Generated by OK AI. Editorially reviewed.
- अख्तियारले छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीहरूको उपचारबापतको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ सरकारी कोषमा फिर्ता गरेको छ ।
- पार्टी कोषबाट भीभीआईको उपचार खर्च फिर्ता गरिएको विषयमा उपाध्यक्ष गोकर्ण बिष्टले सचिवालय बैठकमा प्रश्न उठाउनुभएको छ ।
- अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताको लेबीबाट भीभीआईको उपचार खर्च बेहोरिएको विषयमा बैठकमा उठेका प्रश्नहरूको कुनै जवाफ दिनुभएन ।
१२ जेठ,
गैरकानुनी रुपमा राज्य कोषबाट गरिएको भीभीआईको उपचार खर्च पार्टीको कोषबाट फिर्ता गरिएकोबारे उठेको प्रश्नलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेका छन् ।
कार्यकर्ता पंक्तिले सामाजिक सञ्जाल र अनौपचारिक आग्रह मार्फत यसबारे चासो राखेका थिए । थुप्रैले कार्यकर्ताको लेबीबाट उठेको पैसा नेतृत्वले गरेको गल्ती छोप्न खर्च गर्न नहुने भनेर आपत्ति जनाएका थिए ।
‘..हिजो ठूलाबढाले गरेको करोडौं अनियमित खर्च मात्र पार्टी कोषबाट तिर्ने हो कि जन्दगीभर पार्टी काम गर्दागर्दै खानै समस्या परेका पार्टी कार्यकर्तालाई पनि थोरै हेर्ने हो,’ एमालेका पुराना नेता उदयराज पाण्डेले लेखेका छन् ।
अर्का नेता अरविन्द सिंहको यस्तै आक्रोश थियो । ‘लाखौंलाख पार्टी सदस्यहरूको लेबी आफ्नो कर्तुत लुकाउन सिध्यायो,’ उनले फेसबुकमा लेखेका थिए, ‘पद, पैसा र अवसरको लोभमा कार्यकर्ता पंक्तिलाई दास र लास बनायो ।’
यस्ता आक्रोशहरूलाई सुनेका उपाध्यक्ष गोकर्ण बिष्टले पार्टीको सचिवालय बैठकमै उपचार खर्च पार्टी कोषबाट फिर्ता गरिएकोबारे जिज्ञासा राखेका थिए ।
‘कार्यकर्ताहरूको लेबीबाट उठेको कोषबाट पैसा सरकारलाई फिर्ता गरियो भनेर मिडियाहरूमा समाचार आएको छ,’ बिष्टले अध्यक्ष ओलीलाई सोधेका थिए, ‘भएको के हो ? यस्तो गर्न मिल्छ कि मिल्दैन ?’
बैठक स्रोतका अनुसार, चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा ओलीले यसबारे कुनै जवाफ दिएनन् । ‘गोकर्ण बिष्टले राखेको प्रश्नमा अरु पदाधिकारीहरूको पनि समर्थन देखिन्थ्यो । यसको जवाफ चाहिन्छ भनिएको थियो,’ स्रोत भन्छ, ‘तर ओलीले यसतर्फ कुनै जवाफ नदिई बैठक सकियो ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा राज्य कोषबाट विदेशमा भएको उपचार खर्च बेहोर्ने निर्णयमाथि छानबीन थालेपछि एमालेले पार्टी कोषबाट उक्त खर्च फिर्ता गरेको थियो ।
पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनाललाई विदेशमा उपचार गराउँदा लागेको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ एमालेले आफ्नो पार्टी कोषबाट फिर्ता गरेको छ ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
आफ्नो अभियानको क्रममा पर्सा पुगेका उनलाई गत ४ गते वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको थियो । प्रसाईँमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।
राज्यका निकायहरू सेना, प्रहर र प्रधानमन्त्री बालेन्द्र शाक, रास्वपा सभापति रवि लामिछानेलगायतको विषयमा होच्याएर सार्वजनिक टिप्पणी गरेको उनीमाथि आरोप छ ।
प्रसाईंले केही दिनअघि एक युट्यूव अन्तर्वार्तामा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र हर्क साम्पाङलाई एउटै समूहले अघि बढाइरहेको दाबी गरेका थिए ।
साथै हिन्दूराष्ट्र र रा
पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाले पार्टी मातहतको समितिलाई यस्तो निर्देशन दिएका हुन्।
पत्रमा भनिएको छ, ‘श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा, टोलभित्र गरिने कार्यक्रमको ब्यानर तथा प्रचार प्रसार सामाग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनुपर्ने अनुरोध गर्दछौँ।’
पत्रमा अध्यक्ष साम्पाङलाई श्रम पिताको रूपमा व्याख्या गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयूमा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गरेका छन् ।
सिंहदरबारमा उनीहरूबीच सामूहिक भेट र संवाद जारी छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित रहेको छ ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.लाई घर खाली गर्न सूचना जारी गरेको छ । महानगरले मंगलबार ‘ग्यालेक्सी फोर के’ टेलिभिजन रहेको घर खाली गर्न प्रालिलाई १५ दिने सूचना जारी गरेको हो ।
सूचनामा समायवधिभित्र कानूनबमोजिम सरसमान नलगे महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम हुने सूचनामा उल्लेख छ ।
‘निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएकाले ग्यालेक्सी फोर केमा भएका सामानहरू लिलाम गरिपाऊँ भनी वादी मृगेन्द्र मिश्रको मिति २०८३ वैशाख २१ मा निवेदन पेश भएकाले यो सूचना प्रकाशन गरिएको छ,’ अन्तिम पटकका लागि भन्दै जारी सूचनामा लेखिएको छ ।
२८ साउन २०८२ मा उच्च अदालत पाटनबाट दुई महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनेर महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।
अदालतको आदेशबमोजिम १४ कात्तिक २०८२ मा महानगरबाट टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ ।
त्यसअघि मिश्रले भाडा असुल उपर गरी घर जग्गा खाली गराइदिन भन्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईको नाममा महानगरपालिको न्यायिक समितिमा मुद्दा हालेका थिए ।
समितिले १४ कात्तिक २०८१ मा माग दाबीबमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गासमेत खाली गराइदिने ठहर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस
सहकारीको २१ अर्ब ठगलाई राज्यकै संरक्षण : गोल्छादेखि पाण्डेसम्म समातिए, भेटिएनन् जीबी राई !
जीबी राईले सहकारी संस्थाका रकम अपचलन गरी गोरखा मिडिया प्रालिबाट सन्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा लगानी गरेका थिए । त्यसको खुलासा भएपछि उनी हाल फरार छन् । जीबीसँग मिलेर ग्यालेक्सी टेलिभिजनमा काम गरेका रास्वपा सभापति रवि लामिछानेले समेत सहकारी संस्थाको रकम अपचलनको मुद्दा खेपीरहेका छन् ।
हेर्नुहोस् सूचना–

Generated by OK AI. Editorially reviewed.
- प्रधानमन्त्री वालेन्द्र शाहले मङ्गलबार युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटवार्तामा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुनेछ ।
१२ जेठ,
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्ने भएका छन् ।
उनले मंगलबार बिहान (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले बिहान ११:३० बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता प्रक्रियामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिनुभएको छ । समय आफ्नै पक्षमा रहेको उल्लेख गर्दै उहाँले वार्तालाई निष्कर्षमा पु¥याउन हतारिनु आवश्यक नरहेको बताउनुभएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत धारणा सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले सम्झौता सम्पन्न नभएसम्म, यसको प्रमाणीकरण नभएसम्म र अन्तिम हस्ताक्षर नहुन्जेल नाकाबन्दी पूर्ण रूपमा प्रभावकारी रहने बताउनु भयो । उहाँले सम्झौताका लागि दुवै पक्षले पर्याप्त समय लिएर सही निष्कर्षमा पुग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति ट्रम्पले इरानलाई कुनैपनि हालतमा परमाणु हतियार विकास गर्न वा प्राप्त गर्न नदिने आफ्नो अडान पुनः दोहो¥याउनु भयो । उहाँले हाल भइरहेको वार्ता प्रक्रिया व्यवस्थित र रचनात्मक ढंगले अघि बढिरहेको समेत जानकारी दिनुभयो । यसैबीच, इजरायली सरकारी स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा बन्द नभएसम्म र आफ्नो क्षेत्रबाट सम्पूर्ण संवद्र्धित युरेनियम नहटाएसम्म कुनैपनि अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने आश्वासन दिनुभएको छ । अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले शनिवार इरान र अमेरिका युद्ध अन्त्यका लागि समझदारी पत्रलाई अन्तिम रूप दिन प्रयासरत रहेको बताउनुभएको थियो ।
डीएनएसम्बन्धी छुट्टै कानून बनाउन सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । नेपालसँग आवश्यक जनशक्ति र क्षमता नभएको कारण डीएनएसम्बन्धी छुट्टै कानून निर्माण गरी संरचना बनाउनुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा बोल्दै फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले नेपालमा डीएनएसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले विधि विज्ञान प्रयोगशालासम्बन्धी कानूनमा फिङ्गरप्रिन्टमार्फत जाँच गर्न सकिनेसम्मको व्यवस्था राख्नुपर्नेमा जोड दिनुभयो । नेपालमा डीएनए ल्याव सञ्चालनमा ल्याइएको ६३ वर्ष भइसक्दा पनि दक्ष जनशक्ति हुन नसकेकोले डिएनएसम्बन्धी छुट्टै संरचना र जनशक्ति तयार गरेर मात्रै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिएनएमार्फत वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुग्नसक्ने भएपनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो विधेयकले डिएनएसम्बन्धी काम गर्न सक्दैन । फिन्गरप्रिन्टसम्मको मामलासम्ममा हामी गरौँ । अहिले नेपालले डिएनएसम्बन्धी प्रतिस्पर्धी कानून बनाएर लागु गर्न सक्दैन । मलाई यो देशमा एक जना डिएनएमा मास्टर्स गरेको मान्छे देखाउनुहोस् त । हाम्रो देशमा डिएनए ल्याब चलेको ६३ वर्ष भइसक्यो अहिलेसम्म एक जना दक्ष छैन । त्यसकारण यो विधेयकमा डिएनएसम्बन्धी व्यवस्था नगरौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक मोनिका झाले विधेयकमा विधि विज्ञान प्रयोगशालामा काम गर्ने कर्मचारीलाई उत्तरदायी बनाउन विधेयकमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दण्ड र सजायको व्यवस्था कानूनमार्फत नै लागू गर्न नसके कर्मचारी अराजक हुनसक्ने तर्फ राज्य सचेत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिले यो ऐन आउन दिनुपर्छ । अर्को कुरा जुनसुकै ऐनमा दण्ड र सजाय हुन्छ । त्यसकारण विधि विज्ञान प्रयोशालमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दण्ड तथा सजाय दिने व्यवस्था गर्नुपर्छ । नत्र त्यहाँ काम गर्ने कर्मचारी अराजक हुन्छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद ओजश्वी शेरचनले विधि विज्ञानसँग सम्बन्धित संवेदनशील विषयहरूलाई नियमावली र विनियमावलीमार्फत कार्यान्वयन गर्नेगरी विधेयकमा छिद्रहरु रहेको उल्लेख गर्दै विधेयकलाई पूर्ण बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले विधि विज्ञान प्रयोगशालामा काम गर्ने विज्ञको अनुभव सीमा र कार्यअवधिबारे समेत स्पष्ट कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यामे विधेयकले विधि विज्ञानसम्बन्धी सबै कुराहरु तोकेको छैन । तर यसमा नियमावली र विनियमावलीले धेरै कुराहरु तोक्ने कुरा गरेको छ । विनियमावलीहरु आफ्नै सहजताको आधारमा बनिरहेको हुन्छ । विधि विज्ञानको क्षेत्रमा त्यस्तो कुनै गम्भीर अपराधको कुरा आएमा त्यसलाई मुख्य कानूनले नै सम्बोधन गर्नुपर्ने हुन्छ । अर्को कुरा हामीले विज्ञताको कुरामा पनि छलफल गर्नुपर्नेछ । कतिको सिप र क्षमाता भएको मान्छेलाई विज्ञ मान्ने भन्नेकुरा पनि विधेयकमा समावेश गर्नुपर्छ ।’ जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु¥याउन तत्कालीन सरकारले उक्त विधेयक अगाडि बढाएको थियो ।
डीएनएसम्बन्धी छुट्टै कानून बनाउन सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । नेपालसँग आवश्यक जनशक्ति र क्षमता नभएको कारण डीएनएसम्बन्धी छुट्टै कानून निर्माण गरी संरचना बनाउनुपर्नेमा उनीहरुको जोड छ । कार्यक्रममा बोल्दै फरेन्सिक विशेषज्ञ डा. हरिहर वस्तीले नेपालमा डीएनएसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले विधि विज्ञान प्रयोगशालासम्बन्धी कानूनमा फिङ्गरप्रिन्टमार्फत जाँच गर्न सकिनेसम्मको व्यवस्था राख्नुपर्नेमा जोड दिनुभयो । नेपालमा डीएनए ल्याव सञ्चालनमा ल्याइएको ६३ वर्ष भइसक्दा पनि दक्ष जनशक्ति हुन नसकेकोले डिएनएसम्बन्धी छुट्टै संरचना र जनशक्ति तयार गरेर मात्रै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले डिएनएमार्फत वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पुग्नसक्ने भएपनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो विधेयकले डिएनएसम्बन्धी काम गर्न सक्दैन । फिन्गरप्रिन्टसम्मको मामलासम्ममा हामी गरौँ । अहिले नेपालले डिएनएसम्बन्धी प्रतिस्पर्धी कानून बनाएर लागु गर्न सक्दैन । मलाई यो देशमा एक जना डिएनएमा मास्टर्स गरेको मान्छे देखाउनुहोस् त । हाम्रो देशमा डिएनए ल्याब चलेको ६३ वर्ष भइसक्यो अहिलेसम्म एक जना दक्ष छैन । त्यसकारण यो विधेयकमा डिएनएसम्बन्धी व्यवस्था नगरौँ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक मोनिका झाले विधेयकमा विधि विज्ञान प्रयोगशालामा काम गर्ने कर्मचारीलाई उत्तरदायी बनाउन विधेयकमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दण्ड र सजायको व्यवस्था कानूनमार्फत नै लागू गर्न नसके कर्मचारी अराजक हुनसक्ने तर्फ राज्य सचेत हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिले यो ऐन आउन दिनुपर्छ । अर्को कुरा जुनसुकै ऐनमा दण्ड र सजाय हुन्छ । त्यसकारण विधि विज्ञान प्रयोशालमा काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र दण्ड तथा सजाय दिने व्यवस्था गर्नुपर्छ । नत्र त्यहाँ काम गर्ने कर्मचारी अराजक हुन्छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद ओजश्वी शेरचनले विधि विज्ञानसँग सम्बन्धित संवेदनशील विषयहरूलाई नियमावली र विनियमावलीमार्फत कार्यान्वयन गर्नेगरी विधेयकमा छिद्रहरु रहेको उल्लेख गर्दै विधेयकलाई पूर्ण बनाएर लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले विधि विज्ञान प्रयोगशालामा काम गर्ने विज्ञको अनुभव सीमा र कार्यअवधिबारे समेत स्पष्ट कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘यामे विधेयकले विधि विज्ञानसम्बन्धी सबै कुराहरु तोकेको छैन । तर यसमा नियमावली र विनियमावलीले धेरै कुराहरु तोक्ने कुरा गरेको छ । विनियमावलीहरु आफ्नै सहजताको आधारमा बनिरहेको हुन्छ । विधि विज्ञानको क्षेत्रमा त्यस्तो कुनै गम्भीर अपराधको कुरा आएमा त्यसलाई मुख्य कानूनले नै सम्बोधन गर्नुपर्ने हुन्छ । अर्को कुरा हामीले विज्ञताको कुरामा पनि छलफल गर्नुपर्नेछ । कतिको सिप र क्षमाता भएको मान्छेलाई विज्ञ मान्ने भन्नेकुरा पनि विधेयकमा समावेश गर्नुपर्छ । जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणको लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्वतिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्याय सम्पादनमा सहयोग पु¥याउन तत्कालीन सरकारले उक्त विधेयक अगाडि बढाएको थियो ।