आफ्नै संघर्षको यात्रा सुरु गरे।

उनको जीवनको आरम्भ सामान्य थिएन। उनले आफ्नी श्रीमतीसँग मिलेर बालबालिकालाई राम्रो शिक्षा दिनका लागि पोखरा आए। तर, यहाँ आएपछि परिवारको पालन पोषणका लागि संघर्ष गर्नु उनीहरूको पहिलो चुनौती बन्यो। निर्माण मजदुरी गरेर जिउन थालेका उनीहरूले आफूलाई ठेकेदारको अपमान र कम ज्यालामा चिढ्याउँदा त्याग्नु पर्ने गाह्रो समय पार गरे। एकातिर कठिन परिश्रम, अर्कोतिर परिवारको दायित्वले उनीहरूको मनोबल कमजोर पारिरहेको थियो।

तर, उनीहरूलाई थाहा थियो कि यदि भविष्यलाई राम्रो बनाउन चाहिन्छ भने, संघर्ष गर्नैपर्छ। आफ्नो स्वास्थ्यसँगको समस्याका कारण उनलाई अब शारीरिक श्रमका कामहरू गर्न गाह्रो थियो, र यसरी उनले चियाको व्यापारमा हात हाल्ने निर्णय गरे। आज, उनी पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजको अगाडी चिया बेचिरहेका छन्। हरेक रातमा उनलाई तीन हजार रुपैयाँसम्मको चिया बिक्री हुन्छ। उनले भने, “चिया बेच्नबाट मैले प्राप्त गरेको आम्दानीले मेरो परिवारलाई सरल र सहज जीवन दिन मद्दत पुर्याएको छ। अहिले मलाई थाहा भयो कि जीवनलाई सरल बनाउने तरिका भनेको आफ्नो कर्ममा विश्वास राख्नु हो।” उनको सफलताको पछाडि लुकेको रहस्य भनेको मेहनत र न थाक्ने मनोबल हो। अहिले, उनका श्रीमती होटलमा काम गर्दै परिवारको जीवन सहज बनाइरहेकी छन्। जीवनमा आइपर्ने कठिनाइहरूलाई चुनौतीको रूपमा स्वीकार गरेर, उनीहरूले आफ्नो भविष्यलाई संजीवनी दिएका छन्। उनका अनुसार, “यदि तपाईं आफ्नो सपना पूरा गर्न चाहनुहुन्छ भने, कसरि पनि संघर्ष गर्नुहोस्। मेहनत र समर्पणको फल पाउनु अवश्य छ। म जान्दछु कि यदि मेरो कसमको साथ काम गर्दै जान्छु भने कुनै पनि कठिनाईले मलाई रोक्न सक्दैन।”आज उनी आफ्नो जीवनको यात्रामा सन्तुष्ट छन्। चियाको एक कपले उनको जीवनलाई नयाँ अर्थ दिएको छ, र यो सबै एक परिश्रमको परिणाम हो

कास्की, मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोममा भोलि बिहीबारका लागि विशेष आकर्षणको रूपमा हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका यस्तै शनिबार चर्चित लोकगायक पशुपति शर्मा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउण्डेशनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल को भजन प्रस्तुति तथा विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।
फाउण्डेशनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन् ।
ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको अवसरमा बुधबार गण्डकी कोटिहोम परिसरमा सामूहिक व्रतबन्धमा १ सय ५० जनाले सामुहिक ब्रतबन्ध गरेका छन्। हिन्दू संस्कृतिमा महत्वपूर्ण धार्मिक संस्कारको रुपमा लिइने व्रतबन्ध ९उपनयन० संस्कारलाई सामूहिक रूपमा सम्पन्न गर्न लागेको यो कार्यक्रमको तयारी पूर्ण रुपमा पुगेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार कार्यक्रम अन्तर्गत व्रतबन्ध गर्न चाहने परिवारले आफ्ना छोरा तथा आफन्तजनलाई पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक व्रतबन्ध गराउने अवसर प्राप्त गर्ने समेत जानकारी गराएका छन्।
बुधबारमात्रै, उत्कृष्ट दानवीरको रूपमा सङ्कल्प आमा समूहले १ लाख ९ हजार रुपैयाँ, जनजागृति आमा समूहसहित अन्य व्यक्तिहरूले दान गरेका छन्।
त्यस्तै, भोली २५ गते बिहीबार, एकादशी पर्वको अवसरमा अन्नदान कार्यक्रम आयोजना हुँदैछ।

यस्तै कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं। दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको संयोजक ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुनेछन् ।

यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको र बुधबार १० समुह प्रतिस्पर्धा गराइएको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा(१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा सञ्चालन भईरहेको छ । सो कोटीहोममा रक्तदान कार्यक्रम हरेक दिन भएको छ।

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् ।घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ  ुदुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ, प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ुघरायसी झगडा रहेछ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ । 
ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा समाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।
सोमबारको कार्यक्रम
कोटीहोममा सोमबार पनि भक्तजनको उत्साहजनक सहभागिता रहेको आयोजकले दावी गरेको छ । प्रचारप्रसार संयोजक ढकालका अनुसार १९ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ६५ हजार भक्तजन सहभागी भए । 
कोटीहोममा सोमबार बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।
शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता अझै जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ । 
धर्मगुरुहरुको ओइरो लाग्दै
कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल,  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । देवीले यसअघि १४ दिन श्रीमद्भागवत कथा सुनाएर फर्किएकी हुन् ।
कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी छ । 
कोटीहोममा सोमबार भएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रम हरेक दिन हुनेछ । 
राजनीतिक दलका नेताहरुको ओइरो
कोटीहोममा सोमबार वागमती प्रदेश सभामुख भुवनकुमार पाठक र उपसभामुख  अप्सरा चापागाई सहभागी थिए । सभामुख पाठकले कोटीहोम आजको अवाश्यकता भएको भन्दै यसको व्यवस्थापन गर्न सहज नभएको प्रतिक्रिया दिए । उनले कोटीहोम सम्पन्न भएसँगै पोखरासहित गण्डकी प्रदेशमा धार्मिक पर्यटकको ओइरो लाग्ने दावी गरे । 
उपसभामुख चापागाइँले एकै ठाउँमा विवाह, हवन, भजनलगायत सबै देख्दा आफू अचम्मित भएको भन्दै यसले धर्म र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुग्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की सभापति यदुनाथ अधिकारी, सचिव दिपेन्द्र पोखरेल,  सहसचिव   टेकराज सापकोटा, कोषाध्यक्ष विना गुरुङ, केन्द्रीय नीति तथा मन्थन विभाग सदस्य माधव प्रसाद कंडेल, पोखरा ३३ सभापति दिनेश आचार्यलगायत सहभागी थिए ।
यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीसहित गण्डकी प्रदेशका मन्त्री तथा सांसद कोटीहोममा पुगेका थिए ।
वैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खनी महायज्ञ स्थलमा दैनिक रूपमा कथा वाचन हुँदै आएको छ । कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका स्थानीयको जग्गामा सञ्चालन हुनेछ । 

पोखरामा सञ्चालित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै इरानी टोलीले उपाधि जितेको हो ।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा ग¥यो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो ।

उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पा¥यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।

यसअघि सशस्त्र प्रहरी बल ९एपिएफ० लाई ३–१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेट २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो । तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त ग¥यो ।

इरानी टोलीका आमिर हुसेन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्राप्त गरे । इरानी टोलीका अफ्सिन फतेह उत्कृष्ट सर्भर, इरफान नरोइजु उत्कृष्ट ब्लकर, दीपक थापा उत्कृष्ट डिफेन्डर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, आर्मीका धनबहादुर भट्ट उत्कृष्ट स्पाइकर र इरानी टोलीका सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही ८ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी पुरस्कार पाए ।

प्रतियोगितामा ६ टीमको सहभागिता रहेको थियो । ईरानी टीम, भारतीय टीम, गण्डकी प्रदेश टीम र तीन विभागीय टीमहरू त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टीम सहभागी थिए ।

पोखरा , नेकपा एमाले परित्याग गरि १० जना नेकपा एकिकृत समाजबादी पार्टीमा प्रबेश गरेका छन । नेकपा एमाले पोखरा महानगर कमिटी सदस्य तथा एमाले निकट मजदुर संगठन जिफन्टका पोखरा महानगर अध्यक्ष सुर्य प्रसाद उपाध्याय, जिफन्टको पुर्ब केन्द्रिय सदस्य नन्द कुमारी शर्मा लामिछाने लगायत अन्य मजदुरहरु माजबाद निकट एकिकृत ट्रेड युनियन महासंघमा प्रबेश गरेका छन । संगठनको पोखरा महानगर कमिटिले आयोजना गरेको मजदुर दिबस बिषेश कार्यक्रमको अबसरमा उनिहरुलाई पार्टीका केन्दीय पोलिटब्युरो सदस्य तथा पोखरा महानगरका मेयर धनराज आचार्य र तुल बहादुर गुरुङ्गले संगठन प्रबेश गराएका हुन । नवप्रबेशीहरुले एमाले आफैमा मजदुर बिरोधी पार्टी बनेकाले आफुहरुले संगठन र पार्टी छोडेको बताएका थिए । एमाले र जिफन्ट मजदुरको नाम लिने तर मजदुरको नेतृत्व मालिकलाई दिने गरेको उपाध्यायको भनाई थियो । कार्यक्रममा नेकपा एकिकृत समाजबादी पार्टीमा पोलिटब्युरो सदस्य तुल बहादुर गुरुङ्गले अहिले आएर नेपाली जनताले एमाले पार्टी बाट आफुहरुले गरेको बिद्रोहको बारे बुझन थालेको उल्लेख गर्नुभयो । केपि ओलीको अहिलको कृयाकपालले एमालेका इमान्दार नेता कार्यकर्ता आजित बनेको उहाँको भनाई थियो । त्यसैगरि पार्टीका केन्दीय पोलिटब्युरो सदस्य तथा पोखरा महानगरका मेयर धनराज आचार्यले पार्टीले इमान्दारीता देखाएर जनताको मन जित्न सक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मजदुर संगठनका नेता तिलक बिस्वकर्माले जिफन्ट बिचौलियाको ठेकेदार बनेको उल्लेख गर्नुभयो । उनले एमाले पार्टी कमिसनको खेल बाहेक अरु केही नजान्ने र आधारभुत तहका मजदुरको पक्षमा कहिल्यै नबोल्ने उनको भनाई थियो ।

आजको दिनमा मजदुरको समस्यालाई एकातिर मिल्काएर मजदुर बिरोधीहरुलाई संगठित गर्ने काम एमालले गर्दे हिडेको जगजायर भएको सो अबसरमा उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका नेता तथा मजदुर नेताहरुले संबोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता तिलक बिस्वकर्माले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मजदुर नेता हरेराम धितालले गर्नुभएको थियो । सोही अबसरमा एकिकृत ट्रेड युनियन महासंघ पोखरा महानगरसमति गठन समेत गरिएको छ । मजदुर दिबसको अबसरमा संगठनको प्रदेश कमिटिले पनि अन्र्तकृया कार्यक्रम आयोजना गरेको थियो । बर्तमान शन्र्दभमा मजदुरको हितका लागि पार्टीले खेल्नुपर्ने भुमिका तथा आगामी योजनाका बारेमा सहभागिहरुले चर्चा गरेका थिए । सो अबसरमा सवारी दुर्घटना न्युनिकरण संबन्धी प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी शोभा पाण्डे, पृथ्वीराजमार्ग बस कम्पनीका अध्यक्ष योगेन्द्र के.शी ले प्रशिक्षण दिनुभएको थियो ।

 

रुपन्देहीको सैनामैना नगरपालिकाका १४ वर्षीय किशोर आविस्कार खनालले घरमै बसेर भेन्टिलेटर निर्माण गरी सबैलाई चकित पारेका छन् । आफ्नो गाउँ नजिकैको स्वास्थ्य चौकीमा जटिल अवस्थाका बिरामीका लागि आवश्यक उपकरण नदेखेपछि उनले भेन्टिलेटर बनाएका हुन् ।

सैनामैना क्षेत्रका स्वास्थ्य चौकीहरूमा भेन्टिलेटरको अभाव रहेको बताउँदै खनालले भने, “हाम्रो घर बजारभन्दा टाढा छ । यहाँ कसैलाई गम्भीर समस्या परेमा १७ किलोमिटर टाढा जानुपर्छ । इमर्जेन्सीको लागि अक्सिजन सिलिन्डर पनि पाइँदैन । यहाँ सामान्य उपचार मात्र हुन्छ ।”यही आवश्यकतालाई महसुस गरी उनले स्वास्थ्य चौकीमा प्रयोग गर्न मिल्ने भेन्टिलेटर बनाएका हुन् । यसका लागि उनले भेन्टिलेटरको कार्यविधि र बनाउने तरिकाबारे इन्टरनेटमा अध्ययन गरे । विभिन्न वेबसाइटबाट जानकारी लिएपछि उनी भेन्टिलेटर बनाउन तम्सिए ।

दुई वर्षअघि रोबोटिक्स तालिम लिएका खनालले अर्डुनो ९अन्तरक्रियात्मक डिजिटल डिभाइसहरू बनाउन प्रयोग गरिने ओपन सोर्स हार्डवेयर तथा सफ्टवेयर प्लेटफर्म० प्रयोग गरी यो उपकरण तयार पारेका हुन् । उनले अर्डुनो, सेर्भो मोटर, एम्बु ब्याग र एलसीडी जस्ता सामग्री प्रयोग गरेका छन् । यसमा रहेको अर्डुनोले बिरामीलाई आवश्यक अक्सिजनको मात्रा निर्धारण गर्छ र सेर्भो मोटरले सोही अनुसार एम्बु ब्यागमा अक्सिजन प्रवाह गर्छ ।आफ्नो आविष्कारले सही मात्रामा अक्सिजन प्रवाह गरिरहेको खनालको दाबी छ । यद्यपि, उनी यसलाई अझै परिष्कृत गर्ने योजनामा छन् ।“यो भर्खर सुरुवात हो। यसमा धेरै सुधार गर्नुपर्नेछ ताकि यसले प्रभावकारी रूपमा काम गरोस्,” उनले टेकपानासँग भने । यसका लागि उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् । परिष्कृत भएपछि यो भेन्टिलेटर स्वास्थ्य चौकीहरूलाई उपलब्ध गराउने उनको लक्ष्य छ ।बुटवलको न्यू होराइजन इङ्लिश बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत खनालले दुई वर्षअघि कार्बनडाइअक्साइडको मात्रा पत्ता लगाउने उपकरण ९ऋइद्द डिटेक्टर० समेत बनाएका थिए । खाली समयमा नयाँ(नयाँ प्रयोग गर्न रुचाउने खनाल भविष्यमा इन्जिनियरिङ पढेर थप आविष्कार गर्ने सोचमा छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।