२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् ।  काठमाडौंमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । नेपालसँग आवश्यक जनशक्ति र क्षमता नभएको कारण डीएनएसम्बन्धी छुट्टै कानून निर्माण गरी संरचना बनाउनुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा बोल्दै फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले नेपालमा डीएनएसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले विधि विज्ञान प्रयोगशालासम्बन्धी कानूनमा फिङ्गरप्रिन्टमार्फत जाँच गर्न सकिनेसम्मको व्यवस्था राख्नुपर्नेमा जोड दिनुभयो । नेपालमा डीएनए ल्याव सञ्चालनमा ल्याइएको ६३ वर्ष भइसक्दा पनि दक्ष जनशक्ति हुन नसकेकोले डिएनएसम्बन्धी छुट्टै संरचना र जनशक्ति तयार गरेर मात्रै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिएनएमार्फत वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुग्नसक्ने भएपनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘यो विधेयकले डिएनएसम्बन्धी काम गर्न सक्दैन । फिन्गरप्रिन्टसम्मको मामलासम्ममा हामी गरौँ । अहिले नेपालले डिएनएसम्बन्धी प्रतिस्पर्धी कानून बनाएर लागु गर्न सक्दैन । मलाई यो देशमा एक जना डिएनएमा मास्टर्स गरेको मान्छे देखाउनुहोस् त । हाम्रो देशमा डिएनए ल्याब चलेको ६३ वर्ष भइसक्यो अहिलेसम्म एक जना दक्ष छैन । त्यसकारण यो विधेयकमा डिएनएसम्बन्धी व्यवस्था नगरौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक मोनिका झाले विधेयकमा विधि विज्ञान प्रयोगशालामा काम गर्ने कर्मचारीलाई उत्तरदायी बनाउन विधेयकमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दण्ड र सजायको व्यवस्था कानूनमार्फत नै लागू गर्न नसके कर्मचारी अराजक हुनसक्ने तर्फ राज्य सचेत हुनुपर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘पहिले यो ऐन आउन दिनुपर्छ । अर्को कुरा जुनसुकै ऐनमा दण्ड र सजाय हुन्छ । त्यसकारण विधि विज्ञान प्रयोशालमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दण्ड तथा सजाय दिने व्यवस्था गर्नुपर्छ । नत्र त्यहाँ काम गर्ने कर्मचारी अराजक हुन्छन् । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद ओजश्वी शेरचनले विधि विज्ञानसँग सम्बन्धित संवेदनशील विषयहरूलाई नियमावली र विनियमावलीमार्फत कार्यान्वयन गर्नेगरी विधेयकमा छिद्रहरु रहेको उल्लेख गर्दै विधेयकलाई पूर्ण बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले विधि विज्ञान प्रयोगशालामा काम गर्ने विज्ञको अनुभव सीमा र कार्यअवधिबारे समेत स्पष्ट कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यामे विधेयकले विधि विज्ञानसम्बन्धी सबै कुराहरु तोकेको छैन । तर यसमा नियमावली र विनियमावलीले धेरै कुराहरु तोक्ने कुरा गरेको छ । विनियमावलीहरु आफ्नै सहजताको आधारमा बनिरहेको हुन्छ । विधि विज्ञानको क्षेत्रमा त्यस्तो कुनै गम्भीर अपराधको कुरा आएमा त्यसलाई मुख्य कानूनले नै सम्बोधन गर्नुपर्ने हुन्छ । अर्को कुरा हामीले विज्ञताको कुरामा पनि छलफल गर्नुपर्नेछ । कतिको सिप र क्षमाता भएको मान्छेलाई विज्ञ मान्ने भन्नेकुरा पनि विधेयकमा समावेश गर्नुपर्छ ।’ जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु¥याउन तत्कालीन सरकारले उक्त विधेयक अगाडि बढाएको थियो ।

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् ।  काठमाडौंमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । नेपालसँग आवश्यक जनशक्ति र क्षमता नभएको कारण डीएनएसम्बन्धी छुट्टै कानून निर्माण गरी संरचना बनाउनुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा बोल्दै फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले नेपालमा डीएनएसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले विधि विज्ञान प्रयोगशालासम्बन्धी कानूनमा फिङ्गरप्रिन्टमार्फत जाँच गर्न सकिनेसम्मको व्यवस्था राख्नुपर्नेमा जोड दिनुभयो । नेपालमा डीएनए ल्याव सञ्चालनमा ल्याइएको ६३ वर्ष भइसक्दा पनि दक्ष जनशक्ति हुन नसकेकोले डिएनएसम्बन्धी छुट्टै संरचना र जनशक्ति तयार गरेर मात्रै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिएनएमार्फत वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुग्नसक्ने भएपनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘यो विधेयकले डिएनएसम्बन्धी काम गर्न सक्दैन । फिन्गरप्रिन्टसम्मको मामलासम्ममा हामी गरौँ । अहिले नेपालले डिएनएसम्बन्धी प्रतिस्पर्धी कानून बनाएर लागु गर्न सक्दैन । मलाई यो देशमा एक जना डिएनएमा मास्टर्स गरेको मान्छे देखाउनुहोस् त । हाम्रो देशमा डिएनए ल्याब चलेको ६३ वर्ष भइसक्यो अहिलेसम्म एक जना दक्ष छैन । त्यसकारण यो विधेयकमा डिएनएसम्बन्धी व्यवस्था नगरौँ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक मोनिका झाले विधेयकमा विधि विज्ञान प्रयोगशालामा काम गर्ने कर्मचारीलाई उत्तरदायी बनाउन विधेयकमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दण्ड र सजायको व्यवस्था कानूनमार्फत नै लागू गर्न नसके कर्मचारी अराजक हुनसक्ने तर्फ राज्य सचेत हुनुपर्ने बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘पहिले यो ऐन आउन दिनुपर्छ । अर्को कुरा जुनसुकै ऐनमा दण्ड र सजाय हुन्छ । त्यसकारण विधि विज्ञान प्रयोशालमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दण्ड तथा सजाय दिने व्यवस्था गर्नुपर्छ । नत्र त्यहाँ काम गर्ने कर्मचारी अराजक हुन्छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद ओजश्वी शेरचनले विधि विज्ञानसँग सम्बन्धित संवेदनशील विषयहरूलाई नियमावली र विनियमावलीमार्फत कार्यान्वयन गर्नेगरी विधेयकमा छिद्रहरु रहेको उल्लेख गर्दै विधेयकलाई पूर्ण बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले विधि विज्ञान प्रयोगशालामा काम गर्ने विज्ञको अनुभव सीमा र कार्यअवधिबारे समेत स्पष्ट कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यामे विधेयकले विधि विज्ञानसम्बन्धी सबै कुराहरु तोकेको छैन । तर यसमा नियमावली र विनियमावलीले धेरै कुराहरु तोक्ने कुरा गरेको छ । विनियमावलीहरु आफ्नै सहजताको आधारमा बनिरहेको हुन्छ । विधि विज्ञानको क्षेत्रमा त्यस्तो कुनै गम्भीर अपराधको कुरा आएमा त्यसलाई मुख्य कानूनले नै सम्बोधन गर्नुपर्ने हुन्छ । अर्को कुरा हामीले विज्ञताको कुरामा पनि छलफल गर्नुपर्नेछ । कतिको सिप र क्षमाता भएको मान्छेलाई विज्ञ मान्ने भन्नेकुरा पनि विधेयकमा समावेश गर्नुपर्छ । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु¥याउन तत्कालीन सरकारले उक्त विधेयक अगाडि बढाएको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी र व्यापारीहरूले जिरोमाइल चोकमा चक्काजाम गरी प्रदर्शन गरेका छन् ।
  • सरकारले २१ वैशाख २०८३ को राजपत्रमा सूचना प्रकाशित गरी बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

११ जेठ,

सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् ।

छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले आज चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् ।

 

नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा स्थानीय आन्दोलित बनेका हुन् ।

यसअघि २५ वैशाखदेखि २७ वैशाखसम्म उनीहरूले चरणबद्ध आन्दोलन गरेका थिए ।

१० जेठ,

शिरमाथि नेपाल आमालाई

 

काँधमाथि ज्ञानेन्द्र राजालाई’

यी गीतका शब्दहरु युट्यूबमा केही दिनयता चर्चामा छ । प्रधानमन्त्री बालेन शाहको आधिकारिक युट्यूब च्यानलको नाममा देखिने यो गीतमा उनकै च्यानलमा आउनेजस्तो उल्लेख्य भ्यूज भने छैन । तीन महिनाअघि (२० फेब्रुअरी, २०२६) अपलोड भएको गीतमा यो रिपोर्ट तयार गरुन्जेलसम्म जम्मा २४ हजार भ्यूज छ । १९ सय लाइक र ४ सय बढी कमेन्ट छन् ।

 

जबकि बालेन शाहको युट्यूब च्यानलमा यसअघि उल्लेख्य भ्यूज आएको देखिन्थ्यो । तर, अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको यो गीतमा त्यति भ्यूज छैन । यसलाई लिएर कतिपयले अनुमान गर्दै लेखिरहेका छन्, ‘तीन महिनाअघि अपलोड गरेर प्राइभेटमा राखिएको गीत अहिले पब्लिक गरियो । त्यसैले भर्खर रिच आउन सुरु हुँदैछ ।’

उक्त भिडियोको तल बीस्ट इन नेपाल नामका प्रयोगकर्ताले लेखेका छन्, ‘फेसबुकमा हेरेर आउने को–को हुनुहुन्छ ?’

त्यस्तै, लभनेपाल–२९ नामक प्रयोगकर्ताले यो गीतलाई ट्रेन्डिङमा ल्याएर राजतन्त्र पक्षधरले गणतन्त्र फाल्नुपर्ने तर्क राखेका छन् ।

कमेन्टबक्समा प्रतिक्रिया बढ्दो देखिन्छन् । कतिले त बालेनसँग यो गीतको मर्मअनुसार काम गर्न पनि अनुरोध राखेका छन् । अधिकांशले यो गीत बालेन स्वयंले आफ्नो च्यानलमा राखेको भन्दै खुसी व्यक्त गरिरहेका छन् भने कतिपयले व्यवस्था विरोधी बालेनको छवि अब स्पष्ट भएको भन्दै आलोचना पनि गरिरहेका छन् ।

यो भिडियोको थम्बनेलमा भने ‘शिरमाथि नेपाल आमा’ लेखिएको छ, जुन गीतको शीर्षक नै हो । थम्बनेलमा स्वयम्बु, गौतमबुद्ध, हिमाल र त्यसको सुरक्षार्थ खेटिएको देखाउन हतियारधारी सेना प्रयोग गरिएको छ । सँगसँगै हात जोडिरहेकी प्राथनारत् एक वृद्धा पनि अगाडि देखिन्छिन् ।

तर, यो गीत बालेनको अधिकारिक युट्यूब च्यालनभित्र गएर हेर्दा भने कतै देखिँदैन । सामाजिक सञ्जालमा सेयर भइरहेका लिङ्कमा गएर थिच्दा उनकै आधिकारिक च्यानलको नाममा देखिएपनि च्यानलभित्र पोस्ट देखिँदैन । यो गीतको थम्बनेल र आवाज सबै एआईको माध्यमबाट निर्मित स्पष्ट झल्कन्छ ।

यसरी सेयर भइरहेको यो भिडियोको डिस्क्रिप्सनमाथि लेखिएको छ, ‘प्रोभाइडेड टु युट्यूब बाइ डिस्ट्रोकिड ।’ अर्थात, यो भिडियो डिस्ट्रोकिडमार्फत यस च्यानलमा उपलब्ध गराइएको हो ।

यो गीत धर्मराज थापाले गाएको ‘शिरमाथि नेपाली आमालाई…’ गीतको लय र शब्दसँग मिल्दोजुल्दो सुनिन्छ । उक्त गीतमा महेन्द्र भनिएको ठाउँमा यसमा भने ज्ञानेन्द्रको नाम लिएको छ ।

धेरै नेपाली कलाकारहरूको युट्युब प्रोफाइल सम्हाल्दै आएका एक विज्ञका अनुसार, यो कुनै भिडियो नभएर केवल अडियो मात्र बज्ने ट्याक हो ।

अन्तर्राष्ट्रिय बजारमा ‘डिस्ट्रोकिड’ जस्ता एजेन्सीहरू छन्, जसको काम कलाकारको गीतलाई युट्युब म्युजिक, एप्पल म्युजिक वा स्पोटिफाइमा पुर्‍याउने हो । यस्ता एजेन्सीमा जोसुकैले पनि फेसबुक खोले जस्तै सजिलै अकाउन्ट बनाउन सक्छन् ।

उनी भन्छन्, ‘कसैले एआईबाट बनेको वा अरूकै कुनै देशभक्ति गीतलाई यो एजेन्ट मार्फत युट्युबमा पठायो र चलाखीपूर्वक कृयटर्सको ठाउँमा ‘बालेन’ को नाम र प्रोफाइल लिङ्क गरिदियो होला, क्लिकबेटको लागि । यो समस्या हामीले पनि झेल्दै आएका छौँ ।’

जस्तो, केही समयअघि स्थापित गायकहरू सुशान्त केसी, समिर श्रेष्ठ र स्वप्न सुमनको आधिकारिक युट्युब प्रोफाइलमा पनि यसै गरी कसैले जानाजानी वा प्राविधिक गल्तीका कारण लोकदोहोरी गीतहरू लिंक गरिदिएको उदाहरण रहेको उनले बताए । यसपटक बालेनको हकमा पनि त्यस्तै हुनसक्ने आकलन उनको छ ।

के हो डिस्ट्रोकिड ?

हामीले फेसबुक वा टिकटकमा सिधै भिडियो हाले जस्तो, कुनै पनि गायकले आफ्नो गीत सिधै युट्युब म्युजिक, स्पोटिफाइ वा एप्पल म्युजिक जस्ता ठूला एपहरूमा आफैं अपलोड गर्न मिल्दैन । त्यसका लागि बीचमा एउटा माध्यम चाहिन्छ, जसलाई प्राविधिक भाषामा ‘डिजिटल डिष्ट्रीब्युटर’ भनिन्छ । डिस्ट्रोकिड संसारभरि चल्ने त्यस्तै एउटा एजेन्सी हो ।

कलाकारहरूले डिस्ट्रोकिडमा आफ्नो अकाउन्ट खोल्छन् । वार्षिक केही शुल्क तिर्छन् र आफ्नो गीत र कभर फोटो त्यहाँ अपलोड गर्छन् । त्यसपछि डिस्ट्रोकिडले उक्त गीतलाई म्युजिक एपहरूमा एकैसाथ पठाइदिन्छ र त्यहाँबाट हुने कमाइ कलाकारलाई दिन्छ ।

डिस्ट्रोकिडमा जोसुकैले पनि फेसबुकमा नयाँ एकाउन्ट खोले जस्तै सजिलै खाता खोल्न सक्छन् । यसले यो गीत आधिकारिक क्रियएटर्ससँग सम्बन्धित छ वा छैन भन्ने कुराको परवाह राख्दैन । आधिकारिता जाँच्दैन ।

यही लुपहोलको फाइदा उठाएर कुनै क्रिययटरले पनि डिस्ट्रोकिडमा अकाउन्ट खोलेर र अरूकै गीत अपलोड गरेर गायकको ठाउँमा ‘बालेन’ लेखेर पठाइदिनसक्छ ।

डिस्ट्रोकिडले बिनाजाँच त्यो गीत युट्युब म्युजिकमा फरवार्ड गरिदियो र युट्युबको सिस्टमले पनि नाम मिल्ने बित्तिकै त्यसलाई बालेनकै प्रोफाइलसँग भित्रभित्रै लिङ्क गरिदियो भने यसरी देखाउने सम्भावना रहन्छ ।

यसरी डिस्ट्रोकिडमार्फत बालेनको युट्यूब च्यानलसँग एसोसियट भएको हुनसक्ने सम्भावना जानकारहरु बताउँछन् । यद्यपि, यसरी बालेनको युट्यूब च्यानलमा लिङ्क भएको यो पहिलो गीत भने होइन । केही दिनयता अर्को गीत ‘ह्याप्पी होली, बाइबाइ ओली’ पनि चर्चामा छ । यो गीतमा पनि उसैगरी प्रतिक्रियाहरु आइरहेका देखिन्छन् ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट  टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गर्नुभएको छ ।  काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताउनु भयो । कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायधीशहरुले फैसला गर्छौँ त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने । कुनै एउटा फैसला ग¥यो वा कुनै एउटा राम्रो मुद्दाको बहस गर्यो भने त्यसको नतिजा राम्रो आयो भने प्रसंशा आउँछ । ओ हो म त भयंकर रैछु भन्ने वा नराम्रो भए राक्षस नै रहेछु  भन्ने सोचाइको विकास हुन्छ । त्यसकारण त्यो दिनको बेलुकाको अनलाइन मिडिया र सोसियल मिडिया हेर्नु भएन भने भोलि बिहानदेखि त्यो कुराको भाष्य नै परिवर्तन भइसकेको हुन्छ । त्यसकारण तपाइले जुनदिन सार्वजनिक सरोकारको मुद्दाको पैरवी वा फैसला गर्नुह्न्छ त्यो दिनको केही पनि नहेर्नु ।’ न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरुले त्यसदिन अनलाइन र सोसल मिडिया नहेर्नु नै उपयुक्त हुने धारणा राख्नुभयो ।

whatsapp sharing button

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । भारत सरकारको निमन्त्रणमा नै भ्रमण कार्यक्रम बनेको रास्वपा स्रोतले बताएको छ ।
रास्वपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन् । भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण पनि स्थगित भएको छ । खनाल आउँदो जेठ १८ गते ‘बिग क्याट अलाइन्स’ को सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा थिए । तर, उक्त सम्मेलन नै स्थगित भएपछि खनाल रोकिएका हुन् ।

रास्वपा स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति लामिछानेलाई दुई दिनको भ्रमणका लागि निम्तो दिएको छ । सभापति लामिछाने पनि जेठ १८ कै आसपास भारत जाने तयारी रहेको स्रोतले बतायो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।

नयाँ सरकार गठनपश्चात दुई देशबीच आपसी सम्वन्ध चिसिन थालेको चर्चाबीच सभापति लामिछानेको यो भेटलाई महत्वका साथ हेरिएको छ । भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो ।
 

तर, अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन । विगतमा जस्तै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउन मोदी सरकार आतुर छ । तर, प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुन देशमा पनि भ्रमण गर्न सकिने मनस्थितिमा रहेका छन् ।

शाहको भारत भ्रमणकै ताकेताका लागि मोदीले विदेश सचिवलाई नेपाल पठाउन खोजेका थिए । तर, प्रधानमन्त्री शाहको भेट नपाउने भएपछि भ्रमण रद्द गरिएको थियो । प्रधानमन्त्री शाहले विदेशमन्त्रीभन्दा तलका विदेशी दूतलाई अत्यावश्यक अवस्थामा बाहेक नभेट्ने प्रोटोकल बनाएका छन् ।

 

पोखरा ।

पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान सुरू गरेको छ । ३५ दिने अल्टिमेटम समय सकिएसँगै आइतबारदेखि डोजर चलाउने अभियान थालिएको हो ।

वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।

यस अभियान अन्तर्गत खोलाघर खाली गर्ने कार्य तीन मुख्य स्थानबाट एकैसाथ सुरू गरिएको छ।पोखरा-२ र १८ को सिमाना अन्धेरिकुनादेखि वडा नं ४ तर्फ, पोखरा-४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिर क्षेत्रदेखि वडा नं ५ र ८ तर्फ ,पोखरा-७ र ८ को सिमाना जिरो किलोमिटरस्थित लायन्स भवन क्षेत्रदेखि वडा नं ६ तर्फ अवैध संरचना खाली गराउन थालिएको हो ।

अभियानका लागि एक्साभेटर, जेसीबी र टिपर परिचालन गरिएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा काम भइरहेको महानगरले जनाएको छ।

अभियानको शुभारम्भ जिरो किलोमिटरबाट मेयर धनराज आचार्यले गरेका छन्। उनी स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहेका छन्।

१० जेठ,

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

 

केन्द्रीय बैंकका अनुसार क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ १९ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

 

थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

त्यसैगरी, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३७ पैसा तोकिएको छ । डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७१ पैसा र बिक्रीदर २३ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ ०८ पैसा तथा बिक्रीदर ५०० रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ २८ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

९ जेठ,

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स-सम्मान अध्यक्ष पदबाट बिदा लिन आग्रह गरेकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेतृ शाक्यले ओलीको दम्भ, घमण्ड र गुटगत सोचका कारण पार्टी कमजोर स्थितिमा पुगेको भन्दै नेतृत्व पुस्तान्तरण गर्न जोडदार माग गरेकी हुन्।

अध्यक्ष ओलीले तीन कार्यकाल नेतृत्व गरिसकेको स्मरण गराउँदै उनले अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएकी छन्।

 

‘सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ,’ शाक्यले ओलीलाई लक्षित गर्दै लेखेकी छन्, ‘कमरेडले यही बैठकबाट स-सम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ।’

निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको पार्टी कमजोर स्थितिमा पुगेको भन्दै उनले ओलीको कार्यशैलीप्रति कडा प्रहार गरेकी छन्। एमाले लाखौं कार्यकर्ताहरूको त्याग, संघर्ष र बलिदानको रगतले जन्मेको पार्टी भएको स्मरण गराउँदै उनले यसलाई व्यक्तिको पेवा वा गुटको कम्पनी नठान्न चेतावनी दिएकी छन्।

 

नेतृ शाक्यले आजको एक्काइसौं शताब्दीमा पार्टी सञ्चालनका लागि विचार, सामूहिकता, संघर्ष र इमान आवश्यक पर्ने स्पष्ट पारेकी छन्। व्यक्तिको गुणगान र चाकरीमा समय खर्च गर्नुभन्दा देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला आएको उनको भनाइ छ। कार्यकर्ताको भावना बुझेर ओलीले पार्टीलाई बन्धक बनाउन नहुने निष्कर्ष शाक्यको छ।

अष्टलक्ष्मीको सुझाव

कमरेड अध्यक्ष केपी शर्मा ओली,

तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचनपश्चात् गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनः नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्‍याउन सकिन्छ। अहिले पनि तपाईंले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु।

बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौँ कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन। एमाले तपाईंको गुटको कम्पनी पनि होइन। त्यसैले कमरेड, सास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।

अहिले एक्काइसौँ शताब्दीमा छौँ हामी। आजको समयको माग विचार, सामूहिकता, सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ। कमरेडले यही बैठकबाट ससम्मान अध्यक्ष पदबाट बिदा लिनु राम्रो हुन्छ।

नेकपा एमाले पुनर्जीवित गर्न, अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन सकिन्छ। व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थ भावना राखेर काम गर्ने बेला हो। आजको समयको माग पनि यही हो।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठकमा चार उपाध्यक्षले पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको प्रस्ताव राखेका छन्।
  • अध्यक्ष केपी शर्मा ओली पक्षमा रामबहादुर थापा मात्र उभिएका छन् र ओलीले पदाधिकारीलाई निर्देशन दिएका छन्।
  • उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर पार्टी जोगाउनुपर्ने र निर्मम समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।

९ जेठ, काठमाडौ । नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा उपाध्यक्षहरुले राखेको प्रस्ताव र अध्यक्ष केपी शर्मा ओलीको अडानका कारण पनि आजको बैठक महत्वपूर्ण हुने नेताहरु बताउँछन् ।

हिजो चार जना उपाध्यक्षले एकमतका सथ पार्टी पुनर्गठनको प्रस्ताव राखेका थएि । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट र रघुजी पन्तले नेतृत्व परिवर्तनको निष्कर्ष सुनाएका थिए ।

 

अध्यक्ष ओलीका पक्षमा भने रामबहादुर थापा मात्रै उभिएका छन् । नेतृत्वको रक्षा गर्नुपर्ने बेला परिवर्तनको प्रस्ताव अगाडि बढाउन नहुने थापाको प्रस्ताव थियो । ओलीले पनि थापाकै लाइनअनुसार नेताहरु उभिनुपर्ने निर्देशन दिएका थिए ।

‘हिजोको बैठक सकिदै गर्दा केपी ओलीले महासचिव, उपमहासचिव र सचिवहरुलाई तर्साउनेगरी निर्देशन दिनुभएको थियो,’ एक पदाधिकारी भन्छन्, ‘पृथ्वीसुब्बा गुरुङले त्यसको प्रतिवाद त्यही गर्नुभयो । तर बोल्न बाँकी पदाधिकारीहरु कता उभिन्छन् आज देखिनेछ ।’

 

उपाध्यक्षहरुमा देखिएकै प्रवृत्ति बाँकी पदाधिकारीमा देखिए ओलीको पद संकटमा पर्नेछ । ‘उहाँलाई साथ दिदै आएका पदाधिकारीहरुले राजीनामा माग्ने स्थिति आएको छ । उपाध्यक्षहरुमा जस्तै बाँकी पदाधिकारीमा पनि केपी ओलीको विकल्प खोज्नेगरी बोल्ने अनुमान छ,’ उनी भन्छन् ।

शुक्रबार बसेको एमाले सचिवालय बैठक ।

शुक्रबार राजीनामा शब्द उच्चारण नगरेपनि उपाध्यक्षहरुले बुझिनेगरी मार्गप्रशस्त गर्न ओलीलाई सुझाव दिइएको छ । उपाध्यक्ष गोकर्ण बिष्टले सबैले पद त्यागेर भएपनि एमाले जोगाउनुपर्ने सुझाव राखेका थिए ।

‘पर्यो भनेर मेरो ठाउँ त्याग्न तयार छु । हामी सबैले पद त्याग्न पनि तयार हुनुपर्छ,’ उपाध्यक्ष बिष्टको प्रस्ताव थियो, ‘दक्षिणपन्थी अवसरवादविरुद्ध लड्ने भनेर हिडेको हामी कहाँ चुक्यौ । निर्मन समीक्षा गर्नुपर्छ ।’

उपाध्यक्ष बिष्टले पार्टीका हरेक तहका नेताले आवश्यक पर्दा त्याग गर्न तयार छु भन्ने भावना बोकेर पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाएर गल्ती भएको निष्कर्ष सुनाएका थिए ।

विगतका कमजोरी खोतल्ने क्रममा उपाध्यक्ष पौडेले २३ भदौमा प्रधानमन्त्री पदबाट राजीनामा नदिएर ओलीले गल्ती गरेको पनि तर्क गरेका थिए । ‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।