२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणअनुसार मुलुकका विभिन्न ३० जिल्लामा ३६ वटा विपद्का घटनाहरू भएका छन् । चैत ६ गते बिहान १० बजेदेखि ७ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी चट्याङका घटनाहरू भएका छन् । ९ जिल्लामा भएका १० वटा चट्याङका घटनामा परी १० जना घाइते भएका छन् । त्यस्तै ७ जिल्लामा भएका ७ वटा आगलागीका घटनामा २ जना घाइते भएका छन् । लेक लागेर २ जिल्लामा २ वटा घटना भएका छन् । जसमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसका साथै अविरल वर्षा, पहिरो, हावाहुरी र जनावर आक्रमणका घटनाहरू पनि दर्ता भएका छन् । 
३० लाखभन्दा बढीको आर्थिक क्षति
विपद्का यी घटनाहरूबाट ठूलो मात्रामा भौतिक तथा आर्थिक क्षति भएको छ । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा करिब ३० लाख ८६ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । यसै अवधिमा ३० वटा चौपायाको समेत क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहतका लागि देशभर १ सय ७७ जना प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।  
७ हजारभन्दा बढी घटना, ४ सय ७९ को मृत्यु
२०८२ वैशाख १ गतेदेखि चैत ७ गतेसम्मको समग्र तथ्यांक हेर्दा नेपालमा विपद्का घटनाहरू भयावह देखिएका छन् । यस अवधिमा कुल ७ हजार १ सय ४० वटा विपद्का घटनाहरू भएका छन् । जसमा परी ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ३८ जना अझै बेपत्ता छन् भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।
विगत एक वर्षमा भएका प्रमुख घटना र मानवीय क्षति
विगत एक वर्षमा आगलागीका ३ हजार ४ सय ४३ घटना भएका छन् । जसबाट १०२ जनाको मृत्यु भएको छ । त्यसतै सर्पदंशका ५ सय ९६ घटनाबाट ९८ जनाको मृत्यु भएको छ । त्यस्तै    पहिरोका ६०१ घटनाबाट ७४ जनाको मृत्यु भएको छ । जनावर आक्रमणका ४ सय ९५ घटनाबाट ५५ जनाको मृत्यु भएको छ भने चट्याङका ३ सय ९३ घटनाबाट ४७ जनाको मृत्यु भएको छ । विगत एक वर्षमा बाढीका ३ सय २० घटनाबाट ३८ जनाको मृत्यु भएको छ । यस अवधिमा कुल १२ हजार ९ सय ९४ परिवार विपद्का घटनाबाट प्रभावित भएका छन् । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने श्रमिक अभिमुखीकरण तालिम संशोधन कार्यविधि २०८१/६/७ को जबरजस्त लागु गरेको भन्दै सरोकारवाहरुले गुनासो व्यक्त गरेका छन् । ओरियन्टेसन लाई कलस्टल सिस्टममा लैजाने तथा एक संस्था एक कलस्टल गर्दै संशोधित कार्यविधि अनुसार फिन्गर प्रिन्ट मा सेटिङ भयो भन्दै आइरिस मिसिन लगायतका मापदण्ड हुनेगरि शुल्क २१०० तोकियो । शुल्क बढ्दा वैदेशिक रोजगारीमा जाने श्रमिक लाई भार पर्ने साथै कलस्टल लागु हुदा श्रमिक  अनिवार्य काठमाडौँ नै धाउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने भयकोले केही संस्थाले विरोध गरे । त्यसको विरोध स्वरूप सरकार लाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर भयो उक्त मुद्दा हाल सम्म पनि  विचाराधीन अवस्थामा छ । तर ओरियन्टेसन महासङ्घका केही व्यवसायीहरू र विभागका कर्मचारीको मिलेमतोमा युरोपियन कलस्टल सिन्डिकेट गरि नेपाली श्रमिकलाई काठमाडौँ धाउन बाध्य पारिरहेको सेवाग्राहीको गुनासो गरेका छन् । 

विभागले पछिल्लो समय मलेसिया जाने नेपाली श्रमिकको माग बढेसँगै अन्य कलस्टल्बाट मलेसिया कलस्टलमा परिवर्तन गर्न ओरिएन्टेसन व्यावसायिक लाई निर्देशन गरेको थियो । पछिल्लो समय धेरै सङ्ख्यामा युरोपियन मुलुकमा काम गर्न जाने नेपाली श्रमिक छन् तर युरोपियन कलस्टलमा व्यावसायिक आफै जान इच्छुक भई निवेदन पेस गर्दा पनि वैदेशिक रोजगार विभाग विभिन्न बहानामा आनाकानी गर्दै आइरहेको स्रोत बताउँछ । यस्तो प्रवृत्तिले गर्दा बिभागलेनै नचाहेको होकि कसैको दबाबमा परेर आनाकानी गरिरहेको हो भन्दै सेवाग्राहीले गुनासो गरेका छन् ।

 

भारतको बिहार क्षेत्रमा रहेको एक प्रणाली बागमती प्रदेशमा प्रवेश गरेर वर्षा गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर-बगाहा हुँदै प्रवेश गरिरहेको उक्त प्रणाली हाल उत्तर-पूर्व सर्ने क्रममा छ । यो प्रणाली नेपालमा पहिलेदेखि सक्रिय रहेको वर्षा प्रणालीसँग ठोक्किने भएकाले केहीबेर भीषण वर्षा गराउने उच्च सम्भावना छ। मौसमविद् उपाध्यायका अनुसार यो प्रणाली पश्चिम चितवनबाट सुरु भएर पूर्वतर्फ बढ्नेछ । यसको प्रभावका कारण चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।

साथै, धादिङ र उत्तरी मकवानपुर हुँदै यो प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यका आइपुग्ने अनुमान छ। उनका अनुसार यो वर्षाको अवधि बढीमा ३ घण्टाको हुनेछ । काठमाडौं उपत्यका आइपुग्दा यो प्रणाली केही कमजोर भइसक्ने भएकाले उपत्यकामा ठूलो वर्षाको सम्भावना भने कम देखिएको छ । यो वर्षापछि भने पश्चिम तथा काठमाडौं उपत्यका र मध्य क्षेत्रको मौसम क्रमशः खुल्दै जाने बताइएको छ । मौसमविद हरिप्रसाद दाहालका अनुसार आजै रातिबाट यो प्रणालीको प्रभाव कम हुँदै जाने सम्भावना छ । हिजो मात्रै देशका विभिन्न स्थानमा मेघ गर्जनसहित ठूलो हुरीबतास र असिना पानी परेको थियो । हिजोको सो मौसमी घटनाले जनजीवन केही प्रभावित बनेको थियो भने स्थानीय स्तरमा बालीनाली र संरचनामा पनि सामान्य क्षति पुगेको थियो।

सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा भएको छ । आज बिहान सवा ८ बजेसम्मको विवरण अनुसार लेटाङमा ६१.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । वर्षासँगैको भलबाढी र हावाहुरीले विभिन्न जिल्लामा सडक, विद्युत र सन्चार सेवा प्रभावित भएको समाचार छ । शुक्रबारकै प्रणालीकै निरन्तरता र थप विकसित वायुका कारण आज चितवन र आसपासका क्षेत्रमा पुनः वर्षाको सम्भावना बढेको मौसमविदको भनाइ छ । मौसममा भइरहेको परिवर्तन र वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । विशेष गरी हुरीबतास र चट्याङको जोखिमप्रति सचेत रहन मौसमविद्हरूको सुझाव छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार आफू इरान विरुद्धको अमेरिकी सैन्य आक्रमणलाई ‘कम गर्ने’ विचार गरिरहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिका आफ्ना उद्देश्यहरू पूरा गर्न ‘धेरै नजिक’ पुगेको बताउनु भयो । ट्रम्पले उल्लेख गरेका उद्देश्यहरूमा इरानको मिसाइल क्षमतालाई कम गर्ने, यसको रक्षा औद्योगिक आधार नष्ट गर्ने, यसको नौसेना र वायुसेनालाई हटाउने, यसलाई आणविक क्षमताको नजिक पुग्नबाट रोक्ने र यस क्षेत्रका अमेरिकी सहयोगीहरूको रक्षा गर्ने समावेश छ । ट्रम्पले आफू इरानसँग युद्धविराम नचाहने पनि बताउनु भयो । ट्रम्पले नाटो सहयोगीहरूलाई सुरक्षामा मद्दत गर्न हिचकिचाहट देखाएकोमा ‘कायर’ भनेर कडा आलोचना समेत गर्नुभयो । 

पोखरा महानगरपालिकाले सुशासन र योजना तर्जुमाका लागि एउटा ठूलो फड्को मारेको छ । 
मेयर धनराज आचार्यकाअनुसार पोखराभित्र कति घर छन् र नागरिकको आर्थिक अवस्था के छ भन्ने कुरा विगतमा केवल अनुमानका भरमा चल्ने गरेको थियो । तर अहिले महानगरले ‘प्राइमरी डेटा’ नै संकलन गरेर हरेक घरको विस्तृत विवरण तयार पारेको छ । यस तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाभित्र १ लाख ४८ हजार ७२५ घरहरू रहेका छन् । यो तथ्यांक संकलनका क्रममा कुन घर गरिबीको रेखामुनि छन्, को बेरोजगार छ, को रोजगार छ र कुन परिवारको आर्थिक अवस्था कस्तो छ भन्ने सबै विवरण निकालिएको छ । यसै तथ्याङ्कका आधारमा पोखरालाई नेपालको सबैभन्दा धनी शहरको रूपमा स्थापित गर्न र लक्षित वर्गका लागि प्रभावकारी योजना बनाउन सजिलो भएको मेयर आचार्यले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पोखराभित्र कति घर छन् । यसको स्टाटस के हो भन्ने कुरा चाहीँ विभिन्न खालका अनुमानका कुरा थिए । हामीले प्राईमरी डेटा नै लिएर हरेक हरेक घरको डेटा लिएका छौँ । यो भनेको एक लाख ४८ हजार ७ सय २५ घर छ । कति घर गरिवीको रेखामुनि छन् । को बेरोजगार छ, को रोजगार छ ? यी सबै अवस्था निकालेका छौँ । यसको कारणले गर्दा पोखरा नेपालको सबैभन्दा धनी शहरको रुपमा पनि स्थापित छ ।’ यो डेटाबेसले महानगरको राजश्व संकलन, शहरी योजना र सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्न एउटा बलियो जग खडा गरेको छ । अनुमानका भरमा बजेट बाँड्ने परिपाटीलाई अन्त्य गर्दै तथ्यमा आधारित विकासको मोडल पोखराले शुरु गरेको उहाँको भनाइ छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।