२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कास्कीको पोखरा महानगरपालिका–९, स्थित काठमाडौं फ्रेस बेकरी कारबाहीमा परेको छ । म्याद गुज्रेका सामग्रीबाट केक बनाउने गरेको पाइएपछि स्थानीय प्रशासनले कारबाहीस्वरुप २० हजार रुपैयाँ जरिवाना तिराएको हो । बेकरीबाट उत्पादित केक खाएपछि बिरामी परेको उपभोक्ताको गुनासोपछि प्रशासनको टोली अस्ति त्यहाँ पुगेको थियो ।

त्यसक्रममा म्याद गुज्रेका सामग्री फेला पर्नुका साथै अधिकांश सामानमा लेबलिङ्ग, ब्याच नम्बर, उत्पादन मिति, प्रयोग योग्य मिति उल्लेख नभएको, सरसफाई अभाव, बिलबिजक पनि दिने नगरेको भेटिएको प्रशासनको ठहर छ ।

‘म्याद गुज्रेका र मिति नखुलेका खाद्यान्नहरु नियन्त्रणमा लिई तत्काल नष्ट गरी उक्त बेकरीलाई २० हजार रुपैयाँ जरिवाना गरियो,’ प्रशासनद्धारा जारी विज्ञप्तिमा भनिएको छ । सिडिओ कार्यालयले बेकरीलाई ६ बुँदे निर्देशनसमेत दिएको छ ।

जसमा मूल्यसूची र व्यवसायसम्बन्धी कागजात सबैले देख्नेगरी राख्न, सरसफाईमा विशेष ध्यान दिने, म्याद गुज्रेका सामान अलग्गै राखी नष्ट गर्न, वस्तु उत्पादन हुँदाकै बखत लेबलिङ, ब्याच नम्बर, उत्पादन मिति, प्रयोग योग्य मिति उल्लेख गर्न वा उल्लेख नभएका सामग्री बेचबिखन नगर्न र बिलबिजक अनिवार्य रुपमा उपलब्ध गराउन भनिएको छ ।

प्रशासनको सूचना अटेरी गर्दै राजावादीहरूले भोलि दिउँसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जुलुस निकाल्ने तयारी गरेपछि सुरक्षाकर्मीलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।

आज साँझदेखि नै विमानस्थल परिसरमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको तैनाथी बढाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले भोलिदेखि विमानस्थल र आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन, जुलुस, र्याली र सभा नगर्नरनगराउन भन्दै सूचना जारी गरिसकेको अवस्थामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चुनौती दिएका छन् ।

आज बिहान पत्रकार सम्मेलन गरेर उनले अन्तिम राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि उपत्यका आसपासका जिल्लामा रहेका समर्थकलाई भोलि मध्याह्न १२ बजे विमानस्थल गेटमा आउन उर्दी जारी गरेका थिए । राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसमेत प्रशासनको प्रतिबन्धले पूर्वराजाको स्वागत नरोकिने चेतावनी दिएका छन् ।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा राजावादीले भेला हुने तयारी गरेपछि सरकारले सुरक्षा तैनाथी बढाउन लागेको हो । विमानस्थल परिसरमा व्यापक सुरक्षाकर्मी परिचालनको तयारी भइरहेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशासनको अटेरी गरेर राजावादीहरु भेला भएमा बल प्रयोग हुनेछ ।

‘स्थानीय प्रशासनले जारी गरेको सूचना नै मान्दैनौँ भन्नुहुन्छ भने प्रहरीले पनि आफ्नो कर्तव्य त पूरा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘सुरक्षाकर्मीलाई अलर्टमा राखिएको छ, स्थिति हेरेर आवश्यकता अनुसार परिचालन हुन्छन् ।’

 

पोखरा । सहकारी ठगी प्रकरणमा अदालती तारेख बुझेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने स्याङ्जा लागेका छन्। विहीबार बिहान कास्की जिल्ला अदालत पुगेर उनले आफ्नो मुद्दाको तारेख बुझेका हुन्।

अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार लामिछानेले विहीबार बिहानै हाजिर भएर तारेख लिएका हुन्। उनी विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दा विचाराधीन छन्। चुनावी अभियानका क्रममा बुधबार पोखरा आइपुगेका उनी अदालतको प्रक्रिया सकेर सिधै स्याङ्जातर्फ लागेको रास्वपा कार्यकर्ताले बताए।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगेको आरोप लामिछानेमाथि छ। सर्वसाधारणको बचत प्रयोग गरेर ग्यालेक्सी टेलिभिजन चलाएको भन्दै पीडितहरुले उनी विरुद्ध जाहेरी दिएका थिए। यसै आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ६३ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। उक्त मुद्दामा कुल १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ।

अदालतमा दर्ता भएको अभियोग पत्रमा लामिछाने विरुद्ध मात्रै दुई प्रकारका बिगो दाबी छन्। सहकारीको रकम अपचलन गरेको अभियोगमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागिएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ। यो मुद्दा अहिले पनि अदालतमा सुनुवाइकै क्रममा छ।

यसअघि कास्की प्रहरीले उनलाई ८४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो। सरकारी वकिलले मुद्दा दायर गरेपछि जिल्ला अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। सोही आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। अहिले उनी त्यही मुद्दाको नियमित तारेखमा छन्।

तारेख बुझेपछि लामिछाने स्याङ्जाका विभिन्न ठाउँमा आयोजना हुने ‘घण्टी अभिवादन’ कार्यक्रममा सहभागी हुनेछन्। उनी चुनावी प्रचारलाई तीव्रता दिन त्यसतर्फ लागेका हुन्। यो सहकारी प्रकरणका मुख्य आरोपी तथा गोर्खा मिडियाका अध्यक्ष जिबी राई भने अझैसम्म प्रहरीको नियन्त्रणमा आएका छैनन्। उनी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।