
कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम चलिरहेको छ ।
छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्।सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ वर्षीय कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। यो उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा गरी थप ११ जनाको मृत्यु भइसकेको छ। कुल मृतक संख्या १२ पुगेको छ।भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का निर्देशक डा. राजीव बहलका अनुसार हालसम्म भारतमा एलएफ.सेभेन, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ गरी चार नयाँ कोरोना भेरियन्ट देखिएका छन् । यीमध्ये केही दक्षिण र पश्चिम भारतका नमूनाहरूको जीन अनुक्रमणबाट पत्ता लागेका हुन्।भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै डा. बहलले बताए अनुसार हाल अवस्था गम्भीर छैन, तर सावधानी अपनाउनु आवश्यक छ।विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टलाई ‘चिन्ताजनक’ नभई ‘निगरानी योग्य’ श्रेणीमा राखेको छ।जेएन.१ भारतमा सबैभन्दा धेरै भेटिएको भेरियन्ट हो । परीक्षण गरिएका आधा भन्दा बढी नमूनामा यही भेरियन्ट भेटिएको छ। यसपछि बीए.२ २६ प्रतिशत र ओमिक्रोनको अन्य उप-प्रकार २० प्रतिशत देखा परेका छन्।जेएन.१ ओमिक्रोनको बीए.२.८६ भेरियन्टको स्ट्रेन हो । यो पहिलो पटक अगस्त २०२३ मा देखिएको थियो र डिसेम्बर २०२३ मा विश्व स्वास्थ्य संगठनले यसलाई ‘वेरिएन्ट अफ इन्टरेस्ट’ घोषणा गरेको थियो। यसमा करिब ३० म्युटेसन छन् जसले प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, जेएन.१ भेरियन्ट अरूभन्दा छिटो फैलिने भए पनि खासै गम्भीर हुँदैन। विश्वका धेरै देशमा यो नै प्रमुख भेरियन्ट बनेको छ।
नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन । स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।“हामीले नाकामा किटसहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ,” स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए । “काभ्रेमा देखिएपछि हामीले सबैलाई अहिले टेकुमा ल्याएका छौँ,” उनले भने, “अहिलेसम्मको चेकजाँचका क्रममा नयाँ भेरियन्ट होइन भन्ने लागेको छ ।”उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।“हामीले सतर्कता अपनाएका छौँ,” उनले भने, “यो हप्ता ६–७ जना संक्रमित देखिए । सबैजना धुलिखेलमा देखिएको हो । अहिले उनीहरुलाई टेकुमा ल्याएका छौँ । हामीले थप परीक्षणपछिमात्रै नयाँ भेरियन्ट हो वा होइन भन्ने बताउन सक्छौँ ।”
उनका अनुसार अहिले पनि थप चेकजाँच बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आइतबार पनि मन्त्रीले यसबारेमा निर्देशन दिइसकेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताए । तर, यो नियमित प्रक्रिया भएको उनको भनाइ छ ।”डराइहाल्नुपर्ने स्थिति होइन, नियमित प्रक्रियाअन्तर्गत नै एक जनामा कोरोना देखिएको हो । अहिले छिमेकी राष्ट्र भारतमा कोरोना देखिएकाले नेपालमा पनि एक प्रकारको डर छ । तर, डराउनुपर्ने अवस्था छैन । नयाँ भेरियन्ट भनेर पुष्टि भइसकेको अवस्था होइन,” उनले भने ।
भारत नेपाल सीमामा अवस्थित जोगबनी लागूऔषध दुव्र्यसनको केन्द्र बन्दै गएको छ । यहाँ लागूऔषध दुव्र्यसनीहरूलाई सुख्खा औषधि प्रदान गरिँदैछ ।सोही क्रममा, एसएसबी छैठौं बटालियनको जोगबनी सी सम्वेको टोलीले जोगबनी नगर परिषद् क्षेत्र नम्बर ३० को हाजीगंज इलाकामा छापा मारेको थियो, जहाँ एक महिलालाई ३० ग्राम ब्राउन शुगर र अज्ञात देशका मुद्रासहित पक्राउ गरिएको थियो।सहायक उपनिरीक्षक एन रञ्जित सिंहको नेतृत्वमा रहेको एसएसबीको विशेष गस्ती टोलीले दुई महिला र छ पुरुष एसएसबी जवानहरूसहित मदिना खातुनको घरमा छापा मारेको थियो। मो क्रममा उनि पक्राउ परकोे बताइएको छ । एसएसबीको विशेष गस्ती टोले गोप्य सूचनाको आधारमा हाजीगंज इलाकामा रहेको सीमाञ्चल अस्पताल पछाडि अपरेशन गरेको थियो । एसएसबीलाई हाजीगंज इलाकाकी मदिना खातुन कोडिन युक्त कफ सिरप, ब्राउन सुगर, स्म्याक आदिको अवैध व्यापारमा संलग्न रहेको गोप्य सूचना प्राप्त भएको थियो। ती महिलाले आफ्नै घरमा लागूऔषध दुव्र्यसनी भारतीय र नेपाली युवाहरूलाई लागूऔषध आपूर्ति गर्छिन् र उनीहरूलाई सेवन पनि गराउँछिन्। बिस्वका बिभिन्न देशका मुद्राहरु समेत बरामद गरेको छ ।
काठमाण्डौको नागढुङ्गाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बा प्र ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक रहेका सिंहलाई बिलबीजक नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहनासहित पक्राउ गरेको परिसरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम चाँदीसहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ घर भएका ३२ वर्षीय अनिशकुमार सिंह पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाण्डौको जनाएको छ ।
पोखरामा नियमित हुँदै आएको मासिक दौड अन्तर्गत यो महिना जेठ १७ गते हुने दौडमा जनप्रतिनिधीहरु दौडने भएका छन् ।
मासिक दौड कार्यक्रम अन्तर्गत आयोजना हुने जनप्रतिनिधि दौड भने नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत वर्षको अवसरमा घोषणा गरिएको दौड कार्यक्रम हो । ५ किमि जनप्रतिनिधि दौड संगै ५ किमि छात्ररछात्रा दौड समेत हुने मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जनाएका छन् ।
पोखरा रंगशालामा तय गरिएको उक्त दौडका लागि पोखरा महानगर पालिकाको समते सहकार्य रहने मञ्चका पूर्व अध्यक्ष एवं मासिक दौडका परिकल्पनाकार तेज बहादुर गुरूङले बताए ।
यो पटक नियमित हुँदै आएको तीन किमि छात्ररछात्रा दौड यो महिना स्थागित गरी ५ किमिलाई निरन्तरता दिइएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताए । जेठ १७ गते हुने मासिक दौड छैटौं संस्करणको समेत हुने उनले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाको कार्यपालिकाका सदस्यहरूले कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले छिटो भन्दा छिटो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका हुन ।
एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेको भन्दै महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय हरु अन्योलमा परेको भन्द्यै बैठक राख्न माग गरेका छन् ।
जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे उनीहरूले सामाजिक सञ्जालको स्टाटस हेरेपछि मात्रै मेयरबारे जानकारी हुने गरेको बताएका छन् ।
महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।
काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने तर्क गनैु भएको छ ।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले प्रधानमन्त्रीलाई नागरिकलाई उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराृनु भएको हो ।
प्रधानमन्त्री ओलीले वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए। जसप्रति काँग्रेस महामन्त्री थापाले आपत्ति जनाउनु भएको हो ।
उहाँले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको बताउनु भएको हो । थापाले आगामी दिनमा यस्ता अभिव्यक्ति नबोल्न सचेत पनि गराृनु भएको छ ।
भारतका १६ राज्यमा कोरोना भाइरस संक्रमण पुन देखा परेको छ ।भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड १९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित केरला राज्यमा देखा परेका छन् । हालसम्म ४०३ जना सक्रिय संक्रमित छन् । यसैगरी महाराष्ट्रमा ४३०, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७ जना संक्रमित फेला परेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय जनाएको छन । यसैगरी उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बंगलामा १२, हरियाणामा र पुडुचेरीमा ९र९, आंध्रप्रदेशमा ४, मध्यप्रदेशमा २, तेलंगाना, गोवा र छत्तिसगढमा १र१ जना संक्रमित फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर पनि संक्रमणबारे सतर्क रहनुपर्ने उनको भनाइ छ । कोरोना जोखिमबारे निगरानी बढाइएको र केही सावधानीहरू पनि अपनाउने काम भएको उनले बताए ।





