
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको बोर्डले जनाएको छ ।
बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छन् । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटी नहुने गरी नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ ।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू थिए ।
पोखरा महानगरपालिका वडा नं १७मा रहेको सु शान्त आमा समुहले वडास्तरिय अन्डर फोटीन ह्यान्डबल प्रतियोगिता आयोजना गरेको छ । शु शान्त बाल क्लबको ब्यबस्थापन तथा कास्की जिल्ला ह्यान्डबल संघको प्राबिधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य तथा पुर्बमन्त्री पञ्चराम गुरुङ)ले उदघाटन गर्नुभएको छ प्रतियोगितामा २१ टिमको सहभागिता रहेको प्रतियोगिताको कार्यक्रम संयोजक परिवेश थापाले जानकारी दिए । उदघाटन समारोहमा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका कुमारी शाही योगीले पोखरा १७ मा रहेका आमासमुह र बालक्लव दुबै सस्थाहरुमा सक्रियता जारी राख्ने सस्थाको रुपमा शुशान्त आमा समुह र बाल क्लवले पहिचान बनाएको उल्लेख गर्नुभयो । वडालाई समेटेर यस्ता कार्यक्रम निरन्तर चलिरहेकोमा उहाँले खुशि ब्यक्त गर्नुभयो ।
कार्यक्रममा आमा समुहको पवित्रा थापाले सस्थाको जिम्मेबारीमा रहुन्जेल सामाजिक कार्यमा कृयाशिल भैरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।कार्यक्रममा खेलकुद पत्रकार तथा गण्डकी प्रदेश ह्यान्डबल संघका अध्यक्ष केशव पाठक, कास्की जिल्ला ह्यान्डबल संघका अध्यक्ष चित्रबहादुर थापा अध्यक्षले शुभकामना दिनुभएको थियो । प्रतियोगिताको मुख्य रेफ्री रामबहादुर क्षेत्री रहनुभएको छ । असार ३ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम पुरस्कार १३ हजार, दोस्रो पुरस्कार १० हजार र तृतिय पुरस्कार ७ हजार रहेको प्रतियोगिताको सल्लाहकार साइमन कार्कीले जानकारी दिनुभयो । औपचारीक कार्यक्रम क्लवका सचिव सुदर्शन कोइरालाले सञ्चालन गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशको सचिवालय गठन गरिएको छ । शनिवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले ९ सदस्यीय सचिवालय गठन गरेको हो ।
अध्यक्ष प्रा. डा. यदुनन्दन उपाध्यायको अध्यक्षतामा उपाध्यक्षद्वय कल्पना पौडेल र निर्मल सापकोटा, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष गीता तिवारी र उपसचिव नारायण बास्तोलासँगै सदस्यहरू बाबुराम सुवेदी, सुरज उपाध्याय र विनोदकुमार विक रहेको सचिवालय गठन गरिएको हो ।
बैठकले जनकलाल तिवारी, सुरज उपाध्याय र कुमार तामाङलाई सदस्य मनोनयसमेत गरेको छ ।सङ्घका सल्लाहकारका रूपमा रघुनाथ अधिकारी, रामराज रेग्मी, झलकपाणि तिवारी, नारायण परिश्रमी, पद्मराज ढकाल, यादवराज उपाध्याय, लोकबहादुर थापा, डा. कृष्णराज अधिकारी, शेषमणि आचार्य र ध्रुवलाल शर्मालाई अध्यक्ष यदुनन्दन उपाध्यायले पत्र हस्तान्तरण गरेका थिए ।
बैठकमा प्रलेसका जिल्ला अध्यक्षहरू अनन्त अर्याल (स्याङ्जा), आनन्द रिमाल (पर्वत), छवि सुवेदी ‘विजयी’ (कास्की) तनहुँका उपाध्यक्ष युवराज पौडेलले जिल्लागत रिपोर्टिङ गरेका थिए ।
सोही अवसरमा केन्द्रीय सदस्यद्वय भीम रानाभाट र देव गजमेर तथा केन्द्रीय पार्षद् आकाश अधिकारीले केन्द्रीय समितिको बैठकका निर्णयहरूको जानकारी गराएका थिए ।
यसै बिच बैठकले गण्डकी प्रदेशका विभिन्न जिल्लाका गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न व्यक्तिलाई जिल्ला इन्चार्ज तोकिएको छ ।
प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य निर्मल सापकोटलाई कास्की र बागलुङ, केन्द्रीय सदस्य भीम रानाभाटलाई मुस्ताङ र म्याग्दी, केन्द्रीय सदस्य देव गजमेरलाई लमजुङ र नवलपुर, केन्द्रीय पार्षद् आकाश अधिकारीलाई मनाङ र गोरखा, जुना खड्कालाई तनहुँ तथा शम्भु अर्याललाई पर्वत र स्याङ्जा इन्चार्जको जिम्मेवारी तोकिएको जनाइएको छ ।
४२ औँ जुनियर तथा युवा एवं ३१ औँ शिक्षक नायक गोष्ठी सम्पन्न
पोखरा, १ असार । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल जनप्रिय मा.वि. पोखरा ८ सिमलचौरको व्यवस्थापनमा ४२औँ जुनियर तथा युवा गोष्ठी एवं ३१ आँै शिक्षक नायक गोष्ठी शनिवार पोखरामा सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको दुर्गा मन्दिरले गत चैत्रमा सम्पन्न गरेको कोटि दिप प्रज्वलन कार्यक्रमको आय व्यय सार्वजनिक गरेको छ ।
कार्यक्रमका प्रमुख व्यक्तित्व ८५ बर्षिय मार्कण्ड उपाध्यायले कार्यक्रमको उद्घाटन भएको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बेदप्रसाद अधिकारी (शंकर) ले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सविधान सभा सदस्य बिन्दादेवी राना, जनप्रतिनिधि बिष्णु कुमारी थापा, गुप्तेश्वर गुफाका अध्यक्ष लक्ष्मण बास्तोला, छोरेपाटन माबिका अध्यक्ष बद्रीनाथ पहारी, सल्लाहकार तुलसीराम बराल, शितल चौतारी टोल विकास अध्यक्ष कृष्णप्रसाद पोख्रेल, शुभकामना व्यक्त गरेका थिए ।
धार्मिक सस्था, आमा समूह, टोल बिकास सस्था, शैक्षिक सस्था लगायत समाजका लब्ध प्रतिष्ठित व्यक्ति जनप्रतिनिधि, समिति, सल्लाहकारसहितको बृहत भेला सम्पन्न शुक्रबार सम्पन्न भयो । उक्त कार्यमा सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीले, धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष रबिन्द्रराज बराल र संचालन सचिव ध्रुबराज बरालले गरेका थिए ।
नेपाली काँग्रेस कास्कीले पोखरालाई कस्तो र कसरी बनाउने भन्ने विषयमा तयार पारेको अवधारण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बुझाएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोर दक्त बराल नेतृत्वको टोलीले आइतबार मेयरलाई अवधारणा बुझाएको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
महानरपालिकाले नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तयारी गरिरहेका बेला विभिन्न पक्षबाट प्राप्त सुझावहरुको निष्कर्ष निकालेर अवधारण तयार पारेको हो ।
यसअघि कास्की काँग्रेसले पत्रकार सम्मेलन गरी अवधारण सार्वजनिक समेत गरेको थियो । पोखराको योजनावद्व विकासका लागि उपयोगी हुने गरी अवधारण तयार पारिएको कास्की काँग्रेसका सभापति बरालको भनाइ छ । अवधारणामा विभिन्न विषयहरु समावेश गरिएका ११ बुँदा छन् ।
एगा पोखराको कच्चा पदार्थ संबन्धी जानकारी तथा सिप बिकास कार्यक्रम अन्र्तगत गरिएको अबलोकन भ्रमण अन्र्तगत बागलुङ्ग जिल्लाको ताराखोला गाऊपालिकामा रहेको अल्लो उद्योगको भ्रमण सम्पन्न भएको छ । नेपाली उत्पादनलाई बजारीकरणको लागि सहजीकरण गर्ने उद्धेश्यले एगाले भ्रमण गरेको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो । स्वदेशमा उत्पादन भएका बस्तुको बिस्व बजारमा पुग्नका लागि आफुहरुको पनि सहकार्य आबस्यक ठानी भ्रमण गरिएको सो अबसरमा उहाँले जानकारी दिनुभयो । करिव एक हप्ताको भ्रमण अबधीमा एगाले प्युठान र बागलुङ्ग जिल्लाका बिभिन्न उद्योगहरुको अबलोकन तथा अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ । ५३ जनाको टोलीले अबलोकन भ्रमण पछि पोखराको पर्यटकिय क्षेत्र लेकसाईडमा उद्योग बाट उत्पादित बस्तुहरुकोे बजारीकरण गर्ने बाताबरण र्निमाणका लागि सहजिकरण गर्ने बताइएको छ । नेपाललाई बिस्वभरी परिचित गराउनका लागि जसरी बिगत देखि एगाले भुमिका र्निभाह गरिरहेको छ त्यसरीने नेपाली बस्तुको उत्पादन तथा बजारीकरणमा टेवा पुर्याउने यो भ्रमणको लक्ष रहेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो ।
पोखरा, १ असार २०८२ । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनमा हरिप्रसाद भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । उनले जनकराज पराजुलीलाई १६ मतान्तरले पराजित गरे । कुल ८६ सदस्य मतदाता रहेको निर्वाचनमा भण्डारीले ५१ मत प्राप्त गरे भने पराजुलीले ३५ मत प्राप्त गरे । पराजित पराजुली निवर्तमान सचिव थिए ।
निर्वाचनमा उपाध्यक्ष पदमा अर्जुन मल्ल, देवीमाया अधिकारी र पुष्पकमल ढुंगाना विजयी भए । मल्लले ५४, अधिकारीले ५३ र ढुंगानाले ४९ मत प्राप्त गरे । उनीहरूका प्रतिस्पर्धी गीता खनालले ३२ र दयाराम तिवारीले १० मत प्राप्त गरे ।
सचिव पदमा सूर्यप्रकाश तिवारी यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन् । कोषाध्यक्षमा अनिल परियारले रामप्रसाद पाण्डेलाई १४ मतान्तरले पराजित गरे । परियारले ४९ मत प्राप्त गर्दा पाण्डेले ३५ मत प्राप्त गरे । सहसचिवमा चन्द्रबहादुर गुरुङले भीम नेपालीलाई १९ मतान्तरले पराजित गरे । गुरुङले ५२ मत प्राप्त गरे भने नेपालीले ३३ मत प्राप्त गरे ।
यो निर्वाचनलाई कास्कीमा प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको थियो । निर्वाचन परिणामले पोखरा महानगर कमिटीको नेतृत्वमा नयाँ जोश र जिम्मेवारी थपिएको स्थानीय नेताहरूले बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताउनु भएको छ ।
उहाँले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने भएकोले पनि सहमति गरेको प्रतिक्रिया दिनु भएको छ ।
निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरूको जोड रहने भन्दै उनले गहिरो अध्ययन गहिरो हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताउनु भएको छ ।
पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको हो भन्ने प्रश्नको जवाफमा उनले यी दुईबीच कुनै साइनो नरहेको जिकिर समेत गर्नुभएको छ ।
जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो ।
पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो ।
होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार बुटबलमा आयोजित कार्यक्रममा ब्यबसायी र संचारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ घण्टा खुलाउने पहल आफू कास्की हुँदा भएको समरण गराए । लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए ।

आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य लक्ष्य अभियानले लिएको संयोजक एबं आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । दुई दशक अघि देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्बी नेपालमा सम्पन्न भएको थियो ।
विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन सक्छन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुबेदीले बताए ।
हानका केन्द्रीय सदस्य एबं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे । पोखरा विमानस्थलको उचित संचालनमा सरकार गंभीर हुनुपर्ने भनाई उनले राखे ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन भएको हो । पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियानको अर्को उद्देश्य हो ।
साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियान सार्थक हुने संघले विश्वास गरेको छ । बिहीबार सुरु भई असार दुई गते सकिने यस पटकको जाउँ है पोखरा अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि संचालन हुने छ ।
बुटवलमा आयोजित कार्यक्रममा हानका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल राना, होटल ब्यबसायी महासंघका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डे लगायतले भनाई राखेका थिए ।
श्रीमानले यौन दुरव्यवहार गरेको भन्दै श्रीमतिसंग ५० लाख रुपैयाँ बार्गेनिङ गर्ने तीन जना कास्की प्रहरीको फन्दामा परेका छन् ।
पोखरा ४ गैह्रापाटनको एक सुनचाँदी पसलमा काम गर्ने एक युवतीले आफूलाई साहुजीले यौद दुव्र्यवहार गरेको भन्दै आफ्ना दुई जना केटा साथी बलाएर पसल सञ्चालककी श्रीमतिसंग ५० लाख रुपैयाँ बार्गेनिङ गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा १५ टुटुंगाकी २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर बताउने ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी २ बस्ने ४० वर्षीय टेकबहादुर सुवेदी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरकी नायव उपरीक्षक हरिवहादुर बस्नेतका अनुसार उनीहरुले सुनचाँदी पसल सञ्चालककी श्रीमतिलाई पोखरा ६ लेकसाईड स्थित एक होटलमा बोलाई ‘जिन्दगीभर पुग्ने धनसम्पत्ती, बस्ने घर तथा व्यवसायको लागि प्रवन्ध गरी दिनुहोस् होइन भने हामी तिम्रो श्रीमानका विरुद्धमा विभिन्न मुद्दा मामिला गरी सडाई दिन्छौ’ भन्ने धाकधम्की दिएको र ५० लाख रुपैयाँ मागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई आपराधिक विश्वातघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा दिन ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।





