२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार
 

पोखरा । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा आएको छ । टिपरको ठक्करबाट धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेर राजमार्ग अवरुद्ध गरेका थिए ।

प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । भिड नियन्त्रण गर्न १२ सेल अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रातोपाटीलाई बताए । मृतक प्रधानले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटर चलाएका थिए । टिपर चालकलाई नियन्त्रणमा लिइएको डीएसपी विष्टले जानकारी दिए । 

पोखरा । किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाको नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मेयर अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा जबरजस्ती करणीमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चासमेत जन्माएकी जाहेरीमा उल्लेख छ ।

जााहेरीमा उल्लेख गरेअनुसार किशोरी दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले जबरजस्ती करणी गरेका थिए ।
 

जिल्ला प्रहरी कार्यालयका अनुसार ती बालिकाले २०७१ गत फागुनमा बच्चा जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो ।

जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान जारी गरेको जनाए पनि मेयर फरार थिए । मंगलबार भने उनी आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
प्रहरी प्रमुख सुवेदीले नेपाल प्रेससँग मेयरलाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुकुम्वासी, गरिबहरूको पक्षमा आफ्नो पार्टीको ध्यान रहेको बताएका छन्।

दमकमा तीन पाङ्ग्रे सवारी चालकहरूसँगको भेटमा आफूले कोही भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन भन्ने नीतिका साथ अगाडि बढेको बताए।

उनले भने, ‘सुकुम्वासी, गरिबहरूका सम्बन्धमा हाम्रो पार्टीले सबैभन्दा बढी ध्यान दिन्छ। हाम्रो नीति, कोही पनि भोकै हुनुहुँदैन, कोही पनि भोकै मर्दैन। हामीले झन्डै झन्डै भोकमरीको स्थिति अन्त्य गरेका छौँ। गरिबी अन्त्य गर्नका लागि हामीले प्रयास गरेका छौँ।’

 

उनले स्वास्थ्य बिमालाई परिवर्तन गरेर ३५ सय तिरेर १ लाखसम्मको उपचार गर्न पाइने व्यवस्था आफूले बनाएको बताए। उनले झापाको विकासलाई आफूले तीव्रता दिएको समेत जिकिर गरे।

 

उनले भने, ‘विकास सकिएको हुँदैन, अझै बाँकी हुन्छ। म प्रधानमन्त्री हुनुभन्दा अगाडि धेरै कठिन थियो। मूलभूत बाटाहरू पक्की भएका छन्, अब त्यसमा अरू कनेक्सन जोडिन बाँकी छ। दमक ठुलो नगरपालिका हो, यहाँको विकासका लागि हामी सधैँ लाग्नेछौँ।’

उनले आफू विराटनगरमा एउटा कार्यक्रम सकेर आजै काठमाडौं फर्किन लागेको समेत जानकारी गराए।

कालीगण्डकी किनारमा भेटिएको कंकालको अझै खुलेन पहिचान 

६ फागुन, गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–४ अन्तर्गत कालीगण्डकी नदी किनारमा १० दिन अघि फेला परेको मानव कंकालको पहिचान अझै खुल्न सकेको छैन ।

गत २६ माघमा घुमाउने भन्ने स्थानमा ढुंगाको कपेरोमा मानव कंकाल देखिएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मी का प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले घटनासम्बन्धी अनुसन्धान जारी रहेको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।