२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहित गरेको खुलासा भएको छ।

फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा भएको फोनवार्ताका क्रममा ट्रम्पले सोधे,

“भोलोदिमिर, यदि हामीले तपाईंलाई लामो दूरीका हतियार दिन्छौं भने के तपाईं मस्कोमा प्रहार गर्न सक्नुहुन्छ? सेन्ट पिटर्सबर्गलाई पनि?”

जवाफमा जेलेन्स्कीले भने,

“निश्चित रूपमा, तपाईंले हतियार दिनुभयो भने हामी सक्छौं।”

ट्रम्पले आफ्नाे रणनीति स्पष्ट पार्दै भने,

“हाम्रो उद्देश्य उनीहरूलाई पीडा महसुस गराउने र वार्ताको टेबलमा ल्याउने हो।”

यो संवाद ट्रम्पको रूसप्रतिको विगतमा देखिएको “नरम” दृष्टिकोण र युद्ध छिटो अन्त्य गर्ने वाचा विपरीत ठहरिएको छ। उल्लेखनीय कुरा के छ भने यो वार्ता ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीचको “नकारात्मक” भनिएको फोनकुराको भोलिपल्ट भएको हो।

रिपोर्टअनुसार पछिल्ला हप्ता रोममा भएको बैठकमा अमेरिकी पक्षले युक्रेनलाई सम्भावित हतियारहरूको सूची प्रस्तुत गरेको थियो। यसमा लामो दूरीका आक्रमण प्रणालीहरू पनि समावेश थिए।

यस प्रक्रियाबाट ट्रम्पले अमेरिकी कंग्रेसको अनुमोदन बिना युरोपेली साझेदारमार्फत हतियार आपूर्ति गर्न सक्ने सम्भावना देखाइएको छ।

फाइनान्सियल टाइम्सका अनुसार युक्रेनले टोमहक मिसाइलजस्ता १,६०० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने क्रूज मिसाइलहरूको माग गरेको छ। यद्यपि ट्रम्पको टोली र बाइडेन प्रशासन दुवै युक्रेनको संयमता अभावप्रति चिन्तित देखिन्छन्।

तर मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,

“जेलेन्स्कीले मस्कोलाई निशाना बनाउन हुँदैन।”

उनले अमेरिका लामो दूरीका हतियार यति छिटो किभलाई दिन उत्सुक नरहेको पनि प्रस्ट पारे। तर चेतावनी दिँदै थपे,

“यदि ५० दिनभित्र शान्ति सम्झौता भएन भने, हामी रूसमाथि ठूलो भन्सार शुल्क र कडा प्रतिबन्ध लगाउनेछौं।”

रूसी प्रतिक्रिया कस्तो छ?

रूसले ट्रम्पको चेतावनीलाई विशेष गम्भीरताका साथ नलिएको संकेत दिएको छ।

रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले ट्रम्पको “नाटकीय अल्टिमेटम”लाई टिप्पणी गर्दै भने,

“रूसलाई कुनै सरोकार छैन।”

अमेरिकी अधिकारीहरूले वार्ताका क्रममा अटाकम्स मिसाइलबारे पनि छलफल गरेको जनाइएको छ। युक्रेनले यो मिसाइल रूस अधिनस्थ क्षेत्रमा प्रयोग गर्दै आएको छ, तर मस्कोसम्म पुग्न सक्दैन।

रूसले यस्ता आक्रमण भएमा पश्चिमी मुलुकहरूलाई पनि लक्षित गर्ने चेतावनी दिएको छ।

युक्रेनले आन्तरिक रूपमा बनाइएका ड्रोनहरू प्रयोग गरी रूसी सैन्य संरचनामा हमला गर्दै आएको छ। जुन महिनाको सुरुमा युक्रेनी सुरक्षा सेवा (एसबीयू) ले आत्मघाती ड्रोनमार्फत रूसी बमवर्षक विमानहरू ध्वस्त पारेको थियो। कम्तीमा १२ विमान ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए।

यसैबीच, रूसले आफ्नो आणविक सिद्धान्त अद्यावधिक गरी “पहिलो प्रहार” को सम्भावनाबारे संकेत गरेको छ। विशेषगरी यदि युक्रेनले स्टोर्म श्याडो वा अटाकम्सजस्ता हतियारबाट रूसी भूभागमा आक्रमण गरेमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएको हो।

प्रतिबन्ध कुनै नयाँ कुरा होइन: रूस

रूसको सरकारी समाचार संस्था टास का अनुसार, रूसी विदेशमन्त्री सर्गेई लावरोफले ट्रम्पको ५० दिनको अल्टिमेटमबारे टिप्पणी गर्दै भने,

“५० दिनको यो अभिव्यक्तिको पछाडि के अर्थ लुकेको छ? यसअघि पनि २४ घण्टा र १०० दिनको डेडलाइन दिइएको थियो। हामीले ती सबै देखिसकेका छौं र साँच्चिकै ट्रम्पको उद्देश्य बुझ्न चाहन्छौं।”

लावरोफले ट्रम्पमाथि युरोपेली संघ र नेटोको दबाब रहेको आरोप लगाउँदै भने,

“यी संस्थाहरू जेलेन्स्कीका मागलाई समर्थन गर्दै निरन्तर हतियार आपूर्ति गरिरहेका छन्। यसको प्रत्यक्ष असर पश्चिमी देशका करदातामाथि आर्थिक भारका रूपमा परेको छ।”

उनले जोड दिए,

“रूस पहिले नै अभूतपूर्व प्रतिबन्धहरूको सामना गरिरहेको छ। कुनै पनि नयाँ प्रतिबन्धको सामना गर्न हामी तयार छौं।”

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।