पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ । मङ्गलवार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो । विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए । सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ । संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो । यसअघि महानगरपालिकाले ती संरचनाहरू हटाउन पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि बाध्य भएर डोजर प्रयोग गर्नुपरेको अधिकारीहरूको भनाइ छ । महानगरको यस कदमसँगै विद्यालयको अतिक्रमित जग्गा पुनः विद्यालयकै मातहतमा आउने र शैक्षिक वातावरणमा सुधार हुने अपेक्षा गरिएको छ । महानगरपालिकाले आगामी दिनमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउने अभियानलाई निरन्तरता दिने संकेत दिएको छ
कामु प्रधान न्यायाधीशले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहरसहित आजै दिउँसो १ बजेभित्र सबै निवेदन दर्ता गरी भोलि पेशी चढाउन आदेश दिएकी थिइन् ।
त्यसपछि कर्मचारीहरू कार्यालय छाडेर हिँडेको बताइएको छ । प्रशासनका मुख्य कर्मचारीहरू अहिले कुर्सी छाडेर हिँडेका छन् । यसको विरुद्ध केहीबेरमा वकिलहरुले सर्वोच्चमा प्रर्दशनको तयारी गरेका छन् ।
चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानुन व्यवसायीले गुनासो गरेका थिए ।
संवैधानिक प्रावधानअनुरूप दायर निवेदन र दरपीठविरुद्धका निवेदनलाई मुख्य रजिष्ट्रार र रजिष्ट्रारले अलमल्याउन खोज्नु न्यायपालिकाको स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामाथिको अकर्मण्यता भएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा ‘प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका माननीय न्यायाधीशले नै निर्देशन दिएकाले’ ती निवेदनहरू दर्ता नगरिएको खुल्न आएको भन्दै आदेशमा न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको स्मरण गराइएको छ ।
पोखरा महानगरपालिका वडा नं. ३२, राजाको चौतारा स्थित ब्रह्मरुपा माध्यमिक विद्यालयमा एसईई २०८२ अन्तर्गत प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) मा अध्ययनरत विद्यार्थीहरूको ‘डेटा स्ट्रक्चर एन्ड ओओपी कन्सेप्ट युजिङ सी ++’ (विषय कोड ४२११) विषयको प्रयोगात्मक प्राप्तांकमा पुनः गम्भीर त्रुटि देखिएको छ । यसले गर्दा धेरै विद्यार्थीको जिपिएमा प्रत्यक्ष असर परेको भन्दै विद्यालयले सम्बन्धित निकायप्रति आपत्ति जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यालयले ३ दर्जनभन्दा बढी विद्यार्थीहरूको प्रयोगात्मक मूल्यांकन निर्धारित मापदण्ड, परीक्षा प्रणाली तथा राष्ट्रिय परीक्षा बोर्डले तोकेको प्रक्रियाअनुसार अत्यन्त जिम्मेवारीपूर्वक सम्पन्न गरी समयमै सम्बन्धित निकायमा पठाएको बताए । तर प्रकाशित नतिजामा धेरै विद्यार्थीहरूको प्राक्टिकल नम्बर अस्वाभाविक रूपमा न्यून देखिएको, वास्तविक मूल्यांकनसँग मेल नखाएको तथा त्यसले समग्र जीपीएमा प्रत्यक्ष असर पु¥याएको उनले जानकारी दिए ।
अभिभावक शिवराज तिवारीका अनुसार केही विद्यार्थीले प्रयोगात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका भए तापनि नतिजामा प्राप्तांक अत्यन्त न्यून देखिएको सुनाए । ‘विद्यार्थीहरूले एक वर्षसम्म निरन्तर मेहनत गरेर राम्रो नतिजाको अपेक्षा गरेका थिए, तर प्रकाशित नतिजाले उनीहरूलाई निराश बनाएको छ,’ उनले भने ।
विद्यालयका शिक्षक शंकरप्रसाद मरासैनीका अनुसार यो समस्या नयाँ होइन । यसअघि एसईई २०८१ मा पनि यस्तै प्रकृतिको समस्या छोरीकोमा देखा परेको थियो । कम्प्युटर इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा प्राक्टिकल नम्बर अत्यन्त महत्वपूर्ण मानिने भएकाले त्यसमा भएको त्रुटिले उच्च शिक्षा अध्ययन, छात्रवृत्ति प्राप्ति तथा भविष्यको करियरमा समेत नकारात्मक प्रभाव पार्न सक्ने शिक्षकहरु बताउँछन् । विद्यालय प्रशासनले आफूहरूले सम्पूर्ण प्रक्रिया इमान्दारीपूर्वक पूरा गर्दा पनि बारम्बार यस्ता समस्या आउनुले समुदायमा विद्यालयप्रतिको विश्वास कमजोर बन्ने अवस्था सिर्जना भएको उल्लेख गरेको छ ।
वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिएका निवेदन तथा दरपीठविरुद्धको सुनुवाइमा उनले कानुन बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न भनेकी हुन् ।
चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानुन व्यवसायीले गुनासो गरेका थिए ।
मल्लले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढाउने व्यवहार एवं प्रयास भएको ठहराएकी छन् ।
संवैधानिक प्रावधानअनुरूप दायर निवेदन र दरपीठविरुद्धका निवेदनलाई मुख्य रजिष्ट्रार र रजिष्ट्रारले अलमल्याउन खोज्नु न्यायपालिकाको स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामाथिको अकर्मण्यता भएको आदेशमा उल्लेख छ ।
मुख्य रजिष्ट्रारको ध्यानाकर्षण गराउँदा ‘प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका माननीय न्यायाधीशले नै निर्देशन दिएकाले’ ती निवेदनहरू दर्ता नगरिएको खुल्न आएको भन्दै आदेशमा न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको स्मरण गराइएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ? भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘यहाँ फेरि पनि त्यही नक्सा माग गर्न चाहन्छु। जनताले त्यही देखेर केपी ओलीभन्दा राष्ट्रवादी नेता बालेन हो भनेर भोट खसाइदिएका हुन्। अहिले लिपुलेकको व्यापारिक मार्गको विषयमा किन चुपचाप हुनुहुन्छरु समर्थकले सरकारको बचाउको लागि फेसबुकमा चिठी हालेको भरलाई जनताले पत्याइदिनुपर्ने हो कि कूटनीतिक पहल पनि केही भएको छ?’
उनले मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भन्ने हल्ला के हो? भन्दै प्रश्न गरिन्। उनले सरकारमा रहेका मन्त्रीहरूको सुनको आम्दानीबारे पनि जनतालाई देखाउनुपर्ने बताइन्।
उनले थपिन्, ‘भ्रष्टाचारको विरोध गरेर उदाएको यो सरकारको मन्त्रीहरूको त्यत्रो धेरै सुन कहाँबाट आयो? बिल पनि सार्वजनिक गरियोस्। बिलबिना किनबेच हुँदैन, सुशासन र पारदर्शिता आफैँबाट सुरु गर्न सक्नुपर्छ।’
सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए ।
स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्याएका हुन् ।
भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले दशैँसम्म सबै सुकुम्बासीले पुर्जा पाउने भएकाले अहिले आन्दोलन गर्नुको अर्थ नरहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र रूपन्देही १ का मतदातासँग कुरा गर्दै उनले कसैको उक्साहटमा आन्दोलनमा नजान अनुरोध गरे ।
‘हामी भनेको गफ नदिइकन काम गर्ने टोली हो । सधैँ त्यसै गर्नेवाला हो । हामीले पहिलो क्याबिनेटको बैठकमा सुकुमबासी समस्या सधैँको लागि समाधान गर्ने योजनाका साथ अघि बढाएका छौँ,’ उनले भने, ‘त्यो सधैंको लागि समाधान गर्ने भनेर ५ कार्ययोजना बनायौँ, क्याबिनेटमा १०० दिनभित्र यसको के के गर्ने, के के गर्ने, के के गर्ने, एकदम टाइमलाइन अनुसार गएका छौं ।’ उनले भने, ‘अब यसमा काठमाडौँको केस भनेको त एकदमै अलग हो नि त । अरूलाई ढाँट्न त भएन नि, वर्षामा मान्छेहरू मरेको, समस्या भएकाले उनीहरुलाई विकलप चाहिएको हो ।’
उनले दोहोर्याए, ‘हाम्रो काम गर्ने जुन शैली छ त्यही रफ्तारमा हिँडेका छौँ, दशैँसम्म सबैले पुर्जा पाउछन् आन्दोलन गर्नुको अर्थ छैन ।’
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्न लागेको कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।
जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् ।
एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिकास्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
आजको बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मितिसमेत तोक्ने ती पदाधिकारीले जानकारी दिए ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी, उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।
नुवाकोट, विदुर नगरपालिका–१३ की २५ वर्षीया उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा आजन्म कैद भुक्तान गरिरहेकी थिइन् । भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमा भएकै अवस्थामा चिनजान भएको थियो । समिरकी आमा पनि कारागारमा कैद छन् । आमा भेट्न जाने क्रममा सपनासँग चिनजान हुँदै प्रेम सम्बन्ध विकास भएको एसएसपी खड्काले बताए ।
समिरकै उक्साहटमा सपना जेलबाट भागेको खड्काले बताए । भागेपछि रमाइलो गर्न उनीहरू डेरामा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सपनालाई कारागारमा फिर्ता ल्याएको कारागार प्रशासक (जेलर) कृष्ण चापागाईंले बताए ।
जेठ ४, २०८३ सोमबार
पोखरा महानगरपालिका वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचनाहरू हटाइएको छ ।