२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

नेपाली युवा टेनिस खेलाडी शिवाली गुरुङले ग्राण्डस्ल्याम प्लेयर डेभलपमेन्ट प्रोग्राम (जीएसपीडीपी) अन्तर्गत आईटीएफ/एटीएफ टेनिस टु युरोपमा सहभागिता जनाउने भएकी छन्।

१४ वर्षमुनिको उमेर समूहमा शिवालीले फ्रान्समा जुलाई १४ देखि २०, २०२५ सम्म हुने ओपन स्टेट फ्रान्सेस र जुलाई २१ देखि २७, २०२५ सम्म हुने टेनिस युरोप, जर्मनीमा जुलाई २८ देखि अगस्ट ३, २०२५ सम्म हुने इन्टरनेशनल डोएट्स र अगस्ट ४ देखि १०, २०२५ सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा प्रतिस्पर्धा गर्नेछिन्।

यस्तो प्रतियोगितामा नेपालबाट पहिलोपटक सहभागिता जनाउन लागेको गुरुङका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिए। एसियन च्याम्पियनसिपमा प्रथम स्थान हासिल गरी १४ वर्षमुनिको उमेर समूहमा एसियाको चौथो वरियतामा रहेकी गुरुङ जीएसपीडीपी/आईटीएफ/एटीएफ युरोप कपमा भाग लिने पहिलो नेपाली खेलाडी बनेकी छन्।

शिवाली गुरुङलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुभकामना दिँदै बिदाइ गरे। बिदाइ कार्यक्रममा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठ, गुरुङका प्रशिक्षकहरू प्रदिप खड्का र राजकुमार लामा उपस्थित थिए।

चीनको चिलिङ शहरमा यही असार १८ देखि २३ गतेसम्म (जुलाई २ देखि ७, २०२५ सम्म) हुने प्रथम थाउलु र दोस्रो सान्डा एसिया कपमा नेपालका दुई उसु खेलाडीले सहभागिता जनाउँदै छन्।

थाउलु विधामा दीपक हमाल र सान्डाको ९० केजी तौल समूहमा शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी हुन जाने दुवै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार (जुलाई १, २०२५) मा बिदाइ गरेका छन्।

सो अवसरमा परिषद्का बोर्ड सदस्य हिमाल कुमार श्रेष्ठलगायतको उपस्थिति थियो।

नेपाली क्रिकेट टोलीले आउँदो १४ देखि २४ अगस्टसम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउँदै छ। टी-२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले पहिलोपटक यो सिरिज खेल्न लागेको हो। सिरिजमा पाकिस्तान शाहीन्स (पाकिस्तान ए) र बंगलादेश ए टोली पनि सहभागी हुनेछन्।

नेपालसहित ४ अन्तर्राष्ट्रिय टोली, ६ अस्ट्रेलियाली राज्य प्रतिनिधित्व गर्ने घरेलु टोली र स्थानीय टोली एनटी स्ट्राइक गरी कुल ११ टोलीले सिरिजमा प्रतिस्पर्धा गर्नेछन्।

पाकिस्तान शाहीन्सबाट हैदर अली, शाहनवाज दहानी, अब्दुल समादलगायतका खेलाडीले यसअघि खेलेका छन्। त्यस्तै, बंगलादेश ए बाट मोहम्मद नइम, तोहिद रिदोयलगायतका खेलाडीले सहभागिता जनाएका छन्। नेपालले सिरिजमा कम्तीमा ६ टी-२० खेल खेल्नेछ, जुन डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा आयोजना हुनेछ। अस्ट्रेलियाको मैदानमा प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि ठूलो अवसर हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालले अक्टोबरमा आईसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्दै छ। यो सिरिज त्यसको तयारीका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। साथै, नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला पनि खेल्दै छ।

गत वर्षको टप एन्ड टी-२० सिरिज १२९ भन्दा बढी देशमा प्रसारण भएको थियो, जसले लाखौं दर्शकको ध्यानाकर्षण गरेको थियो।

स्पेनिस क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको अन्तिम १६ को खेलमा इटालियन क्लब युभेन्ट्सलाई १-० ले पराजित गर्दै रियलले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

रियलको जितमा दोस्रो हाफमा गोन्जालो गार्सियाले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले ५४औं मिनेटमा गोल गरेका थिए। रियलले खेलमा दर्जनभन्दा बढी अवसरहरू सिर्जना गरे पनि टार्गेटमा कमै शट प्रहार गरेको थियो। युभेन्ट्सका गोलकिपर ग्रिगेरियोले उत्कृष्ट बचाउ गर्दै रियलको अग्रता बढ्नबाट जोगाएका थिए। युभेन्ट्सले पनि केही अवसरहरू प्राप्त गरे पनि तिनको सदुपयोग गर्न सकेन।

रियलले अब सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्ड र मोन्टेरेको बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।