२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

पोखरा महानरपालिका-कृषिमा आत्मनिर्भरता र आयात प्रतिस्थापनः ३६ कृषि उपजमा न्युनतम समर्थन मूल्य

किसानलाई ट्रयाक्टरदेखि बीउमा अनुदानसम्मः पोखराको कृषि मोडल देशभरकै लागि उदाहरणीय
पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी र योजना अघि सारेको छ । 
मेयर धनराज आचार्यका अनुसार अहिले पोखरा सयपत्री फूल, बोका–खसी, दूध, अण्डा र तरकारी उत्पादनमा निकै सबल भएको छ र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । महानगरले किसानलाई प्रोत्साहन गर्न ३६ वटा विभिन्न कृषि उपजहरूमा ‘न्युनतम समर्थन मूल्य’ तोकेको छ । यसले गर्दा किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको छ । किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्रयाक्टर वितरण गर्ने, उन्नत बीउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले बताउनु भयो । पोखराको यो कृषि मोडल यति सफल भएको छ कि अहिले संघीय कृषि मन्त्रालयका प्रतिनिधिहरू समेत पोखरा आएर यहाँको अभ्यास र किसानलाई दिइएको समर्थन मूल्यको प्रभावकारिताबारे अध्ययन गर्न थालेका छन् ।
उहाँले भन्नुभयो, ‘हामीले आयात प्रतिस्थापनका लागि कृषिमा पनि प्रशस्तकाम गरेका छौँ । चाहे त्यो सयपत्री फूलको कुरा गर्नुस्, चाहे बोका,खसीको कुरा गर्नुस् । दुध अण्डाको कुरा गर्नुस्, चाहे तरकारीको कुरा गर्नुस् । हामी आयात प्रतिस्थापन गर्न हरेक ठाउँमा हामी सवल भएका छौँ । त्यसमा किसानलाई टयाक्टर वितरणगरेर होस, बीउमा अनुदान दिएर होस् । चाहे अरु खालका टेक्निकल सपोर्टगरेर होस् । हामीले ३६ वटा चिजमा किसानलाई समर्थन मूल्य दिएका छाँै । आज कृषि मन्त्रालय पनि यसकाबारेमा पोखरामा आएर यसको प्राक्टिसबारे सिक्नुपर्ने अवस्था बनाएका छौँ । त्यसोहुनाले चाहे कृषिको कुरा होस्, चाहे स्वास्थ्य वा शिक्षाको कुरा । सबैमा काम गरिएको छ ।’
कृषि क्षेत्रमा गरिएको यो सुधारले पोखराको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै शहरको खाद्य सुरक्षामा पनि ठूलो योगदान पु¥याएको उहाँको भनाइ छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।