२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

कतार र युएईले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । दुबै देशले आक्रमण भएको केही घण्टामै सुरक्षा सतर्कता अपनाउँदै उडानहरू बन्द गर्ने निर्णय गरेको हो । पछिल्ला घटनाक्रमका बीच सतर्कता अपनाउँदै कतारको हवाई क्षेत्रको हवाई यातायात अस्थायी रूपमा बन्द गरिएको घोषणा गरेको कतार नागरिक उड्डयन प्राधिकरणले  जनाएकाे छ । यो कदम कतार सरकारद्वारा लिइएकाे सुरक्षा उपायहरूको श्रृङ्खलाको हिस्सा रहेको प्राधिकरणले जनाएको छ । सबै उडानका लागि उच्चतम स्तरको सुरक्षा र सुरक्षाको सुनिश्चितताप्रति प्राधिकरणको प्रतिबद्धतालाई पुष्टि गर्ने उद्देश्यले गरिएको बताएको छ।त्यस्तै युएईले पनि आफनो हवाई उडान बन्द गरेको जनाएको छ । एक सूचना जारी गरेर अस्थायी रुपमा उडान बन्द गरेको जनाएको छ ।

 इजरायलले शनिबार इरानको राजधानी तेहरान लगायत विभिन्न शहरहरूमा आक्रमण गरेको छ।

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्युज एजेन्सी (इरना)का अनुसार, यी आक्रमणहरूमा दक्षिणी इरानमा ४० छात्राहरूको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्।

यसको जवाफमा इरानले पनि इजरायलमाथि प्रतिआक्रमण सुरु गरेको छ। मिडिया रिपोर्टअनुसार, इरानले करिब ४०० वटा मिसाइल प्रहार गरेको छ।

इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई पनि निशाना बनाएको बताइएको छ। साथै, संयुक्त अरब इमिरेट्सको सबैभन्दा बढी जनसंख्या भएको शहर दुबईलाई पनि लक्षित गरिएको उल्लेख छ।
इजरायलले इरानको गुप्तचर मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको कार्यालय तथा इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको बताइएको छ। हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

इजरायलले आफ्नो नयाँ सैन्य अभियानको नाम ‘लायन्स रोर’ ९शेरको गर्जन० राखेको छ। कतारमा आधारित समाचार माध्यम अल जजीराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो संयुक्त राज्य अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको जनाएको छ।

यो आक्रमण इरान र संयुक्त राज्य अमेरिकाबीच परमाणु हतियारसम्बन्धी चलिरहेको वार्ताका क्रममा भएको हो। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।

१६ फागुन,  । इजरायलले इरानविरूद्ध आक्रमण सुरू गरेको छ । इरानको राजधानी तेहरानमा विष्फोटनका आवाजहरू सुनिएका छन् । इरानी समाचार एजेन्सीले अहिलेसम्म तेहरानमा तीनवटा विष्फोटको आजाव सुनिएको जनाएको छ ।

फार्स न्युज एजेन्सीले तेहरानको डाउनटाउनमा कयौं विष्फोटका आजावहरू सुनिएको जनाएको छ । एजेन्सीले तेहरानको डाउनटाउनमा भएका तीनवटै विस्फोटको तस्वीरहरू पनि प्रकाशित गरेको छ ।

समाचार एजेन्सीले प्रारम्भिक रिपोटअनुसार कयौं मिसाइलहरू दानेशगाह स्ट्रिट र जम्हुरी क्षेत्रमा खसेका संकेत प्राप्त भएको पनि जनाएको छ । इजरायलले इरानविरूको आक्रमणलाई ‘सतर्कतामा गरिएको हमला’ भनेको छ ।

इजरायलका रक्षामन्त्री इजराइल कात्सले बयान जारी गरेर पूरै इजरायलमा ‘विशेष र स्थायी आपतकालीन स्थिति’ को घोषणा गरेका छन् । उता अमेरिकी र इजरायली सञ्चारमाध्यमहरूमा इरानमाथिको आक्रमणमा अमेरिकाले इजरायललाई साथ दिएको उल्लेख गरेका छन् ।

सीएनएनको रिपोर्टमा इजराइली आक्रमण अमेरिकाको साथ र सहयोगमा गरिएको उल्लेख छ । उडानहरूका लागि बन्द गरेको बीबीसीले जनाएको छ । इस्लामिक रेभोल्युसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बन्धित तस्निम न्युज एजेन्सीले इरानको हवाई क्षेत्र पनि बन्द गरिएको उल्लेख गरेको छ ।

इजरायली अधिकारीहरूले इरानमा गरिएको आक्रमणपछि शनिवार हवाई क्षेत्रहरू नागरिक उडानका लागि बन्द गरिएको बताएका छन् । इरानको नागरिक उड्डयन संगठनका प्रवक्ता माजिद अखवानले पनि पूरै देशमा हवाई सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको घोषणा गरेका छन् ।

निर्वाचनसँगै लामो बिदा परेकाले ८ लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ ।  निर्वाचन आसपासमा करिव एक साताजस्तो सार्वजनिक बिदा पर्ने भएपछि ठूलो संख्यामा मानिसहरुले काठमाडौं छोड्ने तयारी गरेका छन् । सरकारले आमनिर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन बिदा दिएको छ भने फागुन १८ गते पहाडी क्षेत्रमा फागू पूर्णिमाको बिदा परेको छ । यस्तै फागुन १९ गते तराईमा फागू पूर्णिमाको बिदा परेको छ ।  फागुन २३ गते शनिवार र २४ गते अर्थात ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसको विदा परेको छ । यसरी फागुन १८ देखि २४ सम्म सात दिन बिदा हुनेभएपछि दशैँ तिहारमा जस्तै यसपटक आगामी हप्तामा धेरैले उपत्यका बाहिर जाने तयारी गरेका छन् ।  यातायात व्यवसायीहरुकाअनुसार अहिलेबाटै उपत्यका छाड्नेहरु बढेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले ६–७ दिनको सार्वजनिक बिदाको कारणले सार्वजनिक यातायातमा चाप पर्न थालेको बताउनु भयो । १९ गतेसम्मका लागि लामोदूरीका गाडीहरुमा भीडभाड रहेको उहाँको भनाइ छ । सिटौलाकाअनुसार १७, १८,१९ गते थेगिनसक्नु भीड छ । धेरैले गाडी रिजर्व समेत गर्न थालिसकेका छन् । 

सिटौलाले भन्नुभयो–‘६/७ दिनको बिदाका कारण काठमाडौं उपत्यकाबाट निकै धेरै यात्रुहरु उपत्यकाबाट घरतर्फ जाने हामीले देखिरहेका छौँं । जानेक्रम शुरु भइसकेको छ । आम निर्वाचनको क्रमलाई लिएर सुरक्षा निकायहरु समेत आफ्नो कार्यक्षेत्रमा गइसकेको अवस्था पनि छ । करिव ८–९ लाखको हाराहारीमा आआफ्नो गृहजिल्लामा जाने क्रम शुरु भइसकेको छ । १९ गतेसम्म लामोदूरीका गाडीहरुमा अत्यान्तै भीडभाड छ । १७, १८,१९ गते थेगिनसक्नु बीड छ । धेरै सवारीसाधन रिजर्व गर्न थालिसक्नुभएको छ ।’

यातायात व्यवसायी सिटौलाकाअनुसार लामो दूरी कञ्चनपुर, डडेलधुरादेखि अर्घाखाँची, गुल्मी, पाल्पा जस्ता जिल्लामा १९ गतेपछि गाडी जानसक्ने अवस्था रहने छैन । मध्यम दूरी काभ्रे, धादिङ सिन्धुपाल्चोकसम्मका दूरीमा गाडीहरु चल्नेछन् । 
यातायात व्यवस्था विभागले पनि आम निर्वाचनको असापासमा धेरै बिदा परेकाले यात्रु बाहिर जाने भएकाले सार्वजनिक यातायातलाई चुस्त राखिने बताएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले सार्वजनिक यातायात प्रणालीलाई चुनावका बेला चुस्तदुरुस्त राख्न योजनावद्ध तवरले विभाग लागिरहेको बताउनु भयो ।

विभागका महानिर्देशक पोखरेलले भन्नुभयो–‘आम निर्वाचन नजिकिएको छ । यो बेला यातायात प्रणालीलाई चुस्तदुरुस्त बनाउन विभिन्न कामहरु गरिरहेका छौँ । आसन्न चुनावमा .देशबाट एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम शुरु भइरहेको छ र विदेशबाट पनि नेपाली नागरिकहरु नेपाल आउने क्रम बढिरहेको छ । अहिले यातायात प्रणालीलाई व्यवस्थित बनाउन विभिन्न स्टेक होल्डरहरुसँग बसेर छलफल गरेका छौँ । अहिले सार्वजनिक यातायातबाटै सबै नागरिकलाई आफ्नो गन्तव्य .पु¥याउनसक्ने अवस्थामा छौँ । यदी पुगेन भने हामी अरु पूर्वतयारी पनि गरेर बसेका छौँ । सार्वजनिक यातायातले पुगेन भने अरु क्षेत्रका गाडीहरु समेत प्रयोग सक्ने छौँ ।’

उहाँले निर्वाध रुपमा सार्वजनिक यातायातबाट नागरिकलाई सुरक्षित गन्तव्यमा पु¥याइने बताउँदै अपुग भए नेपाली सेनादेखि स्कुल, कलेजका सबारी साधनसमेत सरकारले प्रयोग गरेर चलाउने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न देशभर मदिरा विक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।  निर्वाचन आयोगको सिफारिसमा सरकारले शुक्रवारदेखि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको हो । आयोगले प्रतिवन्धको कार्यान्वयन भए÷नभएको बारेमा सुक्ष्म अनुगमन गर्ने पनि जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले फागुन १५ गतेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मको लागि मदिरा विक्री वितरण तथा सेवनमा प्रतिवन्ध लगाइएको जानकारी दिनुभयो ।  निर्वाचनको अवधिमा सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र शान्ति सुव्यवस्था कायम राख्न उक्त निर्णय गरिएको हो । तोकिएको अवधिमा मदिरा विक्री–वितरण वा सेवन गरेको पाइए प्रचलित कानूनअनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो । 

उहाले भन्नुभयो, ‘फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई केही व्यवस्थाहरुको सिफारिस गरेको छ । जस अन्तर्गत निर्वाचनको मितिभन्दा ७ दिन अगाडी अर्थात २०८२ साल फागुन १५ गतेदेखि मतदानको कार्य सम्पन्न नहुन्जेलसम्मको लागी कुनै पनि प्रकारका मदिराहरु विक्री वितरण गर्न र सेवन गर्न नपाउने गरि निषेधको व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम आम रुपमा यस्ता क्रियाकलाप भएका छन् कि छैनन् भनेर निर्वाचन आयोगले पनि सुक्ष्म रुपमा अनुगमन गर्ने गरेको हुँदा सम्पूर्ण सरोकारवालाहरुले यस्ता किसिमका गतिविधिहरु नगर्न र नगराउनको लागि पनि निर्वाचन आयोगले सम्पूर्ण मतदाता लगायत सरोकारवालाहरु सबैमा हार्दिक अनुरोध गरेको छ । यस किसिमको शान्ति सुव्यवस्था कायम गर्नको लागी निर्वाचण आयोग सम्पूर्ण निर्वाचनसंग सम्बद्ध राजनीतिक दल, उम्मेद्वार र सुरक्षा निकायहरुलाई पनि अनुरोध गर्दछ ।

आयोगले सम्पूर्ण मतदाता, व्यवसायी, राजनीतिक दल, उम्मेदवार तथा सुरक्षा निकायलाई निर्वाचन अवधिभर आचारसंहिताको पालन गरि सहयोग गर्न आग्रह गरेको छ । निर्वाचनसँग संवद्ध सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गरी मर्यादित र अनुशासित वातावरणमा मतदान सम्पन्न गर्नुपर्नेमा आयोगले जोड दिएको छ । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।