२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गर्नुभएको छ । 
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष राईले नियमावलीको नियम १५ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न सभामुखलाई आग्रह गर्नुभएको हो । सभामुखलाई सम्बोधन गर्दै राईले लामो समयदेखि आफूहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी ‘रुलिङ’ हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सदनको गरिमा कायम राख्नका लागि प्रधानमन्त्रीलाई सदनमा ल्याउनुपर्ने, अन्यथा नियमावलीको नियम ३१ को उपनियम (१) प्रयोग गरी आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिनुभयो । 
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) लागू गरेर मलाई यो सदनबाट निष्कासन गरी सदनको गरिमा बढाइदिनुहुन म अनुरोध गर्दछु । कि त प्रधानमन्त्रीज्यूलाई यहाँ बोलाइदिनु पर्यो, होइन भने मलाई निस्केर जा भन्नुप¥यो ।’
राईले सभामुखको कार्यगत बाध्यता र परिस्थितिप्रति आफू जानकार रहेको भएपनि नियमको पालना नहुँदा सदनको मर्यादामा आँच पुगेको टिप्पणी गर्नुभयो । 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा अवस्थित सुन खानीको शहर मोंग्बालु हाल इबोला भाइरसको प्रकोपबाट सर्वाधिक प्रभावित क्षेत्र बनेको छ । यस क्षेत्रमा भाइरसको संक्रमणसँगै सर्वसाधारणमा व्याप्त डर, अफवाह र अविश्वासले स्वास्थ्य संकटलाई थप जटिल बनाएको छ । मोंग्बालुको शुनी १ टोलमा इबोलाले जनजीवन प्रभावित तुल्याएको छ । त्यहाँका स्थानीय बासिन्दाहरू स्वास्थ्य प्रणालीको कमजोरी र भीडभाडका कारण मात्र नभई, गलत सूचनाका कारण पनि त्रसित छन् । सुरक्षित अन्त्येष्टि टोली गाउँ पस्दा स्थानीयहरू भयभित र रुष्ट देखिने गरेका छन् । केही बासिन्दाहरू स्वास्थ्यकर्मीले शव कब्जा गरेको आरोप लगाउँछन् भने कतिपयले प्रयोग गरिएका शव व्यवस्थापनका सामग्री र कफिनका कारण नै मानिसहरूको मृत्यु भइरहेको भ्रामक विश्वास पालेका छन् । 
कङ्गोको स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मोंग्बालु स्वास्थ्य क्षेत्रमा ३३९ संदिग्ध संक्रमित र ८८ जनाको मृत्यु भइसकेको छ । सशस्त्र हिंसा र विस्थापनको चपेटामा परेको पूर्वी कङ्गोमा स्वास्थ्य सेवाको पहुँच पहिलेदेखि नै सीमित रहेको छ । 
अन्त्येष्टि टोलीका सुपरभाइजर जोन तुमुद्जिबेकाअनुसार समुदायमा फैलिएको भ्रम चिर्न मृतकका परिवारलाई नै प्रक्रियामा सहभागी गराउने रणनीति अपनाइएको छ । इबोला भाइरस शरीरका तरल पदार्थबाट सर्ने भएकाले परम्परागत अन्त्येष्टि पद्धति (शवलाई धुने र छुने कार्य) संक्रमण फैलाउने मुख्य कारक मानिन्छ । सुरक्षित अन्त्येष्टि टोलीले शवलाई कीटाणुरहित बनाउने, सुरक्षित रूपमा ¥यापिङ गर्ने र नियन्त्रित सुरक्षा उपायका साथ अन्त्येष्टि गर्ने गर्दछ । शुरुमा प्रतिरोध गर्ने केही स्थानीयहरू अहिले यो प्रक्रिया स्वीकार गर्न थालेका छन् । 
स्वास्थ्यकर्मीहरूले केवल भाइरससँग मात्र नभई, समुदायमा व्याप्त आक्रोश र हिंसासँग पनि लड्नु परिरहेको छ । मे २१ यता इटुरी प्रान्तमा इबोला उपचार र आइसोलेसन केन्द्रहरूमा कम्तीमा तीनवटा आक्रमणका घटनाहरू दर्ता भएका छन् । 
रुवाम्पारामा परम्परागत अन्त्येष्टिका लागि शव नदिइएको भन्दै प्रदर्शनकारीहरूले उपचार केन्द्रमा आगजनी गरेका थिए । त्यस्तै, मोंग्बालुमा डक्टर्स विदाउट बोर्डर्सको सहयोगमा निर्मित टेन्टहरू जलाइएका छन् । आईतवार साँझ मात्र केही युवाहरूको समूहले मोंग्बालु जनरल अस्पतालमा आक्रमण गरी दुईवटा शव जबर्जस्ती लैजाने प्रयास गरेका थिए, जसका कारण चिकित्सक र बिरामीहरूले भागदौड गर्नुपरेको थियो । 
अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका मोंग्बालुका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा समेत पाएका छैनन् । तुमुद्जिबेकाअनुसार अन्त्येष्टि टोलीका सदस्यहरूले पारिश्रमिक बिना नै केवल मानवीय जिम्मेवारी बोधले काम गरिरहेका छन् । अधिकारीहरूले यो संकट समाधानका लागि स्थानीय समुदायको सहयोग र चेतना अभिवृद्धिमा जोड दिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरणको संरक्षण गर्न सरोकारवालाहरूसमक्ष आग्रह गर्नुभएको छ । 
मे २९ अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो । सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले यसको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।  उहाँले सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल गर्न र अन्तर्राष्ट्रिय सहकार्य तथा संवाद वृद्धि गर्न यस्ता सम्मेलनको विशेष महत्व रहने उल्लेख गर्नुभयो । राष्ट्रपतिले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोर जस्ता समस्या अहिले ठुलो चुनौती बनेका छन् । यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ । सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो । यी सम्पदाको संरक्षण, संवर्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुग्दै आएको विदितै छ । तथापि विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेका छन् । यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको वातावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो ।’
राष्ट्रपति पौडेलले दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको बताउँदै सम्मेलनले पर्वतारोहणका क्रममा प्राप्त ज्ञानलाई सगरमाथाको जीवन्तताका लागि उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सन् १९५३ मा शाहसी पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेसँगै सुरु भएको पर्वतीय पर्यटनको ऐतिहासिक महत्वबारे चर्चा गर्दै राष्ट्रपतिले पर्वतारोहणको माध्यमबाट नेपालको नाम विश्वभर फैलाउन योगदान दिने कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान प्रकट गर्नुभयो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियारले छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूको उपचारबापतको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ ।
  • पार्टी कोषबाट भीभीआईको उपचार खर्च फिर्ता गरिएको विषयमा उपाध्यक्ष गोकर्ण बिष्टले सचिवालय बैठकमा प्रश्न उठाउनुभएको छ ।
  • अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको लेबीबाट भीभीआईको उपचार खर्च बेहोरिएको विषयमा बैठकमा उठेका प्रश्नहरूको कुनै जवाफ दिनुभएन ।

१२ जेठ,

गैरकानुनी रुपमा राज्य कोषबाट गरिएको भीभीआईको उपचार खर्च पार्टीको कोषबाट फिर्ता गरिएकोबारे उठेको प्रश्नलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेका छन् ।

कार्यकर्ता पंक्तिले सामाजिक सञ्जाल र अनौपचारिक आग्रह मार्फत यसबारे चासो राखेका थिए । थुप्रैले कार्यकर्ताको लेबीबाट उठेको पैसा नेतृत्वले गरेको गल्ती छोप्न खर्च गर्न नहुने भनेर आपत्ति जनाएका थिए ।

‘..हिजो ठूलाबढाले गरेको करोडौं अनियमित खर्च मात्र पार्टी कोषबाट तिर्ने हो कि जन्दगीभर पार्टी काम गर्दागर्दै खानै समस्या परेका पार्टी कार्यकर्तालाई पनि थोरै हेर्ने हो,’ एमालेका पुराना नेता उदयराज पाण्डेले लेखेका छन् ।

अर्का नेता अरविन्द सिंहको यस्तै आक्रोश थियो । ‘लाखौंलाख पार्टी सदस्यहरूको लेबी आफ्नो कर्तुत लुकाउन सिध्यायो,’ उनले फेसबुकमा लेखेका थिए, ‘पद, पैसा र अवसरको लोभमा कार्यकर्ता पंक्तिलाई दास र लास बनायो ।’

यस्ता आक्रोशहरूलाई सुनेका उपाध्यक्ष गोकर्ण बिष्टले पार्टीको सचिवालय बैठकमै उपचार खर्च पार्टी कोषबाट फिर्ता गरिएकोबारे जिज्ञासा राखेका थिए ।

‘कार्यकर्ताहरूको लेबीबाट उठेको कोषबाट पैसा सरकारलाई फिर्ता गरियो भनेर मिडियाहरूमा समाचार आएको छ,’ बिष्टले अध्यक्ष ओलीलाई सोधेका थिए, ‘भएको के हो ? यस्तो गर्न मिल्छ कि मिल्दैन ?’

बैठक स्रोतका अनुसार, चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा ओलीले यसबारे कुनै जवाफ दिएनन् । ‘गोकर्ण बिष्टले राखेको प्रश्नमा अरु पदाधिकारीहरूको पनि समर्थन देखिन्थ्यो । यसको जवाफ चाहिन्छ भनिएको थियो,’ स्रोत भन्छ, ‘तर ओलीले यसतर्फ कुनै जवाफ नदिई बैठक सकियो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा राज्य कोषबाट विदेशमा भएको उपचार खर्च बेहोर्ने निर्णयमाथि छानबीन थालेपछि एमालेले पार्टी कोषबाट उक्त खर्च फिर्ता गरेको थियो ।

पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाललाई विदेशमा उपचार गराउँदा लागेको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ एमालेले आफ्नो पार्टी कोषबाट फिर्ता गरेको छ ।

पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

आफ्नो अभियानको क्रममा पर्सा पुगेका उनलाई गत ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको थियो । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

 

राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाक, रास्वपा सभापति रवि लामिछानेलगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको उनीमाथि आरोप छ ।

 

प्रसाईंले केही दिनअघि एक युट्यूव अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हर्क साम्पाङलाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए ।

साथै हिन्दूराष्ट्र र रा

 २०८३ जेठ १२ गते

१३:३० 

श्रम संस्कृति पार्टीले पार्टीका कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ।
पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पार्टी मातहतको समितिलाई यस्तो निर्देशन दिएका हुन्।

पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ।’

 

पत्रमा अध्यक्ष साम्पाङलाई श्रम पिताको रूपमा व्याख्या गरिएको छ।

 २०८३ जेठ १२ गते

facebook sharing button
 

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा उनीहरूबीच सामूहिक भेट र संवाद जारी छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ ।

 

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

१२ जेठ,

काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो ।

सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।

 

‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा भएका सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ अन्तिम पटकका लागि भन्दै जारी सूचनामा लेखिएको छ ।

२८ साउन २०८२ मा उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।

अदालतको आदेशबमोजिम १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ ।

त्यसअघि मिश्रले भाडा असुल उपर गरी घर जग्गा खाली गराइदिन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिको न्यायिक समितिमा मुद्दा हालेका थिए ।

समितिले १४ कात्तिक २०८१ मा माग दाबीबमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गासमेत खाली गराइदिने ठहर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस

सहकारीको २१ अर्ब ठगलाई राज्यकै संरक्षण : गोल्छादेखि पाण्डेसम्म समातिए, भेटिएनन् जीबी राई !

जीबी राईले सहकारी संस्थाका रकम अपचलन गरी गोरखा मिडिया प्रालिबाट सन्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका थिए । त्यसको खुलासा भएपछि उनी हाल फरार छन् । जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछानेले समेत सहकारी संस्थाको रकम अपचलनको मुद्दा खेपीरहेका छन् ।

हेर्नुहोस् सूचना– 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटवार्तामा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ ।

१२ जेठ,

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले  युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने भएका छन् ।

उनले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।

 

यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिनुभएको छ । समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै उहाँले वार्तालाई निष्कर्षमा पु¥याउन हतारिनु आवश्यक नरहेको बताउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न नभएसम्म, यसको प्रमाणीकरण नभएसम्म र अन्तिम हस्ताक्षर नहुन्जेल नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताउनु भयो । उहाँले सम्झौताका लागि दुवै पक्षले पर्याप्त समय लिएर सही निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति ट्रम्पले इरानलाई कुनैपनि हालतमा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहो¥याउनु भयो । उहाँले हाल भइरहेको वार्ता प्रक्रिया व्यवस्थित र रचनात्मक ढंगले अघि बढिरहेको समेत जानकारी दिनुभयो । यसैबीच, इजरायली सरकारी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द नभएसम्म र आफ्नो क्षेत्रबाट सम्पूर्ण संवद्र्धित युरेनियम नहटाएसम्म कुनैपनि अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिनुभएको छ । अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले शनिवार इरान र अमेरिका युद्ध अन्त्यका लागि समझदारी पत्रलाई अन्तिम रूप दिन प्रयासरत रहेको बताउनुभएको थियो । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।