pokhara tv hd
२०८३ जेष्ठ २९ शुक्रबार
  • होमपेज
  • समाचार
  • बिजनेस
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
  • अन्य
    मुख्य समाचार

    पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ

    अन्य

    नेपालले भारत भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरु देख्दा लज्जित छुः भीष्मराज आङदेम्बे

    अन्य

    सरकारको विज्ञापन नीति विरुद्ध महासंघको धर्ना

    अन्य

    अर्थमन्त्रीको विपक्षी दलहरूलाई आग्रहः जथाभावी संसदीय छानबिनको माग नराख्नु

    अन्य

    विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्नः कँडेल

    अन्य

    नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले

English
channel

ट्रेन्ड्स :-

क्रिकेट स्वास्थ्य व्यापार र अर्थतन्त्र अन्य स्वास्थ्य सम्बन्धी शिक्षा
Search
२०८३ जेष्ठ २९ शुक्रबार

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण तथा खानतलासी (सर्च अपरेसन) गरेको छ ।
विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन र कानूनी पालना सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो सक्रियता बढाएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईकाअनुसार लेकसाइड क्षेत्रमा सञ्चालित ताज क्यासिनो र महाराजा क्यासिनोपोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण तथा खानतलासी (सर्च अपरेसन) गरेको छ ।
विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्था मजबुत बनाउन र कानूनी पालना सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो सक्रियता बढाएको हो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईकाअनुसार लेकसाइड क्षेत्रमा सञ्चालित ताज क्यासिनो र महाराजा क्यासिनोमा विशेष टोली परिचालन गरी निरीक्षण गरिएको थियो । २४ सै घण्टा खुला रहने लेकसाइड क्षेत्रमा भारतीय तथा अन्य विदेशी पर्यटकहरूको बाक्लो उपस्थिति रहने भएकाले उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले गस्ती समेत बढाएको छ । निरीक्षणका क्रममा ताज क्यासिनोमा ३४ जना र महाराजा क्यासिनोमा १० जना विदेशी पर्यटकहरू (भारतीय र चिनियाँ) फेला परेका भट्टराईले बताउनु भयो । क्यासिनो नियमावली बमोजिम नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रोक लगाइएको सन्दर्भमा सोको कार्यान्वयन भए नभएको जाँच गर्नु प्रहरीको मुख्य उद्देश्य रहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । यस पटकको निरीक्षणमा कोही पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको उहाँले स्पष्ट पार्नुभयो ।
पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र क्यासिनोहरूमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीले विशेष निगरानी राख्दै आएको छ । हाल लेकसाइड क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि थप सुरक्षाकर्मी र गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ । ताज क्यासिनोमा ३४ जना र महाराजा क्यासिनोमा १० जना विदेशी पर्यटकहरू (भारतीय र चिनियाँ) फेला परेका भट्टराईले बताउनु भयो । क्यासिनो नियमावली बमोजिम नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा पूर्ण रोक लगाइएको सन्दर्भमा सोको कार्यान्वयन भए नभएको जाँच गर्नु प्रहरीको मुख्य उद्देश्य रहेको डीएसपी भट्टराईले जानकारी दिनुभयो । यस पटकको निरीक्षणमा कोही पनि नेपाली नागरिक क्यासिनोभित्र फेला नपरेको उहाँले स्पष्ट पार्नुभयो ।
पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न र क्यासिनोहरूमा हुन सक्ने सम्भावित आपराधिक गतिविधि रोक्न प्रहरीले विशेष निगरानी राख्दै आएको छ । हाल लेकसाइड क्षेत्रमा पर्यटकहरूको सुरक्षाका लागि थप सुरक्षाकर्मी र गस्ती परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गर्नुभएको छ । 
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षहरुको अडान रहेको स्पष्ट पार्दैै सदन सुचारु गराउनका लागि वातावरण बनाउन सभामुख अर्यालसँग अनुरोध गर्नुभएको हो । नेता पुनले प्रधानमन्त्री साहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पनि दोहो¥याउनु भयो । उहाँले सदनको गतिरोध अन्त्यका लागि सत्तारुढ रास्वपाले पनि विभिन्न विकल्पहरु ल्याएको उल्लेख गर्दै त्यसमा बसेर छलफल गर्न पनि सभामुख अर्यालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो,‘संसद नियमित चलोस । यसमा हाम्रो प्रतिवद्धता छ र हाम्रो धारणा पनि यही हो । त्यसो हुँदा आजको बैठकको सन्दर्भमा प्रधानमन्त्रीको यो विषय सच्चिनु पर्दछ । संसदको रेकर्डबाट हटनु पर्छ । उहाँले आएर जवाफ दिनुपर्छ भन्नेकुरा हामी प्रतिपक्षहरुको तर्फबाट हाम्रो अडान कायमै छ । सत्तारुढ पार्टीबाट विभिन्न अप्शनहरु सदनलाई सुचारु गर्न स्वयम प्रतिपक्ष दलले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्न विभिन्न अप्शनहरु आएका छन् । सकारात्मक रुपमा आएका छन् । त्यसकारण त्यो अझै निष्कर्षमा नपुगेको हुनाले केही समयका लागि सम्माननीय सभामुखज्युले बैठक रोकेर यसलाई एक पटक अझै छलफल गरेर आजै छलफल गरेर अगाडि बढने खालको वातावरण बनाई दिनका लागि मैले आफनो तर्फबाट पनि, प्रतिपक्षहरुको तर्फबाट पनि यहाँलाई अनुरोध गर्न चाहन्छु ।’
त्यस अवसरमा नेता पुनले प्रतिपक्ष दलहरु संसद नियमित चलोस भन्नेमा प्रतिवद्ध रहेको बताउनु भयो ।

अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् । ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ अथवा कनेक्ट आईपीएसको मोबाइल एप मार्फत अन्तरदेशीय रकम पठाउन सक्छन् ।

 
यसका लागि क्रशबोर्डर फन्ड ट्रान्सफरको विकल्प राखिएको छ । रकम ट्रान्सफर गर्दा बैङ्क खाता वा मोबाइल नम्बर जस्ता भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गर्नुपर्ने हुन्छ ।

भारत तर्फ समेत हाल मुख्य तथा निश्चित बैङ्कहरूमा मात्रै यो सुविधा लाइभ भएको बुझिएको छ । एनसीएचएलका अनुसार अन्य वाणिज्य बैङ्क, विकास बैङ्क तथा वित्तीय संस्थाहरूमा क्रमशः यो सेवा विस्तार गरिनेछ । विगत एक सातादेखि नै यो सेवा आन्तरिक रूपमा परीक्षणमा रहेको एनसीएचएलले जनाएको छ । रकम ट्रान्सफरका लागि दैनिक तथा मासिक कारोबार सीमा तथा शुल्क तोकिएको छ ।

यद्यपि यस विषयमा अबको केही दिनभित्र एनसीएचएलले औपचारिक रूपमै घोषणा गर्ने तयारी समेत गरिरहेको छ । नबिल बैङ्कले भने आफ्नो मोबाइल बैङ्किङ एप एन बैङ्कमार्फत नेपाल-इन्डिया-नेपाल रियल-टाइम पीटुपी रेमिटेन्स सेवा सुरु भएको घोषणा नै गरेको छ ।

जसअनुसार नबिल बैङ्कमा खाता रहेका भारतीय नागरिकहरूले भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्कालै मोबाइल एपबाट रकम पठाउन सक्नेछन् । त्यसैगरी भारतबाट नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका आफ्ना परिवार तथा साथिभाइको नबिल बैङ्कमा रहेको खातामा रकम ट्रान्सफर गर्न सक्नेछन् ।

बैङ्कले नेपालबाट भारत रकम पठाउनका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको सीमा तोकेको छ । भारतबाट नेपालका लागि प्रति दिन दुई लाख भारुको सीमा लगाइएको छ भने मासिक सीमा भने तोकिएको छैन अर्थात् असीमित राखिएको छ ।

फुटबलको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अबको चार दिनमा सुरु हुँदैछ । अहिलेसम्मकै ठुलो सङ्ख्याका टोली सहभागी हुने यो ३९ दिने प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडा गरी तीन वटा आयोजक राष्ट्रहरूमा सञ्चालन हुँदैछ ।

यीमध्ये अमेरिकालाई नवीनतम प्रविधिको केन्द्र मानिने भएकाले यो फिफा विश्वकपमा विभिन्न किसिमका अत्याधुनिक प्रविधि प्रयोग हुने अपेक्षा आम फुटबल प्रेमीहरूले गरेका छन् । खेल हेर्ने दर्शकको अनुभवलाई परिष्कृत गर्न र खेलाडीका लागि खेललाई अझ आधुनिक बनाउन फिफाले यस संस्करणमा प्रविधिको उच्चतम प्रयोग गर्दैछ । तीमध्ये केही प्रविधिको चर्चा यहाँ गरिएको छ ।

सेन्सर जडान गरिएको आधिकारिक बल ‘ट्रिओन्डा’

यस पटकको विश्वकपमा प्रयोग गरिने आधिकारिक बलको नाम  ट्रिओन्डा राखिएको छ । जसको स्पेनी अर्थ ‘तीन छालहरू’ हुन्छ र यो नामले आयोजक तीन राष्ट्र क्यानडा, मेक्सिको र अमेरिकालाई प्रतिनिधित्व गर्दछ । खेल सामग्री उत्पादक कम्पनी एडिडासले निर्माण गरेको यस बलमा एउटा विशेष सेन्सर जडान गरिएको छ । 

बलको भित्र आईएमयू (इनर्सियल मेजरमेन्ट युनिट) सेन्सर चिप राखिएको छ । यसले बलको प्रत्येक चालको सूक्ष्म विवरण सङ्कलन गर्छ । 

फिफाका अनुसार यो सेन्सरले प्रतिसेकेन्ड ५०० पटक डेटा सङ्कलन गर्दै बलको गति र यसको मुभमेन्टलाई सही रूपमा ट्रयाक गर्छ । फिफाका अनुसन्धान तथा मापदण्ड प्रमुख निकोलस इभान्सका अनुसार यो प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) प्रणालीमा रियल टाइममा सही डेटा पठाउनेछ । यसले गर्दा मैदानमा खटिएका अधिकारीलाई अफसाइड जस्ता संवेदनशील निर्णय लिन सहज हुनेछ ।

एआईमा आधारित थ्रिडी प्लेयर अवतार र बडी क्यामेरा

खेलाडीको प्रदर्शन र निर्णय प्रक्रियालाई सहज बनाउन फिफा र लेनोभोबिचको साझेदारीमा एआई प्रविधिको प्रयोग गरिँदैछ । यस अन्तर्गत मैदानमा उत्रने खेलाडीको डिजिटल स्क्यान गरी उनीहरूको सटीक थ्रिडी मोडेल तयार गरिनेछ । यो स्क्यान गर्न करिब एक सेकेन्ड मात्र लाग्नेछ र यसले खेलाडीको शरीरको आकारको विस्तृत विवरण सङ्कलन गर्नेछ । 

 

यसले तीव्र गतिको खेलमा पनि खेलाडीको सटीक स्थान ट्रयाक गर्न मद्दत पुर्‍याउँछ । यो मोडेल अर्ध-स्वचालित अफसाइड प्रविधिका लागि अत्यन्त उपयोगी हुने फिफाको विश्वास छ । यसका साथै टेलिभिजन प्रसारणमा यी थ्रिडी मोडेल देखाइने छन् । जसले गर्दा दर्शकले पनि अफसाइडको निर्णयलाई स्पष्ट रूपमा बुझ्न सक्नेछन् ।

फिफाले थ्रिडी प्रविधिको उच्चतम प्रयोग गर्ने भएकाे छ । कुनै खेलाडी अफसाइडमा रहेर गोलकिपरको दृश्य छेकेको अवस्थामा भीएआरले गोलकिपरको भ्युबाट त्यो अवस्थाको थ्रिडी दृश्य हेर्न सक्नेछ । थ्रिडी ट्र्याकिङ प्रणालीले टचलाइन निजकै हुने गाेलकाे अवस्थाकाे पनि सटिक जानकारी दिनेछ । यसले बल टचलाइन पार गरेर गोल भएकाे थियो कि थिएन भन्ने निर्धारण गर्न सहयोग गर्नेछ ।

यसैगरी प्रतियोगिताका सबै १०४ वटा खेलमा रेफ्रीले बडी क्यामेरा प्रयोग गर्नेछन् । यसले दर्शकलाई मैदानकै स्तरबाट खेल हेरेको प्रत्यक्ष अनुभव दिने बताइएको छ ।

सुरक्षाका लागि रोबोटिक कुकुरको प्रयोग

मेक्सिकोमा आयोजना हुने खेलका दौरान सुरक्षा व्यवस्था सुदृढ गर्न र अपराध नियन्त्रण गर्न मेक्सिकन पुलिसले रोबोटिक कुकुरको सहयोग लिनेछ । फिफाका अनुसार चार खुट्टा भएका यी विशेष रोबोट जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरी प्रत्यक्ष भिडिओ सुरक्षा बललाई पठाउन सक्षम छन् । मेक्सिकोको मोन्टेरे उपत्यका अन्तर्गत पर्ने गुआडालुपे नगरपालिकाले करिब २५ लाख मेक्सिकन पेसो (अर्थात् १ लाख ४५ हजार अमेरिकी डलर) मा यी रोबोट खरिद गरेको हो ।

गुआडालुपेका मेयर हेक्टर गार्सियाका अनुसार कुनै पनि विवाद वा झडपको स्थितिमा प्रहरी अधिकारीको भौतिक सुरक्षा सुनिश्चित गर्न र प्रारम्भिक हस्तक्षेपका लागि यी रोबोटिक कुकुर परिचालन गरिनेछ । गत फेब्रुअरीमा बीबीभीए स्टेडियममा सञ्चारमाध्यमका अगाडि यसको सफल प्रदर्शन समेत गरिएको थियो ।

परिमार्जित अर्ध-स्वचालित अफसाइड प्रविधि

सहायक रेफ्रीले ढिलो गरी अफसाइडको झण्डा उठाउँदा खेलाडी र दर्शकमा हुने असन्तुष्टिलाई कम गर्न फिफाले यस पटक थप अत्याधुनिक अर्ध-स्वचालित अफसाइड प्रविधि ल्याएको छ । यसअघिको प्रविधिले खेलाडी ५० सेन्टिमिटरभन्दा बढी अफसाइड हुँदा मात्र सङ्केत गर्थ्यो भने नयाँ परिमार्जित संस्करणले खेलाडी १० सेन्टिमिटर मात्र अफसाइड भए पनि तुरुन्त पहिचान गर्नेछ । 

यस प्रविधिले मुख्य रेफ्रीको कानमा रहेको एयरपिसमा सिधै र तुरुन्तै अडियो सिग्नल पठाउनेछ । यद्यपि, यसका केही सीमा पनि छन् । खासगरी यसले केवल स्थानगत अफसाइड मात्र पत्ता लगाउन सक्छ र खेलाडी मैदानमा लडिरहेको वा निकै नजिक रहेको जटिल अवस्थामा निर्णय लिन सक्दैन । तर, यसले ढिलाइ र अनावश्यक खेलका कारण खेलाडी घाइते हुने जोखिम भने कम गर्ने फिफाको अपेक्षा छ ।

जेठ २५, २०८३ सोमबार

किसानलाई मलखाद र सहज ऋण उपलब्ध गराउन माग गर्दै जनमत पार्टीको प्रदर्शन (तस्बिरहरु)

२५ जेठ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ ।

निर्वाचन कार्यक्रम आज देखि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन आयोगका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजित महतोले जानकारी दिएका छन् ।

 

शनिबार बिहान ८ बजेदेखि अधिवेशनको खुला सत्र सुरु भए पनि नेतृत्व चयनमा सहमति कायम हुन नसकेपछि निर्वाचन प्रक्रियालाई अघि बढाइएको उनले बताए ।

उनका अनुसार सिरहाका चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य तथा समानुपातिक सांसद पुरुषोत्तम यादवलगायतका नेताहरूले पटक-पटक सहमतिको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रियामा जाने निर्णय गरिएको हो ।

 

डा. महतोका अनुसार निर्वाचनका अधिकांश प्रक्रिया पूरा भइसकेका छन् भने मतदाताको नामावली प्रकाशन गर्न मात्र बाँकी रहेको छ। सम्पूर्ण तयारी पूरा गरेर आज बिहान १० बजेदेखि सुरु गरिने उनले बताए ।

जिल्ला सभापति पदका लागि वर्तमान सभापति हरिप्रसाद मैनाली, युवा नेता सुभाष कुमार यादव र राम सौगारथ यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापति पदका लागि इ. अरविन्द कुमार राम, जीवछ यादव, निमा कुमारी यादव र गीता शाही चुनावी मैदानमा छन्। सचिव पदमा रमेश कुमार यादव, राजेन्द्र मण्डल, परीतोष कुमार यादव र अमित राज राईबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्तापछि सहमतिको प्रयास जारी रहे पनि प्रमुख पदहरूमा एकभन्दा बढी आकांक्षी कायम रहेकाले अन्ततः नेतृत्व चयन निर्वाचन प्रक्रियामार्फत हुने भएको हो ।

संस्थाका  अध्यक्ष सुवास ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा गर्ने विभिन्न कार्यक्रम योजना तथा कार्यसूची सार्वजनिक गरेको छ  ।

देशैभर सङ्गठन निर्माण गर्ने योजनाका साथ सङ्गठन निर्माण गर्न बाँकी जिल्लाहरूमा शाखा निर्माणका साथ सदस्य वितरण गर्दै ,पहिला नै निर्माण  भैसकेका  जिल्लाहरूमा अधिवेशन सम्पन्न पश्चात् केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय बैठक कले गरेको छ  । त्यस्तै गरी  बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक दलहरूको भूमिका” विषयमा अन्तर्क्रिया कार्यक्रम असार तेस्रो हप्तामा सम्पन्न गर्ने निर्णय गर्दै संस्थाको उपाध्यक्ष डिल कुमारी पौडेलको संयोजकत्वमा दुर्गा कुँवर,धर्मराज बराल, कुमार भण्डारी र नीलकण्ठ त्रिपाठी सदस्य रहने गरी उप समिति निर्माण गरिएको छ ।

संविधान संशोधन सुझाव सङ्कलन तयारी समितिमा संस्थाको सल्लाहकार वरिष्ठ अधिवक्ता माधव बास्तोलाको संयोजकत्वमा डा. सञ्जय कोइराला,दिल कुमारी पौडेल,अधिवक्ता मिलन आले, अधिवक्ता शिव रेग्मी र मोहम्मद कामिल खानलाई जिम्मेवारी प्रदान गरिएको छ  ।  संस्थाको स्मारिका प्रकाशन  दसैँ तिहार अगाडि नै गर्नको लागि संस्थाको उपाध्यक्ष डा. सञ्जय कोइरालाको संयोजकत्वमा,प्रधान सम्पादक प्रा.डा. भीमनाथ बराल,सह संयोजक संस्थाको उपाध्यक्ष दिल कुमारी पौडेल,केन्द्रीय सदस्यहरू  विष्णु गुरुङ दुर्गा कुँवर र विष्णु पोख्रेल रहने गरी उप–समिति गठन गरिएको छ ।

त्यस्तै गरी उक्त बैठकले पृथ्वीनारायण क्याम्पसको राजनीतिशाश्त्र विषयको विभागीय प्रमुख नियुक्त  भएकोमा संस्थाका सल्लाहकार  प्राध्यापक लाल बहादुर कुँवरलाई सम्मान समेत गरेको छ  । साथै पृ.ना.क्याम्पसको वि.एल.एल.वी. को निर्देशक भएकोमा संस्थाका  सल्लाहकार प्रा.डा. भीमनाथ बराल ज्यूलाई सम्मान गएको 
छ ।  संस्थाका अध्यक्ष सुवास ढुङ्गानाले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाण्डौंवाट एमफिल/ पिएच.डी गर्न को लागी सुरु गरेको भन्दै शुभकामना व्यक्त

पोखरा ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको जनाएको छ। केही सञ्चारमाध्यममा आइतबारको बिदा हटाउने तयारी भइरहेको समाचार प्रकाशित भएपछि सरकारले त्यसको खण्डन गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गर्ने विषयमा सरकारले कुनै निर्णय नगरेको बताइन्। उनले अहिलेका लागि त्यस्तो कुनै तयारीसमेत नभएको स्पष्ट पारिन्।

दाहालका अनुसार आइतबारको बिदा हटाउनेबारे सार्वजनिक रूपमा आएका समाचार तथ्यमा आधारित छैनन्। उनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।’

 

यसअघि इन्धनको मूल्यमा लगातार भएको वृद्धि र त्यसबाट जनजीवनमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।

सोही बैठकले सरकारी कार्यालयको समयसमेत परिमार्जन गर्दै बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।

२५ जेठ,

बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस चढाउन नमान्ने एक जना बस चालकलाई कास्की प्रहरीले कारबाही गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. ३२ लेखनाथमा एकजना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा नरोकी हिँडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । ती व्यक्तिले पनि सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने व्यहोराको भिडियो पोष्ट गरेका थिए ।

 

त्यसपछि कास्की प्रहरीले सो बसको खोजी थालेको थियो । जिल्ला प्रहरी कार्यालयले खोजतलास तथा आवश्यक कारवाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीलाई अनुरोध गरेको थियो । त्यसपछि ग २ ख २२५५ नम्बरको सार्वजनिक बस भएको पत्ता लागेपछि त्यसलाई नियन्त्रणमा लिइएको थियो ।

बस चालकलाई आवश्यक ट्राफिक जरिवाना गरी अब आइन्दा फरक क्षमता भएका, बौद्धिक अपाङ्गता भएका तथा वृद्धवृद्धाहरुलाई विशेष प्राथमिकता दिने सहमति जनाई छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिए ।

२५ जेठ,

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिक बहादुर खत्री निर्वाचित हुनुभएको छ । नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च साथै नेपाली काँग्रेस निकट केही व्यवसायी मिलेर बनेको संयुक्त व्यवसायी समूहको प्यानल नै निर्वाचित भएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले सङ्घका पूर्व महासचिव मेघनाथ भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा सङ्घका पूर्व द्वितीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको समूहलाई पराजित गर्दै खत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । खत्रीले ३४७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ र पाण्डे क्षेत्रीले १७० मत प्राप्त छन् ।

प्रगतिशील प्यानलले १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एसोसिएसन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल र दुई सदस्य गीता राउत र दीक्षा दाहालले जित हासिल गरेका छन् ।

समाचार

  • होम
  • समाचार
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • होम
  • समाचार
  • बिजनेस
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
  • विचार

विजनेस

  • अटो
  • अर्थनीति
  • कर्पोरेट
  • पर्यटन
  • बजार
  • बैंक / वित्त
  • रोजगार
  • अटो
  • अर्थनीति
  • कर्पोरेट
  • पर्यटन
  • बजार
  • बैंक / वित्त
  • रोजगार

मनोरञ्जन

  • गशिप
  • फिचर
  • बलिउड / हलिउड
  • ब्लोअप
  • मनोरञ्जन भिडियो
  • गशिप
  • फिचर
  • बलिउड / हलिउड
  • ब्लोअप
  • मनोरञ्जन भिडियो

विशेष श्रृंखला

अन्य 190 अपराध 122 इरानले इजरायलतर्फ हान्यो मिसाइल १० असार 1 क्रिकेट 15 फुटबल 13 राजनीति 171

हाम्रो खबर

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क

प्रवन्ध निर्देशकः

Pokhara TV

प्रधान सम्पादकः

Pokhara TV

सूचना विभाग दर्ता नं.

00/069/70

Facebook Youtube

© २०२५ pokharatv.com.np सर्वाधिकार सुरक्षित

ताजा अपडेट

ट्रेन्डिङ

प्रोफाईल

Search
Close this search box.

सर्च

ताजा अपडेट

पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ

नेपालले भारत भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरु देख्दा लज्जित छुः भीष्मराज आङदेम्बे

सरकारको विज्ञापन नीति विरुद्ध महासंघको धर्ना

अर्थमन्त्रीको विपक्षी दलहरूलाई आग्रहः जथाभावी संसदीय छानबिनको माग नराख्नु

विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्नः कँडेल

नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले

ट्रेन्डिङ

पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ

नेपालले भारत भूमि मिचेको छ भनेर खोज्दै हिँड्ने सत्ता पक्षका सांसदहरु देख्दा लज्जित छुः भीष्मराज आङदेम्बे

सरकारको विज्ञापन नीति विरुद्ध महासंघको धर्ना

अर्थमन्त्रीको विपक्षी दलहरूलाई आग्रहः जथाभावी संसदीय छानबिनको माग नराख्नु

विगतका सरकारका कमजोरी देखाएर अर्थमन्त्री भाग्न पाउनुहुन्नः कँडेल

नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले

Login

Lost your password? | Register
Google
Twiter

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
  • होमपेज
  • समाचार
  • विजनेश
  • जीवनशैली
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • राशिफल
ENGLISH
ONLINE TV