अधिकारकर्मी र मृतकका आफन्तहरूको अगुवाइमा भएको उक्त शान्तिपूर्ण विरोध सभामा सहभागीहरूले बालिका चौधरीको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले ‘जस्टिस फर गरिमा चौधरी’, ‘बलात्कारीलाई फाँसीको सजाय देऊ’ र ‘बलात्कार तथा हत्या जस्ता जघन्य अपराधविरुद्ध कडा कानून लागू गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । छोरी–चेलीमाथि भइरहेका जघन्य अपराधका घटना नियन्त्रण गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गर्दै उनीहरूले राज्यको ध्यानाकर्षण गराएका छन् । सत्य, न्याय र सुरक्षाका लागि आयोजित यस प्रदर्शनमा सहभागीहरूले दोषीलाई कानूनी कठघरामा उभ्याउन र भविष्यमा यस्ता घटना हुन नदिन सरकारसँग कडा कानूनको माग गरेका छन् ।–न्युज एजेन्सी नेपाल