२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा अवस्थित सुन खानीको शहर मोंग्बालु हाल इबोला भाइरसको प्रकोपबाट सर्वाधिक प्रभावित क्षेत्र बनेको छ । यस क्षेत्रमा भाइरसको संक्रमणसँगै सर्वसाधारणमा व्याप्त डर, अफवाह र अविश्वासले स्वास्थ्य संकटलाई थप जटिल बनाएको छ । मोंग्बालुको शुनी १ टोलमा इबोलाले जनजीवन प्रभावित तुल्याएको छ । त्यहाँका स्थानीय बासिन्दाहरू स्वास्थ्य प्रणालीको कमजोरी र भीडभाडका कारण मात्र नभई, गलत सूचनाका कारण पनि त्रसित छन् । सुरक्षित अन्त्येष्टि टोली गाउँ पस्दा स्थानीयहरू भयभित र रुष्ट देखिने गरेका छन् । केही बासिन्दाहरू स्वास्थ्यकर्मीले शव कब्जा गरेको आरोप लगाउँछन् भने कतिपयले प्रयोग गरिएका शव व्यवस्थापनका सामग्री र कफिनका कारण नै मानिसहरूको मृत्यु भइरहेको भ्रामक विश्वास पालेका छन् । 
कङ्गोको स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार मोंग्बालु स्वास्थ्य क्षेत्रमा ३३९ संदिग्ध संक्रमित र ८८ जनाको मृत्यु भइसकेको छ । सशस्त्र हिंसा र विस्थापनको चपेटामा परेको पूर्वी कङ्गोमा स्वास्थ्य सेवाको पहुँच पहिलेदेखि नै सीमित रहेको छ । 
अन्त्येष्टि टोलीका सुपरभाइजर जोन तुमुद्जिबेकाअनुसार समुदायमा फैलिएको भ्रम चिर्न मृतकका परिवारलाई नै प्रक्रियामा सहभागी गराउने रणनीति अपनाइएको छ । इबोला भाइरस शरीरका तरल पदार्थबाट सर्ने भएकाले परम्परागत अन्त्येष्टि पद्धति (शवलाई धुने र छुने कार्य) संक्रमण फैलाउने मुख्य कारक मानिन्छ । सुरक्षित अन्त्येष्टि टोलीले शवलाई कीटाणुरहित बनाउने, सुरक्षित रूपमा ¥यापिङ गर्ने र नियन्त्रित सुरक्षा उपायका साथ अन्त्येष्टि गर्ने गर्दछ । शुरुमा प्रतिरोध गर्ने केही स्थानीयहरू अहिले यो प्रक्रिया स्वीकार गर्न थालेका छन् । 
स्वास्थ्यकर्मीहरूले केवल भाइरससँग मात्र नभई, समुदायमा व्याप्त आक्रोश र हिंसासँग पनि लड्नु परिरहेको छ । मे २१ यता इटुरी प्रान्तमा इबोला उपचार र आइसोलेसन केन्द्रहरूमा कम्तीमा तीनवटा आक्रमणका घटनाहरू दर्ता भएका छन् । 
रुवाम्पारामा परम्परागत अन्त्येष्टिका लागि शव नदिइएको भन्दै प्रदर्शनकारीहरूले उपचार केन्द्रमा आगजनी गरेका थिए । त्यस्तै, मोंग्बालुमा डक्टर्स विदाउट बोर्डर्सको सहयोगमा निर्मित टेन्टहरू जलाइएका छन् । आईतवार साँझ मात्र केही युवाहरूको समूहले मोंग्बालु जनरल अस्पतालमा आक्रमण गरी दुईवटा शव जबर्जस्ती लैजाने प्रयास गरेका थिए, जसका कारण चिकित्सक र बिरामीहरूले भागदौड गर्नुपरेको थियो । 
अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका मोंग्बालुका स्वास्थ्यकर्मीहरूले आधारभूत सुविधा समेत पाएका छैनन् । तुमुद्जिबेकाअनुसार अन्त्येष्टि टोलीका सदस्यहरूले पारिश्रमिक बिना नै केवल मानवीय जिम्मेवारी बोधले काम गरिरहेका छन् । अधिकारीहरूले यो संकट समाधानका लागि स्थानीय समुदायको सहयोग र चेतना अभिवृद्धिमा जोड दिएका छन् । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।