२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

भारतको तेलुगु फिल्म उद्योगका कामदारहरू ३० प्रतिशत ज्याला वृद्धिको माग गर्दै गत अगस्टको पहिलो हप्तादेखि हड्तालमा छन्। यस हड्तालका कारण उद्योगका सबै फिल्महरूको छायांकन रोकिएको छ।

तेलुगु उद्योग मजदुर महासंघको नेतृत्वमा सुरु भएको यस आन्दोलनमा कामदारहरूले पारिश्रमिक वृद्धि नभएसम्म काममा फर्किन नसक्ने चेतावनी दिएका छन्।

दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले कामदारहरूको मागबारे चासो देखाउँदै समस्या समाधानमा पहल गर्ने बताएका छन्। तर, उनले संचारमाध्यममा आएको ‘कामदारलाई भेटेर माग पुरा गर्ने आश्वासन दिएको’ समाचारलाई निराधार भनेका छन्। चिरञ्जीवीका अनुसार, “तेलुगु फिल्म उद्योगको सर्वोच्च निकाय फिल्म चेम्बर हो। यही निकायले मात्र सबै पक्षसँग सामूहिक छलफल गरेर निष्पक्ष समाधान निकाल्नेछ।”

तेलुगु फिल्म चेम्बर, तेलुगु फिल्म निर्माता परिषद् र मजदुर महासंघबीच तलब वृद्धिका विषयमा केही महिनादेखि वार्ता भइरहेको भए पनि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन।

८६ मेगावाटको सोलुखोला आयोजना सञ्चालन गरिरहेको साहस ऊर्जाले एक वर्षमै नाफा दोब्बरभन्दा बढी बढाउन सफल भएको छ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, यसको खुद नाफा ९० करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा ४२ करोड ३ लाख रुपैयाँ मात्र थियो। विद्युत् बिक्री आम्दानी बढ्नु र बैंक ब्याजदर घट्नु नाफा वृद्धिका मुख्य कारण बनेका छन्।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ६४ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ४४ करोड रुपैयाँ आम्दानीभन्दा उल्लेख्य वृद्धि हो। त्यस्तै, वित्तीय लागत अघिल्लो वर्षको १ अर्ब १६ करोड रुपैयाँबाट घटेर गत वर्ष ८० करोड ५ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ रहेको छ। साथै, ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय पनि कम्पनीले गरेको छ।

हाल कायम चुक्ता पूँजीमा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने साधारणसभाको निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। यस कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ६७७ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिबन्धित पाराक्वेट नामक झार मार्ने विषादी सेवन गरेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ घर भएकी ३९ वर्षीया ती महिलाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

गत साउन ९ गते विषादी सेवन गरेकी ती महिलालाई सुरुमा चितवन मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो। तर, आफन्तको अनुरोधमा उनलाई हेटौंडा रिफर गरिएको थियो। अस्पताल पुगेपछि उनले सुरुमा काँचो आँप खाएको बताइन्, तर स्वास्थ्य परीक्षण गर्दा उनले पाराक्वेट विषादी सेवन गरेको पुष्टि भएको चिकित्सकहरूले जनाए।

विषादी सेवन गरेपछि सुरुका केही दिन सामान्य समस्या देखिए पनि ४–५ दिनमा असर तीव्र बनेको थियो। यसका कारण मिर्गौला र कलेजोमा गम्भीर क्षति पुगेको चिकित्सकहरूले बताए।

ती महिलाका एक छोरा, एक छोरी र श्रीमान् छन्। उनका श्रीमान् सवारी चालकको रूपमा कार्यरत छन्।

विशेषज्ञहरूका अनुसार, झार मार्ने रासायनिक विषादीको जथाभावी प्रयोग मानव स्वास्थ्य, वातावरण र जीवजन्तुका लागि गम्भीर खतरा बन्दै गएको छ। कतिपयले आफ्नै घरको आँगनमा समेत विषादी छर्किने गरेको पाइन्छ, जसको नकारात्मक असर बढ्दो छ।

भदौ पहिलो साताका लागि तय गरिएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ।

महासचिव घनश्याम भूसालले शनिबार दिउँसो जारी गरेको सूचनामा ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने उल्लेख थियो। तर, राति जारी अर्को सूचनामा बैठकको मिति परिवर्तन गरिएको छ।

नवीन तालिकाअनुसार २५ भदौमा स्थायी कमिटी, २६ भदौमा पोलिटब्यूरो र २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार, चाडबाडलाई ध्यानमा राखेर बैठक सारिएको हो।

 अघिल्लो कारोबार दिन शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आइतबार तोलामा २ सय रुपैयाँ घटेको छ ।

शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ रहेकोमा आज आइतबार १ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३३० रुपैयाँ पुगेको छ ।

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

कृषि उपज २४ गतेको मूल्य २५ गतेको मूल्य फरक %
       
गोलभेडा ठूलो(नेपाली) (के.जी.) रू ५४.२५ रू ५५.००  १.३८%
गोलभेडा सानो(लोकल) (के.जी.) रू २४.२० रू २५.६७  ६.०७%
गोलभेडा सानो(टनेल) (के जी) रू ३६.८० रू ४२.२०  १४.६७%
आलु रातो (के.जी.) रू ४७.७५ रू ४८.५०  १.५७%
आलु रातो(भारतीय) (के जी) रू ३६.७५ रू ३३.००  १०.२०%
आलु रातो(मुडे) (केजी) रू ४३.५० रू ४४.००  १.१५%
आलु सेतो (के.जी.) रू ३८.५० रू ३८.००  १.३०%
प्याज सुकेको (भारतीय) (के.जी.) रू ३७.५० रू ३७.००  १.३३%
गाजर(लोकल) (के.जी.) रू ९५.०० रू ९८.००  ३.१६%
गाजर(तराई) (केजी) रू ८५.०० रू ८७.००  २.३५%
बन्दा(लोकल) (के.जी.) रू २२.३३ रू २०.००  १०.४३%
काउली स्थानिय (के.जी.) रू ८८.७५ रू ९६.००  ८.१७%
स्थानीय काउली(ज्यापु) (केजी) रू १०६.६७ रू १०६.००  ०.६३%
काउली तराई (के.जी.) रू ७५.०० रू ८३.७५  ११.६७%
मूला रातो (के.जी.) रू ४४.७५ रू ४७.५०  ६.१५%
सेतो मूला(हाइब्रीड) (केजी) रू ३३.७५ रू ४४.००  ३०.३७%
भन्टा लाम्चो (के.जी.) रू २४.२५ रू २५.००  ३.०९%
भन्टा डल्लो (के.जी.) रू ३५.७५ रू ३५.००  २.१०%
बोडी(तने) (के.जी.) रू ९०.०० रू ८८.००  २.२२%
मकै बोडी (केजी) रू ६५.०० रू ७८.००  २०.००%
घिउ सिमी(लोकल) (के.जी.) रू ९५.०० रू ८९.००  ६.३२%
घिउ सिमी(हाइब्रीड) (केजी) रू ९५.०० रू ८५.००  १०.५३%
घिउ सिमी(राजमा) (केजी) रू १३५.०० रू १४२.००  ५.१९%
टाटे सिमी (के.जी.) रू ६५.०० रू ६७.६०  ४.००%
भटमासकोशा (के.जी.) रू ११०.०० रू १२६.००  १४.५५%
तितो करेला (के.जी.) रू ३५.०० रू ४५.००  २८.५७%
लौका (के.जी.) रू ५७.५० रू ५८.००  ०.८७%
परवर(लोकल) (के.जी.) रू ७५.०० रू ७५.००  ०.००%
परवर(तराई) (केजी) रू ७५.०० रू ७५.००  ०.००%
चिचिण्डो (के.जी.) रू ३५.०० रू ३१.००  ११.४३%
झिगूनी (के.जी.) रू ७५.०० रू ६१.००  १८.६७%
फर्सी पाकेको (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
फर्सी हरियो(लाम्चो) (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
हरियो फर्सी(डल्लो) (केजी) रू ४५.०० रू ५९.००  ३१.११%
सलगम (के.जी.) रू ८५.०० रू ८५.००  ०.००%
भिण्डी (के.जी.) रू ५८.७५ रू ५८.००  १.२८%
पिंडालू (के.जी.) रू ७५.०० रू ६४.००  १४.६७%
स्कूस (के.जी.) रू ४६.६७ रू ३६.००  २२.८६%
रायो साग (के.जी.) रू ५५.०० रू ७४.००  ३४.५५%
पालूगो साग (के.जी.) रू ४५.०० रू ६७.००  ४८.८९%
तोरीको साग (के.जी.) रू ५५.०० रू ५७.००  ३.६४%
प्याज हरियो (के.जी.) रू ८५.०० रू ७६.००  १०.५९%
च्याउ(कन्य) (के.जी.) रू १८२.५० रू १५६.००  १४.५२%
च्याउ(डल्ले) (के जी) रू ४८०.०० रू ४२५.००  ११.४६%
कुरीलो (के.जी.) रू ३२६.६७ रू ३२५.००  ०.५१%
न्यूरो (के.जी.) रू ८५.०० रू ८५.००  ०.००%
ब्रोकाउली (के.जी.) रू २२६.६७ रू २१०.००  ७.३५%
चुकुन्दर (के.जी.) रू ६५.०० रू ६४.००  १.५४%
सजिवन (के.जी.) रू १७६.६७ रू १९०.००  ७.५५%
रातो बन्दा (के.जी.) रू २५०.०० रू २५०.००  ०.००%
जिरीको साग (के.जी.) रू ८०.०० रू ८५.००  ६.२५%
सेलरी (के.जी.) रू ११०.०० रू ११२.००  १.८२%
पार्सले (के.जी.) रू १,२००.०० रू १,२००.००  ०.००%
सौफको साग (के.जी.) रू ८०.०० रू ९०.००  १२.५०%
पुदीना (के.जी.) रू १९३.३३ रू २१८.००  १२.७६%
इमली (के.जी.) रू १९५.०० रू १९५.००  ०.००%
तामा (के.जी.) रू ११०.०० रू ११०.००  ०.००%
तोफु (के.जी.) रू ११०.०० रू ११०.००  ०.००%
गुन्दुक (के.जी.) रू २७६.६७ रू २७५.००  ०.६०%
स्याउ(झोले) (के.जी.) रू २३३.३३ रू २३६.६७  १.४३%
स्याउ(फूजी) (के जी) रू ३००.०० रू ३१८.००  ६.००%
केरा (दर्जन) रू १३५.०० रू १३७.५०  १.८५%
कागती (के.जी.) रू ११६.६७ रू १२६.६७  ८.५७%
अनार (के.जी.) रू ३७६.६७ रू ३९२.००  ४.०७%
आँप(मालदह) (के.जी.) रू १९५.०० रू २०५.००  ५.१३%
आँप(दसहरी) (केजी) रू १९५.०० रू २१०.००  ७.६९%
सुन्तला(भारतीय) (केजी) रू ३२६.६७ रू ३२०.००  २.०४%
तरबुजा(हरियो) (के.जी.) रू ७५.०० रू ७०.००  ६.६७%
मौसम (के.जी.) रू १५०.०० रू १५०.००  ०.००%
जुनार (के.जी.) रू २३०.०० रू २३०.००  ०.००%
भुई कटहर (प्रति गोटा) रू १५०.०० रू १५२.००  १.३३%
काक्रो(लोकल) (के.जी.) रू ५५.०० रू ५४.००  १.८२%
काक्रो(हाइब्रीड) (के जी) रू २०.०० रू १९.००  ५.००%
रुख कटहर (के.जी.) रू ४५.०० रू ४५.००  ०.००%
नासपाती(लोकल) (के.जी.) रू ७५.०० रू ८२.००  ९.३३%
नासपाती(चाइनिज) (केजी) रू २३३.३३ रू २३५.००  ०.७२%
मेवा(नेपाली) (के.जी.) रू ८५.०० रू ७५.००  ११.७६%
मेवा(भारतीय) (केजी) रू ९५.०० रू ९५.००  ०.००%
अम्बा (के.जी.) रू २३३.३३ रू २३५.००  ०.७२%
लप्सी (के.जी.) रू ५५.०० रू ५५.००  ०.००%
अदुवा (के.जी.) रू १०३.३३ रू १०४.००  ०.६५%
खु्र्सानी सुकेको (के.जी.) रू ३२६.६७ रू ३२५.००  ०.५१%
खु्र्सानी हरियो (के.जी.) रू ५५.०० रू ४८.००  १२.७३%
खुर्सानी हरियो(बुलेट) (के जी) रू ५५.०० रू ४२.५०  २२.७३%
खुर्सानी हरियो(माछे) (के जी) रू ६५.०० रू ७५.००  १५.३८%
खुर्सानी हरियो(अकबरे) (के जी) रू २२६.६७ रू २२२.००  २.०६%
भेडे खु्र्सानी (के.जी.) रू ७५.०० रू ८५.००  १३.३३%
लसुन हरियो (के.जी.) रू ९५.०० रू ८४.००  ११.५८%
हरियो धनिया (के.जी.) रू ३७६.६७ रू ३७०.००  १.७७%
लसुन सुकेको चाइनिज (के.जी.) रू १९०.०० रू १९०.००  ०.००%
लसुन सुकेको नेपाली (के.जी.) रू १५०.०० रू १५०.००  ०.००%
छ्यापी सुकेको (के.जी.) रू १७०.०० रू १७०.००  ०.००%
छ्यापी हरियो (के.जी.) रू १२५.०० रू १२५.००  ०.००%
माछा सुकेको (के.जी.) रू ९००.०० रू ९००.००  ०.००%
ताजा माछा(रहु) (के जी) रू ३२०.०० रू ३२०.००  ०.००%
ताजा माछा(बचुवा) (के जी) रू २८५.०० रू २८५.००  ०.००%
ताजा माछा(छडी) (के जी) रू २३३.३३ रू २३०.००  १.४३%
राजा च्याउ (के.जी.) रू २९०.०० रू २९०.००  ०.००%
सिताके च्याउ (के.जी

Pokhara TV

रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको डबलक्याब स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मन्थली नगरपालिका–११ की ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टका अनुसार स्वास्थ्यकर्मी रहेकी राधाको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन्। घाइतेलाई सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए। हेटौंडा जाँदै गरेको बीएससी ९४६३ नम्बरको स्कारपियो आइतबार बिहान मन्थली–६ कुनौरीमा सडकमा आएको पहिरोबाट तल खस्दा दुर्घटना भएको हो।

यसअघि, शनिबार रामेछापकै खाँडादेवी–४ मा पर्ने मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए। ना६त ९५९१ नम्बरको ट्याक्टर दुर्घटनामा स्थानीय २५ वर्षीय दिनेश माझीको मृत्यु भएको थियो भने १५ वर्षीय विवेक माझी घाइते भएका थिए।

जनकपुरको थापाचोकस्थित रेलमार्ग क्रस गर्ने क्रममा रेल र कार एक आपसमा ठोक्किएका छन्।

बागमती प्रदेश–०१–२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन्। उनका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रत्यक्षदर्शीका भनाइअनुसार, रेल भांगहाबाट जनकपुरतर्फ आउँदै थियो। सोही बेला थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कारले रेलमार्ग पार गर्न खोज्दा रेलसँग ठोक्किएको हो।

प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।

घरजग्गा व्यवसायीले अब हदबन्दी छुटको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर तथा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न पाउने भएका छन्।

यो व्यवस्था भूमि सम्बन्धी ऐनमा समावेश गर्ने विषयमा प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सहमति जनाएको हो। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमार्फत यो प्रावधान ल्याउन लागिएको हो, जसलाई आज संसदीय समितिबाट पारित गर्ने तयारी छ। यसअघि गत बिहीबार समितिले यस विषयमा सहमति जुटाएको थियो। विधेयकको प्रतिवेदनमा घरजग्गा व्यवसायीले हदबन्दी छुटको जग्गामा घर वा अपार्टमेन्ट बनाएर बेच्न पाउने प्रावधान स्पष्ट रूपमा समावेश गरिएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार, २०७६ सालमा भूमिसम्बन्धी ऐन संशोधन भएपछि घरजग्गा व्यवसायका लागि हदबन्दीभन्दा बढी जग्गा लिने बाटो खुलेको थियो। हाल एक सयभन्दा बढी कम्पनीले घरजग्गा व्यवसाय दर्ता गरी सञ्चालन गरिरहेका छन्। तर, हदभित्रको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा अपार्टमेन्ट निर्माण गरी बेच्ने कानुनी अनुमति उनीहरूले पाएका थिएनन्। प्रस्तावित विधेयकले अब यस्तो अनुमति दिनेछ।

विधेयकको व्यवस्था

विधेयकको दफा (१) को उपदफा (१) मा भनिएको छ—

“यस ऐनमा अन्यत्र जे लेखिएको भए तापनि, दफा १२ को खण्ड (ङ१) बमोजिम घरजग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनबमोजिम विकास गरी घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न सक्नेछ।”

उपदफा (२) अनुसार, यस्तो कम्पनीले घर वा अपार्टमेन्ट बिक्री गर्दा, त्यस्तो आवास इकाइ खरिद गर्ने व्यक्तिहरूको सामूहिक प्रयोगका लागि राखिएको जग्गामा खरिदकर्ताको सामूहिक स्वामित्व कायम हुने गरी दाखिला खारेज गर्नुपर्नेछ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

हाल बागमती प्रदेश र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली छ। बागमती प्रदेशका केही स्थान, कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थान र मधेस प्रदेशसहित देशका बाँकी पहाडी तथा तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।