
गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालकले सार्वजनिक यातायात ठप्प पारेका छन् ।यसैको मौका छोपेर ‘इन ड्राइभ’ सवारी सेवा प्रयोगका नाममा यात्रुहरु ठगिएका सार्वजनिक भएको छ ।
यसरी यात्रु ठग्ने ८ जना ‘इन ड्राइभ’ चालकलार्ई नियन्त्रणमा लिएर जरिवाना गराई छोडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार हिजो राति करिब ८ बजे ‘इन ड्राइभ’ प्रयोगकर्ताबाट अत्यधिक भाडा लिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको हो।
चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट ८ वटा सवारीसाधन सहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।यातायात व्यवस्था ऐन अनुरुप उनीहरुलाई जरिवाना गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरीले यस्ता कार्य दोहोरिन नदिन सवारी चालकहरूलाई सचेत रहन आग्रह गर्दै, सेवा प्रदायक कम्पनीहरूलाई पनि निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ ।
साथै यदी कसैले पनि अस्वभाविक भाडा मागेमा जिल्ला प्रहरी कार्यालयको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर जानकारी गराउन उनले आग्रह गरे ।
आजदेखि केही पुराना स्माटफोनहरुमा ह्वाट्सएप नचल्ने भएको छ । यसअघि ह्वाट्सएपको मातृ कम्पनी मेटाले अघिल्लो महिनादेखि नै यो नयाँ परिवर्तन लागू गर्ने बताए आज देखि कार्यान्वयनन गरेको हो ।
अब आइओएस १५ वा त्यो भन्दा पूरानो संस्करण भएका आइफोन तथा एन्ड्रोइड ५ वा त्योभन्दा पुरानो संस्करणका एन्ड्रोइड फोनहरुमा ह्वाट्सएप चल्ने छैन ।
पुराना आइफोन तथा एन्ड्रोइड फोनका संस्करणहरूले नयाँ तथा अद्यावधिक सुरक्षा अपडेटरु प्राप्त नगर्ने हुनाले यस्ता उपकरणहरूमा डेटा ह्याक हुने वा अन्य साइबर खतराहरूको जोखिम बढेको हुन्छ ।
सोही कराणले मेटाले बेलाबेलामा पूराना मोडेलका फोनहरुबाट आफ्ना एपहरुलाई हटाउने गर्दछ । प्रयोगकर्ताहरुलाई साइबर आक्रमणबाट बँचाउनकै लागि त्यस्तो कदम चालिएको जनाएको छ ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।
पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो तथ्यांक अनुसार कोरोना फैलिएको राज्य २६ पुगिसकेको छ ।
पछिल्लो तथ्यांक अनुसार केरलामा ६४ जना नयाँ संक्रमित फेला परेका छन् । धेरै जसो संक्रमितहरू होम आइसोलेसनमै कोरोना मुक्त भएका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै सार्वजनिक यातायात व्यवसायीले थालेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ । व्यवसायीको आन्दोलनले यातायात क्षेत्र तनावग्रस्त बनेको छ ।
सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको विरोधमा तीन दिनदेखि गाडी थन्क्याएर विरोधमा उत्रेका छन । जसका कारण यात्रुहरूलाई सास्ती थपिएको छ ।
गत चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको थियो । व्यवसायीले नियमावली खारेजको माग गर्दै शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प पार्दै आन्दोलनको घोषणा गरेका हुन् ।
पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि प्रहरी स्कर्टिङको व्यवस्था गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्याउन लागिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं।२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कर्टिङ गर्ने छ भने त्यहाँबाट नं। २३ मनकामना गण तनहुँले स्थानिय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछन् ।
गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानाकासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्य स्थानसम्म पुर्याइने सशस्त्र प्रहरी नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन् ।
राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका थापालाई नक्सालचौरबाट प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । भ्यानमा राख्दै गर्दा थापाले भ्रष्ट सरकार मुर्दावाद भन्ने नारा लगाएका थिए।
यस्तै प्रहरीको लाठी प्रहारबाट तीन जना राजसंस्था पक्षधर प्रदर्शनकारी घाइते भएका छन्। आन्दोलनकारीका तर्फबाट बोतल हानेको भन्दै प्रहरीले केहीलाई लाठी चार्ज गरेको तथा तीन जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।
अन्यलाई केहीलाई पनि लाठी चार्ज भएको र उनीहरूको रेडक्रसको टिमले उद्धार गरी उपचार गरिरहेको छ।
राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि राजसंस्थाहरू पक्षधरले आन्दोलन गर्न थालेको आज चार दिनदेखीजारी छ । भएको छ।
गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । सार्वजनिक यातायात सञ्चालकहरूले आज बिहानै देखि आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएर सरकारी निर्णयको विरोध गरेका हुन् ।
व्यवसायीको आन्दोलनले प्रदेशभित्रबाट चल्ने लामो तथा छोटो दुरीका बस, ट्याक्सी र सबै सार्वजनिक ढुवानीका साधन ठप्प छन् ।प्रदेशभर गुड्ने लामो तथा छोटो दुरीका झन्डै १५ हजार भन्दा बढी गाडीहरू अहिले घर र ग्यारेजमा थन्क्याइएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बताउनु भएको छ ।
आन्दोलनको कार्यक्रम अन्तर्गत जेठ १८ गतेसम्म प्रदेशभरी सार्वजनिक यातायात ठप्प पार्ने निर्णय व्यवसायीहरूले गरेका छन् । यसैगरी १८ गते ८ वटा घटक संगठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् ।
सरकार प्रारम्भिक विरोधबाट पनि पछि नहटे १९ गतेदेखि देशैभर यात्रुवाहक र मालवाहक गाडीहरू ठप्प पार्ने केसीले जानकारी दिनुभएको छ ।
सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । सार्वजनिक हुने बजेट मार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् ।
यो उमेर बढाएर ७० वर्ष पु¥याउँदा अहिले पाइरहेका लाभग्राहीको सेवा भने काटिने छैन । अर्थ मन्त्रालय स्रोत अनुसार नयाँ प्रावधान अनुसार १ साउन २०८२ देखि ७० वर्ष पुग्ने लाभग्राहीले मात्र नयाँ वृद्ध भत्ता पाउने छन् । यसअघि नै ६८ वर्ष पुरा भई वृद्ध भत्ता पाइरहेकाको भने रकम काटिने छैन ।
सरकारले सामाजिक सुरक्षामा बढ्दो दायित्व न्यूनीकरण गर्न भन्दै वृद्ध भत्ता पाउने उमेर बढाउन लागेको हो । सरकारलाई यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत उमेर बढाउन सिफारिस गरेको थियो ।
अहिले साविकको कर्णाली अञ्चलमा पर्ने जिल्लाका नागरिक र देशभरिका दलित नागरिकले ६० वर्ष उमेर पुगेसँगै वृद्ध भत्ता पाउँछन् । उनीहरूलाई मासिक २ हजार ६ सय ६० रुपैयाँ दिने गरिन्छ ।
यस्तै विवाह नगरी बसेका ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका महिलाले समेत सोही दरमा मासिक भत्ता पाइरहेका छन् ।
सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडित पक्षसँग ऐक्यबद्धता जनाउन सिधै घटनास्थलमा पुगे ।
तस्लीम अन्सारी गम्भीर रूपमा छतविक्षत अवस्थामा पीडित भइरहँदा समेत राज्य संयन्त्रले दोषीलाई कारबाही गर्नुको साटो पीडकमाथिनै उल्टै मुद्दा लगाएर थुनिराखेको छ ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यसप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् ।जेठ १५ मा जनकपुरमा विशाल जुलुस र मोर्चाको औपचारिक घोषणा हुने ।
पूर्वमन्त्री अन्सारीले जेठ १५ गते गणतन्त्र दिवसको दिन जनकपुरमा ’संघीय गणतान्त्रिक मोर्चा’ को औपचारिक घोषणा गरिने जानकारी गराउँदै, “न्याय, समानता र सामाजिक परिवर्तनका लागि यो ऐतिहासिक मोर्चा बन्नेछ,“ भन्दै सम्पूर्ण उत्पीडित वर्गलाई सहभागी हुन आह्वान गरे ।
गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भारतीय पर्यटकलाई आकर्षण गर्न सके नेपालमा पर्यटकको संख्या उल्लेख्य रुपम बढ्न सक्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई गुलरियामा स्वागत गर्दे उनले यस्तो बताएका हुन् ।
उनले पश्चिम नेपालका पर्यटक र भारतीय पर्यटकलाई समेत पोखरा भित्र्याउन पोखरा र नेपालगञ्ज बीच कम्तिमा दैनिक दुई वटा हवाई उडान हुनुपर्नेमा जोड दिए । नेपालगञ्ज र पोखरामा अहिले हप्तामा दुई उडान हुनेगरेको छ ।
गुलरिया नगरपालिकाको मात्रै ८३ किलोमिटर क्षेत्र भारतीय सिमानासंग जोडिएको भन्दै भारतबाट आउने पर्यटक पोखरा जान सक्ने र पोखरा आएका पर्यटक बर्दिया आउन सक्ने उनको टिप्पणी थियो ।
गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले पोखरा अत्यन्त मनमोहक क्षेत्र रहेको र बर्दियामा पनि धेरै नै पर्यटकीय क्षेत्र रहेको जानकारी दिइन् । आआफ्नो विशेषता बोकेका दुबै पर्यटकीय क्षेत्र बीचको सहकार्यले आगामी दिनमा पर्यटन प्रर्वद्धनमा थप सहयोग मिल्ने अपेक्षा राखिन् ।
गुलरीया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत मुकुन्द अर्यालले भारतीय पर्यटकको चासो नै पोखरा र मुक्तिनाथ हुने गरेको जानकारी दिए । भारतको अयोध्या र मथुरालाई पोखरा र मुक्तिनाथ जोड्नुपर्ने बताए ।
पृथ्वी होटल व्यवसायी समितिका अधयक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरले पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरेको र त्यसलाई सफल पार्न आफूहरुले पोखरा आन्तरिक पर्यटक बोलाउन आएको जानकारी दिए ।
नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ ।
कांग्रेस र एमालेको बालुवाटार बैठक सकेर निस्किएका कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने बताउनु भएको छ । उहाँले लेखकमाथि छानबिन समिति गठन हुन नसक्ने बताउनु भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रतिपक्ष दलले उनको राजीनामा मागेका छन् । भिजिट भिसाको विषय उठाउँदै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै आएका छन् । उनीहरूले संसद् बैठक चल्न दिएनन् ।
अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै हुनुहुन्छ ।





