२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम पछिल्लो समय विवादमा तानिएका छन्। ५ असार २०८२ मा विराटनगरमा भएको घटनाले उनको राजनीतिक जीवनमा नयाँ प्रश्न चिह्न खडा गरेको छ।

घटनाको विवरण

कारण र पृष्ठभूमि

राजनीतिक प्रभाव

नागढुंगा सुरुङमार्ग, पृथ्वी राजमार्गमा निर्माणाधीन २,६८८ मिटर लामो सुरुङ, काठमाडौं र धादिङलाई जोड्ने महत्वपूर्ण पूर्वाधार हो। जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा यो आयोजना २०७६ कात्तिकदेखि सुरु भएको हो। गत वर्ष वैशाख २०८१ मा मुख्य टनेलको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ।

हालको प्रगति

मनसुन अवधिको प्रभाव

मनसुन अवधिमा सञ्चालन नहुने निर्णय फिनिसिङ कार्य र सञ्चालन व्यवस्थापन कम्पनी छनोट प्रक्रियाको कारणले भएको हो। जापानी कम्पनी हाजमा–आन्दो जेभीले २५ अक्टोबर २०२५ (८ कात्तिक २०८२) मा आयोजना हस्तान्तरण गर्ने लक्ष्य राखेको छ।

सञ्चालन योजना

ऐतिहासिक सन्दर्भ

यो आयोजना २००१ (२०५८) मा जाइकाको सम्भाव्यता अध्ययनपछि सुरु भएको हो। २०१६ मा ऋण सम्झौता र २०१९ मा निर्माण थालनी भएको थियो। कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ, जसमध्ये १६ अर्ब ३६ करोड जापानी येन जापानको ऋण हो।

हातमा स्मार्टफोन, र युवापुस्तामा चलिरहेको ‘कन्टेन्ट क्रिएसन’को ट्रेन्ड। काठमाडौंमा बस्दै आएकी बर्दियाकी समृद्धि शर्माले पनि डिजिटल दुनियाँमा आफ्नो पहिचान बनाउने लक्ष्यका साथ ‘कन्टेन्ट क्रिएसन’ यात्रा सुरु गरिन्। साथीहरूको साथ र योजनाको स्पष्टतासँगै उनले सुरू गरिन् — A Day in My Life।

दिनभर के गर्छु, कसरी काम गर्छु भन्ने विषयमा आधारित आफ्नै दिनचर्याको भिडियो बनाउन थालिन् उनले। स्नातक तहको अध्ययन गर्दै गरेकी समृद्धि घरदेखि टाढा बसेर पढाइसँगै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्थिन्।

“नेपालमै बसेर ब्याचलर्स पढ्दै काम गरिरहेकी छु। आफ्नै दैनिकी देखाएर आफैँ जस्तै अरू युवालाई इन्स्पायर गर्ने सोच थियो,” उनले भनिन्, “स्मार्टफोन त थियो नै। त्यसैले टाढा बसेर आफ्नो जिन्दगी कसरी म्यानेज गर्दैछु भन्ने कुराले अरूलाई पनि हौसला दिन सक्छ भन्ने सोचले कन्टेन्ट बनाउँन थालेँ।”

त्यसैबीच, उनी शिक्षा क्षेत्रमा पनि आबद्ध भइन्। प्लस टु सकेर ब्याचलर्स गर्दै गरेका विद्यार्थीहरूसँग विभिन्न इभेन्टमार्फत काम गरिरहेकी समृद्धिको अनुभवले उनलाई शैक्षिक कन्टेन्ट बनाउने प्रेरणा पनि दियो। आफ्ना अफलाइन अनुभवलाई अनलाइनमा उतार्न थालिन्। मुख्यतः इन्स्टाग्राम र टिकटकजस्ता प्लेटफर्म नै उनको प्रमुख आधार बन्यो।

यही क्रममा एउटा स्कुटर कम्पनीले उनलाई भ्वाइसओभर कामको प्रस्ताव गर्‍यो। १५ सय रुपैयाँको सो काम नै उनको पहिलो कमाइ बन्यो। त्यसपछि त भिडियोको ओइरो लाग्न थाल्यो। टिकटक र इन्स्टाग्राममा उल्लेखनीय प्रतिक्रिया आउन थाल्यो। विभिन्न ब्रान्डहरूबाट सहकार्यका प्रस्ताव आउन थाले। नेपाल प्रिमियर लिगको पहिलो सिजनमा ‘काठमाडौं गुर्खाज’को कन्टेन्ट टिममा उनले काम गरिन्, जसले थप ब्रान्डहरूसँग सहकार्यको ढोका खोल्यो।

“मेरो आम्दानीचाहिँ भ्युजबाट होइन, ब्रान्डसँगको सहकार्यबाट धेरै हुन्छ। अहिले इन्स्टाग्राम नै फोकसमा छ। युट्युब पनि सुरु गर्ने तयारीमा छु,” समृद्धिले भनिन्।

उनका अनुसार कमाइ सिजनअनुसार फरक पर्छ। नयाँ वर्ष, दशैं, तीजजस्ता पर्वहरूमा महिनामा ६०–७० हजारसम्म आम्दानी हुन्छ भने अफ सिजनमा ३०–४० हजारजति मात्र।

तर, उनले कन्टेन्ट क्रिएसनलाई केवल पैसासँग जोडिनु हुँदैन भन्ने स्पष्ट पार्छिन्।

“आजका युवाहरू आफूलाई एक्सप्रेस गर्न चाहन्छन्। समाजमा चिनिन चाहन्छन्। यही कारण अहिले धेरैजना कन्टेन्ट क्रिएटर बन्न चाहिरहेका छन्,” उनले भनिन्।

गाउँको स्वाद, शहरको कैमरा — ‘आमा इट्स’की शोभा मोक्तान
सिन्धुलीको तिलङ्गे गाउँकी शोभा मोक्तान अहिले ‘आमा इट्स’ नामक युट्युब च्यानलमार्फत मुकबाङ कन्टेन्ट बनाउँदै छिन्। पहिले गाउँको माटो, खेतबारी र घरायसी काममै व्यस्त उनी अहिले २० हजारभन्दा बढी सब्स्क्राइबर बनाइसकेकी छन्।

शहरी जीवनशैली र गाउँको स्वादबीच सन्तुलन ल्याउने प्रयासमा उनले ढिँडो, गुन्द्रुक, लोकल तरकारीलगायत गाउँले परिकार प्रस्तुत गर्छिन्। कहिलेकाहीं बर्गरजस्ता आधुनिक परिकार पनि देखाइन्छ।

छोराछोरीको प्राविधिक सहयोग नै उनको ताकत हो। २०२१ मा उनले सुरु गरेको च्यानलबाट अहिले मासिक २० हजारभन्दा बढी कमाइ भइरहेकी छिन्।

“मैले पैसा आउने सोचेर होइन, रहरले भिडियो बनाउँन थालेकी हुँ। अब त गाउँ फर्केर अर्गानिक खाना देखाउने सोचमा छु,” उनले भनिन्।

पत्रकारिताबाट युट्युबसम्म — सरोज कार्कीको ‘प्रोजेक्ट कुरा’
सरोज कार्की, युट्युब च्यानल प्रोजेक्ट कुरा का निर्माता हुन्। उनी सामाजिक, ऐतिहासिक र समसामयिक विषयहरूमा रिसर्च आधारित भिडियो बनाउँछन्। युट्युबमा सक्रिय हुनु उनीका लागि संयोग मात्र थियो, तर पत्रकारिताको पृष्ठभूमि भएकाले उनलाई यो माध्यमप्रति गहिरो लगाव थियो।

उनको पहिलो चर्चित भिडियो रामबहादुर बम्जन (‘लिटल बुद्ध’) सम्बन्धी थियो। त्यसपछि उनले धुर्मुस–सुन्तलीसम्बन्धी भिडियो बनाए, जसमा पूर्वतयारी, रिसर्च र प्रतिबद्धता देखिए।

“मेरो ध्यान पैसाभन्दा कन्टेन्टको गुणस्तरमा थियो। तर, रिसर्चमा आधारित भिडियोहरू बढी रुचाइने रहेछन् भन्ने सिकेँ,” सरोज भन्छन्।

आज उनले आफ्नो च्यानलबाट ८ जनालाई रोजगारी दिएका छन्। पहिलोपटक डेढ लाख कमाइपछि उनी युट्युबमै समर्पित भए।

किन कन्टेन्ट क्रिएसनतर्फ आकर्षण?
युट्युबको २०२४ रिपोर्टअनुसार करिब ६५% जेन जेड पुस्ताले आफूलाई भिडियो कन्टेन्ट निर्माता भनेर चिनेका छन्। यो ट्रेन्ड नेपालमा पनि तीव्र गतिमा फैलिएको छ।

यसको कारण प्राविधिक सहजता, अभिव्यक्तिको स्वतन्त्रता, पैसा कमाउने अवसर र समाजमा चिनिने चाहना हो।

समाजशास्त्री सञ्जीव उप्रेती भन्छन् :

“पहिले कन्टेन्ट बनाउन पहुँच र दक्षता चाहिन्थ्यो। तर, अहिले मोबाइल र इन्टरनेटले सबैलाई सर्जक बनाइदिएको छ। यद्यपि, यसले सही–गलत कन्टेन्ट छुट्याउने चुनौती पनि ल्याएको छ।”

उनी थप्छन् :

“अब पनि राम्रो कन्टेन्ट बनाउन गहिरो अध्ययन, रिसर्च र लगन आवश्यक छ। प्रविधिले सजिलो बनाएको हो, मेहनत घटाएको होइन।”

सरकारको ध्यान र भविष्य
बागमती प्रदेशको २०८२/८३ को बजेटमा डिजिटल पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रिएटरलाई परिचालन गर्ने योजना छ।

नेपाल पर्यटन बोर्डले पनि Connecting Content Creators with Package Curators कार्यक्रम ल्याएको छ। बोर्डका सीईओ दीपकराज जोशी भन्छन्:

“देशभरका कन्टेन्ट क्रिएटरले दूरदराजका पर्यटकीय स्थानहरू प्रचार गरिरहेका छन्। अब तिनलाई पर्यटनसँग प्रत्यक्ष जोड्ने योजना हो।”

निष्कर्ष
कन्टेन्ट क्रिएसन अब केवल समय काट्ने क्रियाकलाप होइन — यो ‘करिअर’, ‘अभिव्यक्ति’ र ‘आय’ तीनैको स्रोत हो। समृद्धि शर्मा, शोभा मोक्तान र सरोज कार्की जस्ता पात्रहरूले प्रमाणित गरेका छन् — यदि चाहना, सोच र निरन्तरता छ भने, स्मार्टफोनले पनि संसार परिवर्तन गर्न सक्छ।

एनओसी बनाउन के गर्नुपर्छ ?,’ ती सेवाग्राहीले स्टेसनरीमा सोध्छन् । ‘१० हजार दिनुहोस्, आजको आजै बन्छ,’ स्टेसनरी सञ्चालक भन्छन् ।४ असार, काठमाडौं । सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखा नजिकै छ, क्यान्टिन । चिया-खाजा खुवाउने यो क्यान्टिन घुस खाने/खुवाउने अखडा बनेको तथ्य फेला परेको छ ।
क्यान्टिनसँगै स्टेस्नरीमा समेत घुसको डिल हुने गरेको पाइएको छ । गत २०८० फागुनको कुरा हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा एउटा भिडियो आइपुग्यो । जुन भिडियोमा एनओसीको लागि बार्गेनिङ भइरहेको थियो । बार्गेनिङ भइरहेको स्थान थियो, एनओसी शाखा वरिपरि रहेको स्टेसनरी ।एनओसी बनाउन के गर्नुपर्छ ?,’ ती सेवाग्राहीले स्टेसनरीमा सोध्छन् । ‘१० हजार दिनुहोस्, आजको आजै बन्छ,’ स्टेसनरी सञ्चालकले भन्छन् । यसरी १० हजारबाट बार्गेनिङ गरेर ५ हजारमा झरेको वार्तालाप सहितको भिडियो शिक्षा मन्त्रालयमा आइपुग्छ ।
एनओसी शाखाकै एक कर्मचारीका अनुसार स्टेसनरीभन्दा बढी क्यान्टिमा बार्गेनिङ हुने गरेको छ । ‘एनओसी बनाउन पुगेका विद्यार्थी क्यान्टिनमा पुग्छन् । कतिपय त सिधै क्यान्टिन सञ्चालकसँग फोन सम्पर्क गरेर एनओसी बनाउन आउँछन्,’ मन्त्रालयका एक अधिकारीले भने । गैरकानुनी काममा क्यान्टिन सञ्चालकसेमत संलग्न हुने गरेको स्वयं कर्मचरीहरू बताउँछन् । ‘क्यान्टिन सञ्चालक कहिले आफन्तको हो । कहिले कसको हो भनेर निवेदन ल्याउनुहुन्छ,’ एनओसी शाखा स्रोतले भन्यो, ‘क्यान्टिन सञ्चालकले कति रकम उठाउँछन् त्यो त थाहा भएन ।’
अनलाइनखबरको सम्पर्कमा आएका ती कर्मचारीले भने, ‘कर्मचारीभन्दा बाहिरी बिचौलिया धेरै छन् । बिचौलियाले उठाउँछन् । हामीलाई फसाइयो नि ।’ ती कर्मचारीले भनेको बिचौलिया कन्सल्टेन्सी सञ्चालक र क्यान्टिन हो । यसरी क्यान्टिनमा घुसको डिल हुने गरेको सूचना शिक्षा मन्त्रालयमा पनि आएको भेटिएको छ । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई खबर आयो– ‘एनओसीमा समस्या छ । शाखाको क्यान्टिनबाट सेटिङ हुन्छ ।’
विदेशमा अध्ययन गर्न जाने विश्वविद्यालय र नेपालको विश्वविद्यालयको क्रेडिट आवर, कोर्स लगायतका नमिलेका विषयमा घुस लेनदेन गरेर एनओसी बनाउने गरेको पाइएको छ ।
शिक्षा मन्त्रालयको एक कर्मचारीका अनुसार तत्कालीन मन्त्री श्रेष्ठ छड्के अनुगमन गर्न एनओसी शाखा पुगिन् । मन्त्रालयका अधिकारीका अनुसार एनओसीको समस्याबारे बारम्बार गुनासो आएपछि श्रेष्ठ दुई पटक छड्के अनुगमनमा गइन् ।
क्यान्टिनको निगरानी गर्न त्यो समयमा शिक्षा मन्त्रालयले एउटा टोली पनि खटाएको थियो । ‘गोप्य रूपमा टोली खटेको थियो,’ मन्त्रालय स्रोतले भन्यो ।तत्कालीन मन्त्री श्रेष्ठ छड्केमा जानुअघि एनओसी शाखाका प्रमुख थिए, उपसचिव शान्तिराम पौडेल । शाखाभित्र बेथिति देखेपछि उनी राजीनामा दिएर हिँडेका थिए ।
मन्त्रालय स्रोतका अनुसार उनले राजीनामा दिनुको कारण एनओसी शाखा घुसको अखडा भएकाले आफू फस्ने डरले दिएका थिए ।‘उहाँ (शान्तिराम पौडेल)को समय हुँदा नै किन राजीनामा दिनुभयो, खोजीको विषय हो । उहाँले म जस्तो स्वभाव भएको मान्छे, त्यस्तो अड्डामा बस्न सक्दिनँ भन्नुहुन्थ्यो,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने ।
यसबारे तत्कालीन एनओसी शाखाका प्रमुख पौडेलले एनओसीमा समस्या रहेको र सुधार आवश्यक रहेको बताए । तर आफ्नो राजीनामाबारे पौडेलले धेरै कुरा खुलाउन चाहेनन् ।
शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार उनले राजीनामा दिनुको कारण एनओसी शाखामा आफ्नो कोडबाट अर्कोले कम्प्युटरमा इन्ट्री गरेर फसाउने डरले हो ।
‘एउटाको कोड अर्कोले चोरेर इन्ट्री गर्ने रहेछ । त्यसैले उहाँ (शान्तिराम) बस्न चाहनुभएन,’ मन्त्रालयका एक अधिकारीले भने ।
त्यसपछि मन्त्री श्रेष्ठ मन्त्रालयबाट बाहिरिन् । र, एमालेबाट विद्या भट्टराई शिक्षामन्त्री बनिन् । भट्टराईलाई पनि एनओसीको विषयमा विद्यार्थीको गुनासो धेरै आयो ।
मन्त्रालयका अधिकारीका अनुसार तत्कालीन मन्त्री भट्टराई पनि अनुगमनको लागि दुई पटक एनओसी शाखा पुगिन् ।
‘कर्मचारीले अड्काएर एनओसी समयमा एप्रुभ भएन भन्ने गुनासो धेरै आएको थियो । त्यसैलेले तत्कालीन मन्त्री भट्टराई अनुगमनमा जानुभएको थियो,’ शिक्षा मन्त्रालयका अधिकारीले भने ।
तत्कालीन मन्त्रीहरूलाई विद्यार्थीको अर्को गुनासो आउने गरेको थियो । ‘कन्सल्टेन्सी सञ्चालकहरू गयो भने तत्काल काम हुन्छ । सेवाग्राही विद्यार्थी गयो भने समयमा हुँदैन,’ पीडित विद्यार्थीहरूले गुनासो गर्थे । एनओसी शाखाका एक पूर्वकर्मचारीका अनुसार एनओसी त एउटा सानो शाखा हो, तर बाहिर यसको सञ्जाल ठूलो छ ।
‘एनओसी त एउटा अफिस हो । यसको बाहिर सञ्जाल ठूलो छ । त्यो भनेको कन्सल्टेन्सी हो । सुरुमा विद्यार्थी आउँछन्, काम हुँदैन । अनि विद्यार्थी कन्सल्टेन्सी पुग्छन् र कन्सल्टेन्सीले सबै सेटिङमा मिलाउँछन्,’ ती कर्मचारीले भने । घुसको अड्डा बनेको एनओसी शाखाका कर्मचारी अन्यत्र सरुवा हुन पनि मान्दैनन् । सरुवा भएका कर्मचारी समेत शाखामै अड्डा जमाएर बसेका छन् ।
अहिले शाखामा रहेका एक कर्मचारीले पनि कन्सल्टेन्सीले प्रभावमा पारेर मिलाउने गरेको स्वीकार गरे । ‘कन्सल्टेन्सी सञ्चालकहरूले कर्मचारीलाई प्रभावमा पार्छन् । उनीहरूले आएर घान हाल्ने र मिलाउन काम गर्छन्,’ ती कर्मचारीले भने ।
अनलाइनखरको सम्पर्कमा आएका ती कर्मचारीले एनओसीका लागि पेस गरेको अधिकांश कागजात ‘फेक’ हुने गरेको समेत दाबी गरे । नक्कली कागजात पेस गरेको पत्र अनलाइनखबरले प्राप्त गरेको छ ।
‘फेक कागजात कन्सल्टेन्सीले बनाउने हो । अफर लेटर काटकुट गरेर मिलाउने गरेको छ,’ एनओसी शाखाका बहालवाला एक अधिकृतले भने, ‘विद्यार्थीबाट कन्सल्टेन्सीले लाखौं रकम उठाएका हुन्छन् ।’
तर, यसरी कागजात पेस गरेर एनओसी बनाउँदा कर्मचारीले ३० हजारदेखि १ लाखसम्म हात पर्ने गरेको तथ्य सार्वजनिक भइसकेको छ । घुसको कारोबार भने क्यासभन्दा पनि अनलाइनबाट हुने गरेको पाइएको छ । ‘क्यासभन्दा ई–सेवा र ई–बैंकिङबाट कारोबार बढी हुन्छ,’ सानोठिमी स्रोतले भन्यो ।
विदेशमा अध्ययन गर्न जाने विश्वविद्यालय र नेपालको विश्वविद्यालयको क्रेडिट आवर, कोर्स लगायतका नमिलेका विषयमा घुस लेनदेन गरेर एनओसी बनाउने गरेको पाइएको छ ।
विद्यार्थी जुन देशको विश्वविद्यालयमा जाने, हो त्यहाँको क्रेडिट आवर नेपालसँग मिल्ने हुनुपर्छ । अनि मात्र एनओसी लिन पाइन्छ । यतिसम्म कि, मेडिकलको अध्ययन गर्न जान चिकित्सा शिक्षा आयोगबाट योग्यतापत्र लिएपछि मात्र एनओसी झिक्न मिल्छ । तर आयोगबाट योग्यतापत्र नलिई घुस खुवाएर सिधै एनओसी लिने गरेको भेटिएको छ ।
घुसको अड्डा बनेको एनओसी शाखाका कर्मचारी अन्यत्र सरुवा हुन पनि मान्दैनन् । सरुवा भएका कर्मचारी समेत शाखामै अड्डा जमाएर बसेका छन् ।
यो विषय शिक्षा मन्त्रालयमा बारम्बार आइनै रह्यो । तत्कालीन मन्त्री भट्टराईले राजीनामा दिएपछि एमालेकै रघुजी पन्त शिक्षामन्त्री बने । उनलाई पनि एनओसी समस्याबारे गुनासो आएपछि अनुसन्धान गर्न कार्यदल गठन गरेका छन् ।
शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल बनेको छ । कार्यदलले मंगलबार नै एनओसी शाखा प्रवेश गरेर अनुसन्धान सुरु गरेको छ । मन्त्रालय स्रोतका अनुसार शंकास्पद कर्मचारीलाई काममा रोक लगाएको छ ।
‘शाखाका केही कर्मचारीलाई काममा रोक लगाइको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो ।
कार्यदलका संयोजक काप्री एनओसी शाखामा देखिएको समस्या पहिचान गर्ने काम भइरहेको बताउँछन् । ‘त्यहाँको सिस्टम के रहेछ, कसरी काम भइरहेको छ भनेर अध्ययन गरिरहेका छौँ,’ उनले भने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।