२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

पोखरा टेलिभिजन २०८२ फागुन ७ गते

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् । उनले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी महामन्त्री समक्ष राजीनामा घोषणा गरेका छन् ।

हुमागाईँ ७९ मा काभ्रे २ बाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका थिए । उनले राजीनामा पत्रमा रास्वपा छाड्नुका ७ कारण खुलाएका छन् ।

उम्मेदवार छनोटमा चरम आर्थिक चलखेल भएको, केन्द्रीय संरचना विस्तार तथा सदस्यता तथा आर्थिक व्यवस्थापनमा अपारदर्शीता देखिएको उनको आरोप छ ।

उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै उनले लेखेका छन्( वर्षौंदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ ।
विशेष रूपमा, दुई(चार दिन अघाडिसम्म मोबाइल पसलमा काम गरिरहेका, गीत गाइरहेका, सामाजिक अभियन्ता भनेर हिँडिरहेका, चटकदारहरूलाई स्वार्थको आधारमा उम्मेदवार बनाइएको छ।
पार्टीले सुरुमा उनानसीको निर्वाचनमा जान्नेलाई छान्ने भनेको थियो । तर व्यवहारमा तिनै जान्ने, सिमित व्यक्तिहरू, माथिका व्यक्तिहरूलाई चाकडी गर्ने, खुसी पार्ने, वरिपरि घुम्ने ९नेपालीमा ‘गणेश प्रवृत्ति’० पात्रहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ प्राथमिकता दिइएको छ। पार्टीले चयन गरेको चरम चलखेलले भोलिको नेपालको संसद चटकदारहरूको थलो, विकृत र अवसरवादी संरचनामा परिणत हुने स्पष्ट संकेत देखाएको छ ।

 

हुमागाईँले अघिल्लो निर्वाचनमा काभ्रे २ बाट १० हजार ५७३ मत ल्याएका थिए । रास्वपामा पछिल्लो समय उम्मेदवार चयन प्रक्रियामा चलखेल बढेको र आर्थिक पारदर्शीतामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढेको छ ।

हिजो मात्रै रास्वपा मधेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेम कुमारी ९उर्मिला० भुर्तेलले पनि पार्टी छाडेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।